नाजाद्वारा समानता सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी कडा कारवाहीको माग
नेपालगन्ज, १३ जेष्ठ - अवधी पत्रकार संघ नेपाल (नाजा) का केन्द्रीय कोषाध्यक्ष सन्ध्या शर्माको नेपालगन्जस्थित समानता बचत तथा ऋण सहकारी संस्थामा आफ्नो र दुई वटा छोरीको खातामा रहेको रकम कुनै पनि आधिकारिक कागज प्रमाण विना अर्कैलाई भुक्तानी गरेको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाईएकाे छ ।
विज्ञप्तीमा कृष्णसार एफ एम र जनमत अर्ध साप्ताहिकमा काम गर्ने सञ्चारकर्मी शर्मालाई सहकारी बैंकले कुनैपनि सूचना नदिई प्रशान्त चौबेलाई रकम भुक्तानी दिइएको रहस्य खुलेको घटनाप्रति सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी आवश्यक छानविन गरि कडा कारवाहीको माग गर्दछौ भनी उल्लेख गरिएकाे छ ।
चौबेले २०७८ पुस १२ गते मेरो श्रीमती सन्ध्या शर्मा र छोरी भन्दै निवेदन दिएर रकम भुक्तानी लिएका थिए । यता शर्माले चौबेसँग २०७८ भदौ महिना मै आदलतबाट सम्वन्ध विच्छेद भईसकेपछि चौबेको कुनै पनि अधिकारभित्र नपर...








