वडा नं. ६ मा नालामाथि ढक्कन निर्माण गर्दा वडाबासीहरुमा खुशीको लहर (फोटोफिचरसहित)
नेपालगन्ज, १८ जेठ – नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको वडा नं. ६ लाई नियाल्दा कतिपय पक्षमा पछाडी परेको अवस्था देखिन्छ भन्ने जनगुनासो वडाबासीहरुमार्फत आईरहेको पाईन्छ भने कतिपय अवस्थामा क्रमशः सुधार हुँदै गईरहेको समेत मिश्रित भनाई आईरहेको छ । फुल्टेक्रा वडा नं. ६ विकासमा पछाडी हुनु वडाबासीहरु भित्र खिचातानीलाई लिन सकिन्छ । वडाबासीहरुको भनाई अनुसार धेरै नेताहरु भएको अवस्थामा विकासले गति लिन नसकेको बताउँछन् ।
फुल्टेक्रामा नालामाथि ढक्कन लगाउने क्रममा काम गर्दै कामदारहरु
फुल्टेक्राको कुरा गर्नु पर्दा वडा भित्र दशौं पुरानो रहेको फुल्टेक्रा माध्यमिक विद्यालय कर्नरदेखि फुल्टेक्रा चोक अस्थाई ट्राफिक पोष्टसम्म विगत कैयौं वर्षदेखिको प्रयासले बाटो निर्माण हुन सकेको स्थानीयहरुको भनाई रहेको छ । एक चरणमा दुबै तर्फ ५८० मिटर नाला निर्माण गरिएको छ भने त्यसको २ वर्षपछि त्यसमा आरसीसी बाटो निर्माण भएको...









