Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

वडा नं. ७ मा नाला निर्माण कार्यमा तिब्रता

वडा नं. ७ मा नाला निर्माण कार्यमा तिब्रता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
बब्लु शेषनेपालगन्ज, २७ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले वडाबासीहरुको समस्यालाई समाधान हुने तवरले केशव श्रेष्ठको घरदेखि नामुको घर हुँदै दक्षिण निजामुद्दिन अन्सारीको घरदेखि उत्तर बब्लु शेषको घरसम्म नाला र ढक्कन निर्माण कार्यको थालनी गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ को वडा कार्यालयद्वारा बिनियोजित बजेट मार्फत निर्माण कार्य शुरु गरिएको स्थानीयहरुको भनाई रहेको छ । गणेश श्रेष्ठको अध्यक्षतामा गठन गरिएको ९ सदस्यीय उपभोक्ता समितिमार्फत उक्त नाला र ढक्कन निर्माण कार्य गरिने उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । श्रेष्ठका अनुसार मिति २०८१ जेठ १८ गतेदेखि कार्यको शुभारम्भ गरी ०८१ असार १७ गते सम्पन्न गरिने निर्माण कार्यको कुल बजेट १५ लाख ३७ हजार ४ सय ९३ रुपैयाँ २० पैसा रहेको छ । जस मध्ये बिनियोजित रकम १५ लाख रहेकोमा वडा कार्यालयले १४ लाख ६० हजार ६ सय १८ रु...
नरैनापुर गाउँपालिका प्रमुख शाहको निर्देशनमा सोलार प्यानलबाट ५० लाख बढी रकम ठगी, ६ सय बढीले पाएनन सोलार प्यानल

नरैनापुर गाउँपालिका प्रमुख शाहको निर्देशनमा सोलार प्यानलबाट ५० लाख बढी रकम ठगी, ६ सय बढीले पाएनन सोलार प्यानल

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २७ जेठ – भ्रष्टाचार र ठगीको अर्को नाम नरैनापुर गाउँपालिकालाई लिन सकिन्छ । केही दिन अगाडी मात्र शिक्षामा माफियाहरुको हाबी रहेको समाचार सत्यमखबर मार्फत प्रशारण गरिएको थियो । आज सोही शिक्षामा आबद्ध सज्जाक खाँको नाम पुनः सौर्य ऊर्जा सोलार प्यानलमा समेत मुछिएको छ ।सज्जाक खाँको भाईले आफ्नो वार्डबाट सोलार प्यानल वापत ५ हजारका दरले स्थानीयहरुसित पैसा संकलन गरी ठगी गरेका छन् । संधै विवादित कुराले गर्दा चर्चामा आईरहने बाँकेको नरैनापुर गाउँपालिका भ्रष्टाचारको अर्को एउटा घटना सार्वजनिक भएको छ । सो घटना ५ वर्ष अगाडी कै भएपनि हाल बृहत चर्चा हुन थालेको छ पीडितले न्याय नपाएपछि । गाउँपालिकाले सौर्य ऊर्जा उपलब्ध गराई दिने भन्दै पालिका भित्र १ हजार भन्दा बढी स्थानीयहरुसँग जनही ५०००।– को दरले पैसा ठगी गरेको पीडितहरुले बताएका छन् । oplus_0 गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहको निर्देशनमा ६ वटै ...
असार ७ गतेदेखि देशभरका सिनेमा घरहरुमा ‘दानवी’ प्रदर्शन

असार ७ गतेदेखि देशभरका सिनेमा घरहरुमा ‘दानवी’ प्रदर्शन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ जेठ – यही असार ७ गते देशभरका सिनेमाघरहरुमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘दानवी’को प्रचार–प्रसार तीब्र पारिएको छ । नेपालगन्जका कलाकारहरुको भूमिका रहेको दान्भीको व्यानर सार्वजनिक गरिएको छ ।कलाकार दीपक थापा (काजी) र सत्यनारायण चौधरीको भूमिकामा रहेको चलचित्र दानवीको व्यानर शनिवार एक कार्यक्रम बीच नेपालगन्जमा मिस नेपाल प्रिय रानी लामाले लञ्च गरेकी हुन । २५÷२० को होर्डिङ बोर्ड भएको उक्त व्यानर बासको टेकाले वालमा झुण्ड्याउनु परेको स्थानीय कलाकार दीपक थापाले (काजी) एवं सत्यनारायण चौधरीले सत्यमखबरलाई जानकारी गराउनु भयो ।‘दान्भी’ आगामी असार ७ गते सिनिमा घरहरुमा प्रदर्शन हुने भएको छ । यसअघि आगामी असार १० गते प्रदर्शन गर्ने फिल्म निर्माता टिमको तयारी रहेको भएपनि नयाँ पोस्टर सार्वजनिक गर्दै असार ७ गते प्रदर्शन हुने घोषणा गरेको छ ।प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपा...
सार्वजनिक जग्गा कब्जा र दुरुपयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

सार्वजनिक जग्गा कब्जा र दुरुपयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २५ जेठ – प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक, विर्ता एवं निजी जग्गाको अभिलेख संरक्षण गर्न निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण कार्यसूचीमाथि छलफल भएको थियो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी लगायतसँग छलफल गरेको थियो । छलफलपछि समितिले हाल जमिनहरूलाई सार्वजनिक, सरकारी, गुठी, सामुदायिक, विर्ता एवं निजी गरी जग्गाको आधारभूत वर्गीकरण गरिएको देखिएतापनि यस्ता जग्गाहरूको अद्यावधिक अभिलेखीकरण, प्रयोगको वास्तविक अवस्थाको विवरण तथा आवश्यक संरक्षणमा तीनै तहबिच नीतिगत स्पष्टता एवं आवश्यक समन्वय हुन नसकेको ठहर गरेको छ । तीन तहको सरकार मात्रै नभएर मालपोत कार्यालय, नापी कार्यालय तथा स्थानीय प्रशासनबिच समे...
नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ जेठ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा ११ अर्ब छ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ । नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्बप्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा ८२ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ । प्राधिकरणले यसअवधिमा ११ अर्ब छ करोड रुपैयाँ नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा आठ अर्ब ८८ करोड रुपैयाँ थियो...
गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने

गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २५ जेठ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यस विषयमा पर्याप्त छलफल भइसकेकाले अब कुनै दुबिधा नरहेको बताए । उनले भने, ‘गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदै छौँ । यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहु आयामिक तरिकाले अध्ययन गर्न सकियोस् भने एक महिनामा सम्भवतः अध्ययन समिति बनाउनेछौँ ।’ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठ काठमाडौँ, २५ जेठ ः प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उप...
मे महिनामा चीनको निर्यातमा वृद्धि : भन्सार

मे महिनामा चीनको निर्यातमा वृद्धि : भन्सार

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ जेठ – मे महिनामा चीनको निर्यात अपेक्षा गरिएभन्दा निकै बढी बढेको तर आयातमा कमी आएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । राजश्व प्रशासनले अप्रिलको १.५ प्रतिशतको तुलनामा निर्यातमा धेरै राम्रो भएको र यो दरले ब्लुमबर्ग सर्वेक्षणमा विश्लेषकले गरेको ५.७ प्रतिशतको पूर्वानुमानलाई पनि उछिनेको बताएको छ । चीनमा निर्यातले ऐतिहासिक रूपमा एक महत्त्वपूर्ण आर्थिक इन्जिनको रूपमा सेवा गरेको छ । विदेशी निर्यातको राम्रो प्रदर्शनले हजारौँ कम्पनीहरूको रोजगारीमा प्रत्यक्ष प्रभाव पारेको छ । पछिल्लो आँकडाले लगातार दोस्रो महिनाको वृद्धिको प्रतिनिधित्व गर्दछ । अघिल्लो वर्षको तुलनामा मार्चमा छोटो समयका लागि चीनको निर्यात दरमा ७.५ प्रतिशत गिरावट आएको थियो । पछिल्लो समय महाशक्ति राष्ट्रहरूबीच जारी भूराजनीतिक विवादका बीच संयुक्त राज्य अमेरिकासँगको संयुक्त निर्यात र आयात मे महिनामा १.४ प्र...
महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट

महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ जेठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ ।आज विहिबार मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गर्नुभयो । इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उहाँले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गर्नुभयो ।विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल –इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने ब...
भारतीय सुरक्षा अधिकारीहरुबाटै सूचना लुकाईन्छ !

भारतीय सुरक्षा अधिकारीहरुबाटै सूचना लुकाईन्छ !

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २४ जेठ – नेपाल र भारतको सीमावर्ती रुपईडिहामा सुन तस्करी दिनप्रतिदिन बढ्दै गएको भन्दै क्षेत्रीय जिम्मेवार अधिकारीले पत्रकारलाई सोध्दा पनि मनमानी ढंगले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिने गरेका छन् । गत बुधबार दिउँसो भारतीय रुपैयाँ बरामद भएको जानकारी प्राप्त भएको थियो । त्यसको सत्यता पुष्टि गर्न पत्रकारले सम्बन्धित निकायमा पटकपटक सम्पर्क नम्बरमा सम्पर्क गर्ने प्रयास गरे पनि न त प्रहरीले न त एसएसबीले पत्रकारको फोन उठायो न कुनै जानकारी दिएको थियो ।सुरक्षाकर्मीले कतिपय ठाउँमा पैसा बरामद गर्छन् र अन्य ठाउँमा देखाउँछन् । हालको प्रशासन अघि, क्षेत्रीय पत्रकारहरू निको हुने बित्तिकै बोलाइयो । पक्राउ परेका अपराधीलाई सञ्चारकर्मी आएर सोधपुछ गर्ने गर्दथे । पूर्ण पारदर्शिता हुन्थ्यो । यो पारदर्शिता विगत ५, १० वर्षमा रोकिएको छ । सुरक्षा बलले आफूले चाहेको जफत गर्छ र प्रेस विज्ञप्ति जारी गर्छ । ...
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम सम्पन्न

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को आर्थिक सहयोग तथा शहरी स्वास्थ्य केन्द्र नेपालगन्ज बाँकेको आयोजनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।शहरी स्वास्थ्य केन्द्रका प्रमुख तथा कार्यक्रम सञ्चालक नवराज न्यौपानेले – पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम यस अगावै गत वर्षमा घोषणा भईसकेको हुँदा सोलाई हामीले निरन्तरता दिंदै वडालाई पूर्ण खोपमा सफल बनाउन प्रयासरत रहँदा रहँदै समेत ४ जना बालबालिकाहरु हाल खोप लगाउनबाट छुटेको हुँदा आउने दिनमा उनलाई सहभागी गराउने बताउनुभयो । वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले ‘वडाबाट शहरी स्वास्थ्य केन्द्रले मागे अनुसारको बजेट विनियोजित गर्न नसकेको अवस्था भएपनि हाल छुट्टाईएको बजेटबाट समेत उत्कृष्ट कार्य गर्दै आईरहेको शहरी स्वास्थ्य केन्द्र धन्यवादको पात्र भएको छ, हाल वडालाई पूर्ण ...