Saturday, June 27सत्यम खबर
Shadow

आर्थिक

कृष्णनगरको बसपार्कमा यात्रीहरूका लागि निशुल्क खानेपानी

कृष्णनगरको बसपार्कमा यात्रीहरूका लागि निशुल्क खानेपानी

आर्थिक, आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अजय मिश्र, कपिलवस्तु, १९ जेष्ठ - कपिलवस्तु जिल्लाको कृष्णनगरको बसपार्कमा वडा कार्यालयको सहयोगमा तथा इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरीको समान्वयमा यात्री हरूका लागि निशुल्क खानेपानीको व्यवस्था गरिएको छ। आज एक कार्यक्रमका बिच भारत बाट आउने श्रद्धालु तथा यात्री हरू लाई तराई मधेशमा चर्को गर्मी बढेकाले निशुल्क खानेपानीको व्यवस्थापन गरिएको जानकारी वडाध्यक्ष कृष्ण कुमार गुप्ताले दिए।   कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक ईश्वर लौडारीले मानवता नै सबै भन्दा ठूलो सेवा रहेकाले यात्री हरुलाई सहजताका लागि वडाध्यक्ष संग पहल गरेको बताउदै नेपाल प्रहरीको नागरिक सहायता कक्ष समेत राखिएकाले यात्रीहरूलाई सहज हुने बताए। कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले निशुल्क खानेपानी वितरण कार्य सराहनीय रहेको बताउँदै आफूहरूबाट हुने सहयोग गर्ने बताए। ...
निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, १८ जेष्ठ – राजधानीमा एकै साथ निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेको इन्सुरेन्स लिमिटेडको २९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मुख्य कार्यालय विमा भवन ज्ञानेश्वरमा निःशुल्क दन्त रोग परिक्षण, छाला परिक्षण तथा आँखा परिक्षण तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा नेको इन्सुरेन्सका ८२ जना कर्मचारीको उक्त रोगहरुको निःशुल्क परिक्षण गरिएको हो । डिजिटल हेल्थ तथा टेलिमेडिसिनको क्षेत्रमा कार्यरत संस्था हेल्थ याद आयोको समन्वय र सहकार्यमा सम्पन्न सो शिविरमा सोवा हेल्थ केयर सेन्टर जावालाखेल, हिमाल अस्पताल ज्ञानेश्वर तथा ब्लरकार्ट ललितपुरका चिकित्सक तथा प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए । सो अवसरमा रक्तदान जीवन दानको उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा २७ जना कर्मचारीहरुले रक्तदान गरेका थिए । स्वास्थ्य शिविरका सं...
डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १७ जेष्ठ – मानविय सेवा अन्तर्गत डुडुवा गाउँपालिकाले नेपालगन्जका दुई वटा सेवा आश्रमलाई सहयोग गरेको छ । गणतन्त्र दिवसको अवसरमा पालिकाले शुक्रबार नेपालगन्जको मानव सेवा आश्रम र निलसागर सेवा आश्रममा रहेका बृद्ध तथा बालबालिकाका लागि खाद्यान्न र शैक्षिक सामाग्री उपलब्ध गराइएको छ । पालिकाले चामल २० बोरा, नमकिन ४ बोरा, चिउरा १५ बोरा, विस्कुट २० दर्जन, भुजा ३ बोरा, सरसफाईका लागि साबुन, सर्फ र २० जना बालबालिकाका लागि व्यागसहितको शैक्षिक सामाग्री प्रदान गरिएको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरी र उपाध्यक्ष शाहिदा बानोले दुबै आश्रममा पुगेर उक्त सामाग्री हस्तान्तरण गर्नुभयो । सेवा आश्रममा रहेका असहाय बृद्ध तथा अनाथ बालबालिकालाई खाजा, खाना र पढ्नमा सहयोग पुग्ने उद्देश्यले सामाग्री उपलब्ध गराएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले आश्रममा रहेका बृद्धहरुको अ...
मेयर कप ब्याडमिन्टन: आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम

मेयर कप ब्याडमिन्टन: आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ - नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्तरगत ब्वाईज सिङल U-15 तर्फ आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम भएका छन। शनिवार सम्पन्न फाईनलमा U-15 तर्फ आर्यनले संस्कार केसीलाई २१-१६, १६-२१ र २१-१६ ले पराजित गर्दै च्याम्पियन भए। केसीले दोस्रो स्थान मै चित्त बुझाए। अभय राजबंशी र सुयोग्य श्रेष्ठ तृतीय भए। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद सहित पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आर्यन राना उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै आर्यन बुढा उदयमान खेलाडी बाट पुरस्कृत भए। त्यसैगरी मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडीले अर्जुन बुढामगर र बिरेन्द्र श्रीषको जोडीलाई २१-१९, १७-२१ र २१-१९ ले पराजित गर्दै प्रथम हुन सफल भए। श्रीष र ब...
प्रथम मेयर कपः ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण

प्रथम मेयर कपः ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण पुरा भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शनिवार भएको मेन्स डबल बी लेभलतर्फ पहिलो सेमीफाईनलमा अर्जुन बुढा र बिरेन्द्र श्रीषको जोडीले राकेश साउद र चन्द्र कलेलको जोडीलाई ६–२१, २१–९, २१–१४ ले पराजित गर्दै फाईनलमा आफ्नो स्थान सुनिश्चित गरेका छन । त्यस्तै ओम चालिसे र कृष्ण रानाको जोडीले दिपक शाही र दिपक बनको जोडी पराजित गर्दै फाईनलमा प्रबेश गरे । यसैगरी ब्वाईज सिङल ग्–१५ तर्फ आर्यन रानाले अभय राजबंशीलाई २१–१५,२१–९ ले पराजित गर्दै फाईनलमा प्रवेश गरे। दोस्रो सेमिफाईनलमा संस्कार केसीले सुयोग्य श्रेष्ठलाई २१–६, २१–११ ले पराजित गर्दै फाईनलको यात्रा तय गरे । फाइनल खेल आज बेलुका ४ बजेदेखि शुरु हुने...
ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा

ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ - नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शुक्रबार भएको मेन्स डबल बी लेभलतर्फ पहिलो क्वार्टरफाईनलमा राकेश साउद र चन्द्र कलेलको जोडीले रबि सिग्देल र पवन पुनको जोडीलाई, अर्जुन बुढा र बिरेन्द्र श्रीषको जोडीले अभयलाल श्रेष्ठ र शिवराम चौधरीको जोडीलाई, ओम चालिसे र कृष्ण रानाको जोडीले बम बहादुर पुन र सन्तोष शाही र दिपक शाही र दिपक बनको जोडीले जनक सिंह थापा र शाहिल शेखको जोडीलाई पराजित गर्दै सेमीफाईनलमा प्रबेश गरे । त्यस्तै ब्वाईज सिङल U-15 तर्फ आर्यन रानाले झलक भण्डारीलाई, अभय राजबंशीले युवराज सिंह ठकुरीलाई, संस्कार केसीले दिवश मल्ललाई र सुयोग्य श्रेष्ठले दिवाकर शर्मालाई पराजित गर्दै सेमिफाइनलम...
आजदेशि व्याडमिन्टन प्रतियोगिताको शुभारम्भ

आजदेशि व्याडमिन्टन प्रतियोगिताको शुभारम्भ

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा पुर्ब खेलाडी समाज बाँकेको आयोजनामा आज शुक्रबारदेखि ब्याडमिन्टन प्रतियोगिताको शुभारम्भ गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको खेलमा पूर्व खेलाडीहरु, पूर्व खेलाडी समाज बाँकेका पदाधिकारीहरु, सशस्त्र प्रहरीका डिएसपी, खेलाडीहरु लगायतको सहभागिता रहेको थियो । उपमहानगर प्रमुख बिष्टले उद्घाटन सत्रको शुभकामना मन्तब्य दिंदै पूर्व खेलाडीहरु जस मार्फत देश विदेशमा देशको नाम चिनाउन सफल भएको हुँदा ती पूर्व खेलाडीहरुलाई आउने समयमा उपमहानगरमार्फत सम्मान गर्न सके अझ राम्रो हुने बताउँदै सहभागी खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए । आजबाट शुरु गरिएको व्याडमिन्टन खेल प्रतियोगितामा करीब १ सय १६ बढी खेलाडीहरुले नामावली दर्ता गरिएको ब्याडमिन्टन खेलाडी अनिल लाखेले जानकारी गराएका छन्...
गौरव स्मृतिद्वारा प्रसाद वितरण (फोटोफिचर सहित)

गौरव स्मृतिद्वारा प्रसाद वितरण (फोटोफिचर सहित)

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ जेष्ठ – गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा आज दोस्रो मंगलबारका दिन पनि बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाको दोस्रो ठुलो मंगलबारका दिन भक्तजनहरूमा गौरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम गरिएको संरक्षक÷सञ्चालक प्रदीप शाहले बताउनु भयो । प्रसाद वितरण कार्यक्रम नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा स्थित रहेको विनायक मेडिकल हलको सामुन्ने सम्पन्न गरिएको छ । प्रसाद वितरण कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, गौरव स्मृतिका अध्यक्ष मधु शाह, मनिषा थापा, शतक रक्तदाता पवन जयसवाल, रामबिहारी खटिक, जीवन शर्मा, करण साहु, विजय कोरी, शिवम् गुप्ता, शिवम् शाह, लोकबहादुर कठायत, अजय कोरी, मुंशी हज्जाम, लगायत कार्यसमितिका पदाधिकारी, सहयोगीहरूको सहभागिता रहेको थियो ।...
तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित

तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौं, ५ जेष्ठ – तारालाल श्रेष्ठको पाँचौं अनुसन्धान पुस्तक साइकल सौन्दर्य नेपाल पर्यटन बोर्ड काठमाडौंमा बिमोचन सम्पन्न भएको छ । कार्यक्रममा लेखक, कलाकार तथा साहित्यकारसँगै साइक्लिस्टहरुको बाक्लो उपस्थिति थियो । नेपालको साइकल संस्कृति इतिहास, वर्तमान र भविश्यबारे साङ्गोपाङ्गो दस्तावेजीकरणको अभाव खडकिरहेको सन्दर्भमा श्रेष्ठको यस किताबले नयाँ खालका पाठकलाई आकर्षित गर्न र नेपाली साहित्यलाई फराकिलो पार्न गहन योगदान पु¥याउने विश्वास कार्यक्रममा सहभागी अतिथिहरुले व्यक्त गरे । कार्यक्रममा भुइतहबाट साइकल शिक्षक तथा सिर्जनात्मक साइकल अभियान सञ्चालनमा ओगदान गरिआएका अगुवाहरु वक्ताका रुपमा उपस्थित थिए । जेन जी पुस्तालाई साइकल शिक्षणमा सघाइ आएका युवा अभियन्ता तानिया श्रेष्ठदेखि विश्व साइकल यात्री पुस्कर शाहसम्म कार्यक्रममा उपस्थित भई साइकल साहित्य तथा अभियानबारे विभिन्न कोणबाट विमर्श गरिएको ...
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित

चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ जेष्ठ – चलचित्र पत्रकार संघ नेपाल बाँकेले मोफसलमा रहेर कला कर्म र पत्रकारिता गरिरहेका २ जनालाई सम्मान गरेको छ । २६ औँ बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा आज नेपालगन्जमा आयोजित एक कार्यक्रममा निर्देशक तथा डान्सर नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरेको हो । सुवेदीलाई तिन हजार एकसय र गिरीलाई दुइ हजार एकसय नगद रुपैयाँ र प्रमाण पत्र सहित सम्मान गरिएको हो । मोफसलमा रहेर सुवेदीले दर्जनौं म्युजिक भिडियो र लघु चलचित्र निर्देशन गरेका छन् । यस्तै चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने गरि पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्ररिषि चौलागाईले चलचित्रप्रतिको आफ्नो लगाव रहेको बताउँदै चलचित्र हेर्नका लागि गरेको ...