चिनियाँ ऋणले संकटमा फस्दै श्रीलंका
काठमाण्डौ, २३ पौष– चीनको ‘पब्लिक इन्भेस्टमेन्ट प्रोजेक्ट’ ऋणी देशका लागि मन्द विष बनेको छ ।ऋण लिने देशका लागि सुरुवाती दिनमा एकदमै मीठो लागे पनि बिस्तारै यसले त्यहाँको अर्थतन्त्र तहसनहस पारेका दृष्टान्त धेरै पाउन सकिन्छ ।सन् २०१७ मा श्रीलङ्काको हम्बन्टोटा बन्दरगाह ९९ वर्षका लागि चीनलाई उपलब्ध गराइएको थियो । यो बन्दरगाह १.१२ अर्ब अमेरिकी डलरमा दिइएको हो । एक दशकअघि चिनियाँ ऋणका कारण सङ्कटबाट गुज्रिएको श्रीलङ्का यसरी मारमा परेको छ कि, आफ्नो सम्पत्ति दिएर पनि सहजै पार पाउन नसक्ने चङ्गुलमा फसिसकेको छ ।चीनको सुरुवाती सम्झौतापछि श्रीलङ्काको विश्वव्यापी आलोचना भएको थियो । अहिले त्यहाँका नागरिकले यसको असर भोगिरहेका छन् ।
एकातिर राष्ट्रिय स्वाधीनतामा आँच आएको महसुस त्यहाँका नागरिकलाई भएको छ भने अर्कातिर हरेक सम्झौताको चिनियाँ पक्षले पूर्ण रूपमा लाभ लिएको छ । प्रशान्त महासागरीय क्षेत्रमा ...









