एम्स प्रेसिडेन्ट पाको नेपालगन्ज आउने
नेपालगन्ज, ३ जेष्ठ – म्याराथन तथा रोडरेसको विश्वव्यापी सञ्जाल एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का अध्यक्ष पाको बोराओले नेपालगन्ज भ्रमण तालिका तय गरेका छन् । स्पेन निवासी पाको विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्समा एक सय बीस देशका चार सय पचास बढी म्याराथन आबद्ध छन् ।
एम्सको बोर्ड बैठक र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सका क्रममा यही जेठ १९ गते काठमाडौं उत्रन लागेका अध्यक्ष पाकोले नेपालगन्ज भ्रमण गर्ने तालिका सुनिश्चित भएको नेपालका लागि एम्स दुत एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पहिलो पुर्णकालीन सदस्य हो ।
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा दस बर्षदेखि नियमित आयोजना हुँदै आएको म्याराथनको रुट हेर्ने र स्थानीय अगुवासँग पाकोले अन्तरक्रिया गराउने तयारी गरिएको छ । यसका लागि नि...









