Monday, April 27सत्यम खबर
Shadow

गन्दर्भ, गाईन र बादी समुदायका २०० महिलालाई फ्रिडम किड ब्याग वितरण

नेपालगन्ज, १९ असोज – बाँकेको कोहलपुर नगरपालिकाको गन्दर्भ समुदाय र बैजनाथ गाँउपालिकाका गाईन र बादी समुदायका २०० जना महिलालाई फ्रिडम किड ब्याग वितरण गरिएको छ ।

बास नेपाल नेपालगन्ज र फ्रिडम किड ब्याग्सको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित गन्दर्भ समुदाय र बैजनाथ गाउँपालिका वडा नम्बर १ र २ मा रहेका गाईन र बादी समुदायका महिलाहरुलाई उक्त किड ब्याग बितरण गरिएको हो । अल्पसंख्यक तथा लोपोन्मुख उक्त समुदायका महिलाहरुलाई महिनावारी र प्याडको प्रयोगका बिषयमा जानकारी गराउने र सामाग्री बितरण गर्ने उद्धेष्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा महिनावारी र प्याड प्रयोगका बिषयमा किड ब्याग्स काठमाण्डौंकी निर्मला श्रेष्ठले महिलाहरुलाई अभिमुखिकरण गरेकी थिईन् । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा भएको कार्यक्रममा गन्दर्भ समुदायका अध्यक्ष सुशीलकुमार बैगार, वडा नम्बर ११ का अध्यक्ष कर्णबहादुर थापाले समुदायमा नै आएर प्याड बितरण गरेकोमा आयोजकलाई धन्यबाद दिएका थिए ।

बासका जन सम्पर्क अधिकृत मुना बिष्टले सञ्चालन गरेको वितरण कार्यक्रममा बासका निर्वतमान अध्यक्ष मन भण्डारी, कार्यवाहक कोषाध्यक्ष दिला शाह, बासकी उमा चौधरी, फ्रिडम किड ब्याग्स काठमाण्डौंका निर्मला श्रेष्ठ, सुमि श्रेष्ठ, दिकु तामांग, सुप्रिन्स कसजु, जुनी पर प्रजाको उपस्थिती रहेको थियो ।

पछाडी पारिएको गन्दर्भ, गाईन र बादी समुदायका महिलाहरुले घरमै फ्रिडम किड ब्याग पाएकोमा खुसी ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *