Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

केरूङबाट रेल ल्याउने र नेपालबाट बिजुली लैजाने विषयमा के भन्छिन् चिनियाँ राजदूत यान्छी ?

केरूङबाट रेल ल्याउने र नेपालबाट बिजुली लैजाने विषयमा के भन्छिन् चिनियाँ राजदूत यान्छी ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ८ बैशाख – बिहीबार नेपालस्थित चिनियाँ राजदूतावासले भर्चुअल पत्रकार सम्मेलन गर्‍यो। उक्त सम्मेलनमा राजदूत होउ यान्छी नेपाल-चीन सम्बन्धका विविध आयामबारे ब्रिफिङ गरिन्। केही समयअघि भएको चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणदेखि तातोपानी र रसुवागढी नाका राम्ररी सञ्चालन हुन नसकेको र नेपाली मेडिकल विद्यार्थी चीन फर्कन नसकेकोलगायत विषय उनको ब्रिफिङमा समावेश थियो। (सेतोपाटीबाट) राजदूत यान्छीले सीमापार सम्पर्क सञ्जालका विषयमा पनि कुरा उठाइन्। चीनको केरूङ हुँदै काठमाडौं रेल ल्याउन प्राविधिक अध्ययन गर्न चीनले सहयोग गर्ने सहमति विदेश मन्त्री यीको भ्रमणका क्रममा भएको थियो। राजदूत यान्छीले भने तत्कालै रेलमार्ग बनाउन सम्भव नभएको बताइन्। ‘मलाई केही विज्ञहरूले सबै कुरा एकदम सहज तरिकाले भए सीमापार रेलवेको विस्तृत सम्भाव्यता सक्न ५-६ वर्ष लाग्छ भनेका छन्,’ राजदूत यान्छीले भनि...
नेपाल, टाट पल्टिन लागेको अर्थतन्त्र जोगाउन भारतले काँध थाप्यो

नेपाल, टाट पल्टिन लागेको अर्थतन्त्र जोगाउन भारतले काँध थाप्यो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ८ बैशाख – प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारत भ्रमणले दुई देशको सम्बन्धमा आईसब्रेक गर्दै नयाँ उचाइमा पुर्याएको छ । भ्रमण नेपाली परिप्रेक्ष्यमा महत्त्वपूर्ण सावित भभएको छ । यस क्षेत्रको समग्र रणनीतिक हितका कारण भारतको लागि पनि भ्रमण महत्त्वपूर्ण रह्यो । यो समाचार पनि पढ्नुहोला – दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजनाको निर्माणमा भारतीय सहयोग सीमा विवाद र चुच्चे नक्सा प्रकरणले तीन वर्ष भ्रमण आदान प्रदान नभएको भारतमा प्रधानमन्त्रीले ब्रेक थ्रु गर्दै दिल्ली भ्रमणमा गए । यसले सम्बन्धलाई न्यानो बनाउने मात्र होइन, द्विपक्षीय सम्बन्धलाई पनि सुदृढ बनायो । अर्कोतिर भरतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि खुसी भए । प्रधानमन्त्री देउवालाई भारतको पुरानो मित्र भन्दै दुई देशबीचको सम्बन्ध विकासमा उनको भूमिकाको प्रशंसा गरे। देउवाले महामारीविरुद्ध ...
पाकिस्तानमा चिनियाँ ऊर्जा प्रसारण परियोजनाको भुक्तानी ढिलाइ

पाकिस्तानमा चिनियाँ ऊर्जा प्रसारण परियोजनाको भुक्तानी ढिलाइ

आर्थिक, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ बैशाख – पाकिस्तानले मटियारी-लाहोर उच्च भोल्टेज प्रत्यक्ष वर्तमान प्रसारण लाइनको विकास साझेदारी गर्ने चिनियाँ कम्पनीहरूलाई आफ्नो भुक्तानी दायित्व पूरा गर्न असफल भएको छ। वित्तीय अवस्था निरन्तर कमजोर हुँदै गएकोले इस्लामाबादलाई युक्रेन युद्धका कारण उत्पन्‍न अवरोधहरूको बीचमा कोष परिचालन गर्न अझ गाह्रो भइरहेको छ। परियोजनाका चिनियाँ साझेदारहरूले आफ्नो सरकार र इस्लामावादस्थित दूतावासलाई चिन्ता व्यक्त गर्दै सेप्टेम्बर २०२१ देखि फेब्रुअरी २०२२ सम्मको अवधिका लागि इस्लामावादबाट तत्काल रु १२ अर्ब ३५ करोड उपलब्ध गराउन माग गरेका छन्। अहिलेसम्म रु ८ अर्ब ७५ करोड (बिल गरिएको रकमको ४१.४ प्रतिशत) मात्र प्राप्त भएको छ । प्रमुख चिनियाँ सरकारी स्वामित्वको कम्पनी चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एण्ड टेक्नोलोजी कम्पनी लिमिटेड (सीईटी)/स्टेट ग्रिड कर्पोरेशन अफ चाइना (एसजीसीसी) पाक मटियारी-ल...
चीनले यात्रुवाहक उडान रोक्दा नेपाललाई आर्थिक र पर्यटकीय घाटा

चीनले यात्रुवाहक उडान रोक्दा नेपाललाई आर्थिक र पर्यटकीय घाटा

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ बैशाख – नेपालले नियमित यात्रुवाहक उडान खोल्न बारम्बार अनुरोध गरे पनि चीनले इच्छा नदेखाउँदा दुई देश बीचको यात्रा महँगो बनेको अधिकारीहरूले बताएका छन्। नेपालबाट चीन प्रत्यक्ष उडान नहुँदा यात्रा लामो र महँगो बन्नुका साथै नेपाललाई आर्थिक र पर्यटकीय हिसाबमा पनि असर परेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा हेर्ने सहसचिव बुद्धिसागर लामिछानेले बताए। काठमाण्डूस्थित चिनियाँ दूतावासमार्फत पटकपटकको पत्राचार र आग्रहपछि पनि व्यावसायिक यात्रुवाहक उडानबारे चीनले सकारात्मक प्रतिक्रिया नजनाएको उनको दाबी छ। “भौतिक रूपमा छलफल हुन सकेको छैन। हामीले पत्राचार गरिरहेका छौँ। यस प्रक्रियामा दूतावासले समन्वय गरेको छ तर उताबाट हालसम्म सकारात्मक जवाफ आएको छैन,” लामिछानेले भने। चिनियाँ दूतावासका प्रवक्ता चाङ् सूले भने नेपालले कोरोनाभाइरसको दोस्रो लहरको बेला ए...
पाकिस्तान र श्रीलङ्काको आर्थिक उद्धारमा किन चीनले चासो देखाइरहेको छैन ?

पाकिस्तान र श्रीलङ्काको आर्थिक उद्धारमा किन चीनले चासो देखाइरहेको छैन ?

आर्थिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ बैशाख – चीनले पछिल्लो समय विकासोन्मुख मुलुकलाई आफूमा निर्भर बनाउने खालको ‘ऋण कूटनीति’ अङ्गीकार गरिरहेको अमेरिकाले आरोप लगाउने गरेको छ। तर आरोप विपरीत आर्थिक सङ्कटसँग जुधिरहेका दुई मित्रराष्ट्र श्रीलङ्का र पाकिस्तानलाई आर्थिक सहयोग गर्न चीनले अनिच्छा देखाएको छ। मार्चको अन्त्यमा पाकिस्तानले तिरेको ४ अर्ब डलर ऋणको पुर्नभुक्तानीका लाग उसले गरेको मागप्रति चीनले चासो देखाएको छैन। न त उसले श्रीलङ्काले मागेको २.५ अर्ब डलरको सहयोगकै जवाफ दिएको छ। चीनले यी दुवै मुलुकलाई सहयोग गर्ने वाचा नगरेको भने होइन। तर उसले जनाएको सहयोगको प्रतिबद्धता ती मुलुकका माग अनुरूप छैन। चीनको पछिल्लो व्यवहारले एकातर्फ बीआरआई कार्यक्रममा चीनको रणनीति बदलिरहेको देखाउँछ भने अर्कोतर्फ मित्र राष्ट्रको घरेलु परिस्थितिमा उसको अहस्तक्षेप नीति पनि प्रतिबिम्बित गर्छ। राजनीतिक परिवर्तनको कुरा गर्दा पछिल्लो समय...
२७औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे

२७औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ बैशाख – आउँदो वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ । ६ दिनसम्म संचालन हुने उक्त मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे बन्ने भएको छ । हालै राजधानी काठमाडौँमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी दिइएको हो । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनी (Exhibition) को यो २७औँ संस्करण यसअघि कोभिड– १९ कारण नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौँमा मात्र हुने भएको हो । विगत वर्षहरूमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालाहरूमा प्रदर्शनीप्रति उत्साह देखिएको छ ।आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चा...
भारत सरकारले आफ्नो सेनालाई १५ हेलिकोप्टर प्रदान गर्ने

भारत सरकारले आफ्नो सेनालाई १५ हेलिकोप्टर प्रदान गर्ने

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० चैत्र - भारत सरकारले आफ्नो सेनालाई १५ हेलिकोप्टर प्रदान गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई भारतमै उत्पादित १५ लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) प्रदान गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती हेलिकोप्टरको लागत ३८ अर्ब ८७ करोड भारतीय रुपैयाँ रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भारतको रक्षामन्त्रालयले जनाएअनुसार तीमध्ये १० हेलिकोप्टर भारतीय वायुसेनालाई प्रदान गरिनेछ भने बाँकी ५ हेलिकोप्टर भारतीय सेनाले पाउनेछ । हेलिकोप्टरलाई भारतको सरकार सञ्चालित हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले उत्पादन गरेको एएनआईले जनाएको छ । यी हेलिकोप्टरले भारतीय सेना एवम् वायुसेनाको सैनिक गतिविधिमा आवश्यकता पूरा गर्ने भारतीय रक्षा मन्त्रालयको अपेक्षा रहेको जनाइएको छ । (हाम्रो पाना)...
गभर्नर निलम्वन र देश श्रीलंका बन्दै गरेको विषयमा अर्थमन्त्रीको प्रष्टिकरण

गभर्नर निलम्वन र देश श्रीलंका बन्दै गरेको विषयमा अर्थमन्त्रीको प्रष्टिकरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० चैत्र - पछिल्लो समय अमेरिकाबाट आएको ४० करोड र अछामको बान्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहका कारण सामाजिक सञ्जाल तातेको छ। सोही प्रकरणले गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेपछि यो विषय अझै चर्चामा छ। यतिमात्रै होईन, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सरकार हुँदा अर्थमन्त्री वनेका तीन/तीन जनाले आईतवार पत्रकार सम्मेलन गरेर देश आर्थिक रुपमा टाट पल्टिन लागेको र श्रीलंका वन्ने तर्फ उन्मुख रहेको वताए । एमाले अध्यक्ष कपी शर्मा ओलीले त अव सरकारले वृद्धभत्ता नै रोक्छ भन्ने आशयको अभिब्यक्ति दिएपछि सवैको चासो अर्थमन्त्री जनार्दन शर्मातर्फ देखियो। सामान्यतयाः एमालेले लगाएका आरोपको खण्डन गर्दै आएका उनले सोमवार पत्रकार सम्मेलननै गर्नुपर्ने अवस्था आयो। उनले अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पृथ्वीबहादुर र उनले ल्याएको भनिएको ४० करोडबारेमा प्रतिक्रिया दिए। उनले ४० करोड भ...
चिनियाँ सेनाले छिमेकीको सार्वभौमसत्तालाई चुनौती दिएको अमेरिकी रक्षामन्त्रीको भनाइ

चिनियाँ सेनाले छिमेकीको सार्वभौमसत्तालाई चुनौती दिएको अमेरिकी रक्षामन्त्रीको भनाइ

आर्थिक, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० चैत्र - चिनियाँ सेनाले छिमेकीको सार्वभौमसत्तालाई चुनौती दिएको अमेरिकी रक्षामन्त्रीको भनाइ अहिले चर्चामा छ । उनले भने “हामी अमेरिका-भारत रक्षा साझेदारीको एक महत्वपूर्ण क्षणमा भेटिरहेका छौं। र दशकौंको कडा परिश्रमका लागि धन्यवाद, हामीले यस शताब्दीको सबैभन्दा महत्त्वपूर्ण साझेदारीको लागि जग बसालेका छौं,” अस्टिनले भने । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले सोमबार पेन्टागनमा भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई दुई देशबीचको विकासशील रक्षा साझेदारीमा वार्ताका लागिबैठक आयोजना गरेका थिए। पेन्टागनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, छलफलका विषयहरूमा चीन र रुसले यस क्षेत्र र विश्वभरका समस्याहरू समावेश गरेका छन्। भेटपछि दुवै नेताले विदेश सचिव एन्टोनी जे. ब्लिन्केन र भारतीय विदेशमन्त्री एस. जयशंकर राज्य विभागमा सामेल भएका थिए । राजनाथ सिंहले भने, “यो भेट र टु प्लस टू वार्ता हाम्रो द...
चिनियाँ ऋण, श्रीलंकाको संकट र नेपालको अर्थतन्त्र

चिनियाँ ऋण, श्रीलंकाको संकट र नेपालको अर्थतन्त्र

आर्थिक, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, ३० चैत्र- नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाउदै अर्थमन्त्री जनार्दन शर्माले ‘कतिपयको चाहना नेपालको अर्थतन्त्रलाई श्रीलङ्काको अवस्थामा पुर्‍याउने रहेको भए पनि त्यस्तो सपना पूरा नहुने’दाबी गरे र सोही साँझ गभर्नर महाप्रसाद अधिकारी निलम्बित भए। लगभग दुई करोड बीस लाख आवादी भएको टापु राष्ट्र श्रीलंका अहिले चरम आर्थिक र राजनीतिक संकटको सामना गरिरहेको छ। जहाँ प्रदर्शनकारी कर्फ्यूको अवज्ञा गर्दै हिंसात्मक रूपमा सडकमा उत्रिएका छन्। मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन्। सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि यस दक्षिण एसियाली मुलुकका लागि यो सबैभन्दा खराब आर्थिक मन्दी हो। अहिले देखा परेको संकट वास्तवमा विगत एक दशकदेखि श्रीलंका सरकारले सार्वजनिक सेवाका लागि विदेशी ऋणदाताबाट लिइएको ठूलो रकम र सरकारी क...