Friday, April 24सत्यम खबर
Shadow

लागूऔषध अपराधमा १८ हजारभन्दा बढी चिनियाँ पक्राउ

काठमाण्डौ, १३ असार –लागूऔषधसम्बन्धी अपराधमा संलग्न भएको अभियोगमा १८ हजारभन्दा बढी सन्दिग्धलाई पक्राउ गरिएको छ । बितेका पाँच महिनामा उनीहरूलाई पक्राउ गरिएको सार्वजनिक सुरक्षा मन्त्रालयले बताएको हो ।यो वर्षको पहिलो पाँच महिनामा देशभरबाट सात टनभन्दा बढी लागूऔषध बरामद गरिएको जनाउँदै उक्त मन्त्रालयले लागूऔषधविरुद्ध कठोर नीति अवलम्बन गरिएको बताएको छ । लागूपदार्थविरुद्धको देशव्यापी अभियान पनि जारी रहने उक्त मन्त्रालयले जनाएको छ ।

लागूऔषध नियन्त्रण विभागका अनुसार बितेका पाँच वर्षमा चार लाख ५१ हजार लागूऔषधसम्बन्धी अपराध पदाफार भएका छन्, भने पाँच लाख ८८ हजार अभियुक्तलाई हिरासतमा लिइएको छ । सोही अवधिमा तीन सय पाँच टन लागूऔषध बरामद भएको छ ।देशको लागूऔषधविरुद्धको अवस्थामा निरन्तर सुधार भइरहेको जनाउँदै सार्वजनिक सुरक्षा मन्त्रालयले लागूऔषध नियन्त्रण प्रणाली र क्षमतालाई पनि आधुनिकीकरण गर्ने थप प्रयास भइरहेका बताएको छ । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *