Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

निहीत स्वार्थ थोपार्ने चीनको मनसाय र रणनीति

निहीत स्वार्थ थोपार्ने चीनको मनसाय र रणनीति

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० असार –चीनले बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) मार्फत नेपालमाथि आफ्नो वर्चश्वशाली अर्थतन्त्र, सर्तहरु र निहित स्वार्थहरु थोपर्न खोजेको भेटिएको छ । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले सूचनको हक सम्बन्धी अधिकार प्रयोगगर्दै सार्वजनिक गरेको सम्झौताको विवरणमा चीनको मनशाय र रणनीति बाहिरीएको हो । नेपाल र चीनबीच ५ वर्षअघि भएको बीआरआई सम्झौता ‘मेमोरेन्डम अफ अन्डस्ट्यान्डिङ (एमओयु)’ को पूर्ण पाठले सरकार र चीनले लुकाएका धेरै विषयको खुलासा भएको छ । सम्झौताको अध्याय २ को दफा ३ मामा व्यापार सम्बन्ध विस्तारको बारेमा रहेको छ । जसमा दुवै पक्षले चीन नेपाल स्वतन्त्र व्यापार सम्झौताको संभाव्यता बारेमा सन् २०१७ भित्र अध्ययन गर्ने र संभव देखिएमा दुई पक्षको व्यापार र बजारलाई विस्तार गर्नका लागि सम्झौताका लागि वार्ता शुरु गर्ने उल्लेखित छ। सम्झौतामा नेपालकोतर्फबाट तत्कालीन ...
अलपत्र चीन अध्ययन गरेका डाक्टरी विद्यार्थी

अलपत्र चीन अध्ययन गरेका डाक्टरी विद्यार्थी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असार – चीनमा एमबीबीएस पढेर कोभिड १९ को महामारीका कारण नेपाल फर्किएका विद्यार्थीहरुले पढाइ सकेपछि नेपालमै इन्टर्नशिप गर्न पाएका छैनन् । विदेशमा एमबीबीएस पढिसकेका विगतका विद्यर्थाीहरुले सजिलै नेपालमा इन्टर्नसीप गर्न पाएको भए पनि चीनमा एमबीबीएस पढेका सन् २०१६ को ब्याचका विद्यार्थीहरुलाई भने सम्बन्धित निकायले विभिन्न विषयमा अल्झाउँदै अहिलेसम्म इन्टर्नशिप गर्न दिएको छैन । चीनमा एबीबीएस पढेका सन् २०१४ र सन् २०१५ को ब्याचका विद्यार्थीहरुको इन्टर्नशिप गराइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सन् २०१७ को ब्याचका विद्यार्थीहरुलाई पनि थप अध्ययन र इन्टर्नशिप पूरा गर्नका लागि चीन पठाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । सन् २०१६ को ब्याचका विद्यार्थीहरुलाई पनि १.५ (साढे १ वर्ष)को प्रिइन्टर्नशिप र इन्टर्नशिप अवधि तोकेर यसका लागि व्यवस्था मिलाउन यही असार ३ गतेको मन्त्रीस्तरी...
चीन बीआरआईमार्फत नेपालमाथि वर्चश्व जमाउँदै, यस्तो छ सम्झौतापत्र

चीन बीआरआईमार्फत नेपालमाथि वर्चश्व जमाउँदै, यस्तो छ सम्झौतापत्र

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असार – चीनले नेपालमाथि वर्चश्व जमाउन खोजेको पाइएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत चीनले नेपालमाथि आफ्नो वर्चश्व जमाउन खोजेको पाइएको हो । बीआरआईमार्फत चीनले नेपालमा अर्थतन्त्र, सर्तहरु र निहित स्वार्थहरु थोपर्न खोजेको पाइएको हो । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्दै सम्झौताको विवरण सार्वजनिक गरेसँगै चिनियाँ स्वार्थ बाहिरिएको हो । नेपाल र चीनबीच पाँच वर्षअघि भएको बीआरआई सम्झौता ‘मेमोरेन्डम अफ अन्डस्ट्यान्डिङ (एमओयू) को पूर्ण पाठले नेपाल सरकार र चीनले लुकाएका धेरै विषयकोसमेत खुलासा भएको छ । यो सम्झौता गर्दा सत्ता माओवादी केन्द्रका अध्यक्ष पुपकलम दाहाल प्रचण्डको हातमा रहेको थियो । नेपाली कांग्रेससमेत सत्तासाझेदार दल रहेको थियो । सम्झौतामा नेपालका तर्फबाट तत्कालीन परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि...
राष्ट्रिय गौरवका आयोजना कछुवा गति’मा

राष्ट्रिय गौरवका आयोजना कछुवा गति’मा

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ असार – चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । राष्ट्रिय गौरवका योजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाउने सरकारको प्रगति विवरण भने सन्तोषजनक छैन । चालू आर्थिक वर्षमा ३ खर्व ७८ अर्ब ९ कराेड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखिएकोमा आर्थिक वर्ष सकिन २ साता मात्र बाँकी रहँदा करिव ४० प्रतिशत मात्र खर्च गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।...
चिनियाँ गैरजिम्मेवार व्यवहारले नेपाली जनता आक्रोशित

चिनियाँ गैरजिम्मेवार व्यवहारले नेपाली जनता आक्रोशित

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ असार –एक समय थियो, नेपालमा चीनको दबदबा अचाक्ली बढेको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० को सदस्य बनाएर चिनियाँ सेनाद्वारा सीमा अतिक्रमण गरिएको थियो । सीमा अतिक्रमणको चिनियाँनिकट कम्युनिस्ट सरकारले नै बचाउ गरेको थियो । जसले नेपालीहरुमा तीव्र आक्रोश बढाएको थियो । तर अहिले त्यस्तो अवस्था छैन । मार्च २०२२ मा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्दा बीआरआई सम्बन्धी कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न नेपाल सरकारले अस्वीकार गर्यो । नेपालीहरु असन्तुष्टिको अर्को कारण कोभिड–१९ महामारीको सुरुवातदेखि नै चीनले नेपाली उत्पादनको व्यापार वा आयातमा नाकामा रोक लगाएको हो । अवस्था सामान्य भए पनि व्यापार सुचारु हुन सकेको छैन । दुई वर्षभन्दा बढी समयदेखि चीनले कोभिड–१९ को बहानामा नेपाली उत्पादनलाई स्वदेशमा प्रवेश गर्नबाट रोक्दै आएको छ । नेपालबाट चीनतर्फको निर्यात झण्डै शून्यमा झर...
नेपाललाई टाट पल्टाउने बीआरआई रणनीतिको खुलासा

नेपाललाई टाट पल्टाउने बीआरआई रणनीतिको खुलासा

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असार –बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सम्झौताका माध्यमबाट चीनले नेपालमा आर्थिक दबदबा र निहीत स्वार्थ पूरा गर्न खोजेको देखिएको छ । गोप्य स्रोतबाट खबरहबले बीआरआईको समझदारीपत्र प्राप्त गरेको छ । यसका कतिपय बुँदाहरु निकै शंकास्पद, अस्पष्ट र जानाजान वा अन्जानमा धेरै अर्थ लाग्ने किसिमको बनाइएको पाइएको छ । सन् २०७४ वैशाख २९ गते हस्ताक्षर गरिएको सम्झौताको ५ वर्ष पूरा भइसक्दा पनि न नेपाली पक्षले न चिनियाँ पक्षले यसलाई सार्वजनिक नगर्नुले शंका उत्पन्न भएको हो । खबरहबले प्राप्त गरेको समझदारीपत्रका कतिपय बुँदाहरु अस्पष्ट र केही बुँदा राष्ट्रघाती किसिमा पनि देखिएका छन् । उक्त समझदारीपत्रमा हस्ताक्षर गर्ने बेलादेखि नै चिनियाँ परियोजनालाई लिएर विभिन्न कोणबाट आलोचना भइरहेका छन् । राजनीतिक विश्लेषक सरोज मिश्र नेपाललाई उक्त समझदारीपत्र सार्वजनिक नगर्न चिनियाँ पक्षले दबाब दिएको हुनसक्ने ठान्छ...
चिनियाँ बन्दरगाहको सुविधा आकाशको फल’जस्तै

चिनियाँ बन्दरगाहको सुविधा आकाशको फल’जस्तै

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ असार –यही जुन १० अर्थात् जेठ २८ का दिन। चीनको सरकार नियन्त्रित समाचार संस्था सिआरआईले तस्बिरसहितको सामग्री हाल्यो। पूर्वाधारदेखि मनसम्म जोडिएर “बीआरआई“ बाट साझा समृद्धिका लागि द्रुत मार्गको निर्माण। जसमा केही दिनअघि दैनिक उपभोग्य सामग्री र इलेक्ट्रोनिक सामानले भरिएको पहिलो दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल चिनियाँ सछ्वान प्रान्तीय छङ तु अन्तर्राष्ट्रिय रेलवे बन्दरगाहबाट काठमाडौँतर्फ प्रस्थान गरेको थियो। त्यो रेल तिब्बतको चिलोङ बन्दरगाहमा पुगेपछि ती मालसामान राजमार्गबाट कन्टेनर मार्फत् नेपाल पठाइने उल्लेख थियो। यो समाचारमा चिनियाँ अधिकारीले पहिलाको परम्परागत गाडी र समुद्री यातायात तरिकाको तुलनामा रेल–राजमार्ग संयुक्त यातायातको यो तरिकाले लगभग २० दिनको समय बचत गर्ने दाबी गरेका थिए। तर नेपाली आयातकर्ता व्यवसायीहरु यसरी कार्गो रेलमा आएको कन्टेनरको सामान २० दिन छिटो नेपाल भित्...
निजगढ विमानस्थल बनाउन एकमत, ऋण लिंदा श्रीलंका कै बाटाे जाने खतरा

निजगढ विमानस्थल बनाउन एकमत, ऋण लिंदा श्रीलंका कै बाटाे जाने खतरा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ असार –निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको पूर्ण पाठ सार्वजनिक हुँदा पर्यावरणमा न्यूनतम क्षति हुने गरी मात्र निर्माण गर्न सरकारका नाममा निर्देशन जारी भयो । कहाँ विमानस्थल बनाउने भन्नेबारे कुनै नाम सर्वोच्चको वृहत इजलासले नकिटेपछि सत्तापक्ष र प्रतिपक्षका नेताहरुबीच निजगढमै विमानस्थल बन्नुपर्नेमा एकमत छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव एकसाथ निजगढ पुगेर विमानस्थल यसअघि भनेकै स्थानमा बनाउने अभिव्यक्ति दिए । मन्त्री समेत रहेका बाराका सांसद उमाकान्त चौधरी निजगढ विमानस्थल निर्माण रोकिननहुने भन्दै ज्ञापनपत्र लिएर दौडिएका थिए । प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु निजगढ विमानस्थलको पक्षमा बोल्दै आएका थिए । चुनाव नजिकिदै गर्दा बारा, पर्सा, रौतहट, मकवानपुरलगायत आसपासका ज...
निकासी प्रमाणिकरण बिनाको कन्टेनर प्रहरी नियन्त्रणमा

निकासी प्रमाणिकरण बिनाको कन्टेनर प्रहरी नियन्त्रणमा

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १७ असार - नेपालबाट अबैध सिल गरेर भारत तर्फ जाँदै गरेको कन्टेनर बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । निकासी प्रमाणिकरण बिनाको लकमा सिल गरेर कन्टेनर जमुनाहा नाकाबाट भारत जाँदै गरेको अवस्थामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो । निकासी प्रमाणपत्र बिना नै लोड गरि सिल गरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले पुष्टि गरे । कन्टेनरमा पहाडी उत्पादन जस्तो देखिने गेडागुडी फेला परेको र त्यसको पहिचान हुन नसकेको डीएसपी न्यौपानेले बताए । ‘कालोरङ्को गेडागुडी जस्तो सामान भेटिएको छ, परिक्षणपछि मात्र त्यसको पहिचान होला ।’ डीएसपी न्यौपानेले भने । सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर भन्सार कार्यालय नेपालगन्ज पार गरेर सीमानाका पार गर्ने बेलामा प्रहरीले नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयबाट कन्टेनर पार गरेको बिषय भने रहश्यमय रहेको बताइ...
११ औं नगरसभा सर्वसम्मत निर्णय सहित सम्पन्न

११ औं नगरसभा सर्वसम्मत निर्णय सहित सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ असार - नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगरसभा बिहिवार सम्पन्न भएको छ । नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नविकरण गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैगरी १० औं नगरसभादेखि ११ औं नगरसभाको बीचमा भएका निर्णय पनि नगरसभाले अनुमोदन गरेको छ । नगरसभाले नगर उपप्रमुख कमरुद्धिन राईको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति गठन गरेको छ । नगरसभामा उपमहानगरपालिकामा सेवा गरेर अवकाश प्राप्त गरेका तथा अवकाशको संघारमा रहेका कर्मचारीहरुलाई सम्मान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत उमेर हदका कारण साउन पहिलोसाता अवकाश प्राप्त गर्ने भएकाले नगरसभामा सम्मान सहित विदाई गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राईले प्रमुख प्रशासकीय अधिकृत बस्न...