Wednesday, July 1सत्यम खबर
Shadow

आर्थिक

भारतबाट सयपत्रीका दुई लाख तयारी माला भित्र्याइयो

भारतबाट सयपत्रीका दुई लाख तयारी माला भित्र्याइयो

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
धरान, ३ कार्तिक – धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला असारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। ल्याइएका माला व्यावसायीहरुले धरान–१३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोरमा भण्डारण गरेका छन् । हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला भारतबाट आउँदै गरेको व्यवसायीले कृषि उपज बजारलाई जानकारी गराएको उल्लेख गर्दै उनले नेपाली बजारको फूलबाट एक लाख ५० हजारको माला आउन सक्ने बताए । यो वर्ष नेपालमा फूल फुल्ने समयभन्दा अघि नै तिहार आएकाले स्थानीय उत्पादनको फूल बजारमा कम आउने भएपछि व्यवसायीले तिहार अगाडि नै फूलको माला व्यवस्थापन गरेका हुन् । विगत वर्ष २५ प्रतिशत धरानमा भारतबाट फूलका माला आयात गरिँदै आएको थियो तर यस वर्ष भने ७५ प्रतिशत नै तयारी माला भारतबाट आउने सम...
चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले सिक्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ

चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले सिक्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ

आर्थिक, आस्था, प्रदेश १, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ कार्तिक – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनको अवसरमा ललितपुरमा फ्रेण्ड्स अफ सिल्क रोड क्लबले आयोजना गरेको फोटो प्रदर्शनी उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सामाजिक र आर्थिक विकासलाई नयाँ उचाइमा पुर्‍याएर चीनले विश्वको पहिलो आर्थिक शक्ति राष्ट्रमा सूचीबद्ध हुने सफलता हासिल गरेको बताए। पछिल्लो समय चीनले गरिबी निवारणमा उच्चतम सफलता हासिल गरी गरिबी पूर्ण उन्मूलन गरेको भन्दै उनले औद्योगिकीकरण र सूचना प्रविधिको क्षेत्रमा चीनले पाएको सफलताबाट प्रेरणा लिनुपर्ने बताए। उनले नेपालसँग सीमा जोडिएको र नेपालको विकासमा एक असल मित्रको रूपमा चीन सरकारले नेपालको विकास निर्माणमा निरन्तर सहयोग गर्दै आएको बताए। फोटो प्रदर्शनीमा चिनियाँ...
‘लाखे’को आइटम ट्रयाक सार्वजनिक

‘लाखे’को आइटम ट्रयाक सार्वजनिक

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश १, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ कार्तिक – ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माताले गीत सार्वजनिक गरेका हुन् ।दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल घिसिङले बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०७८ मा फिल्म हेर्न जाउँ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड पाइसकेकी छिन् । काठमाण्डौ जन्मथलो भएकी सुक्मितले देश विदेशको यात्रासमेत गरिसकेकी छिन । विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडल सुक्मित सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन । ‘तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । हर्कुलस बस्नेतले कम्पोज गरेको गीतमा उनले सदीक्षा कट्टेलसँग गायनमा सहकार्य गरेका छन् । सौरभ लामाको छायांकन र सन...
जानकीका किसानहरुलाई अनुदानमा विउ वितरण

जानकीका किसानहरुलाई अनुदानमा विउ वितरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राईजानकी, २ कार्तिक - बाँकेको जानकी गाउँपालिकाको १ नं. वडामा किसानहरुलाई बर्शीन घाँसको वीउ वितरण गरिएको छ । जानकी गाउँपालिका पशु सेवा शाखाको ७५% अनुदानमा किसानहरुलाई विउ वितरण गरिएको हो । व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको माध्यमबाट पशुपालन गर्न सहज होस भन्ने उद्देशले वीउ वितरण गरिएको जानकी गाउँपालिका कावा अध्यक्ष इब्राहीम अलि हल्वाईले जानकारी दिए । ३ सय जना किसानहरुलाई घाँसको विउ जानकीको पशुसेवा शाखाको ७५% अनुदानमा खरिद गरी किसानलाई वितरण गरिएको कार्यवाहक वडा अध्यक्ष इब्राहीम अलि हालवाईले जानकारी दिनु भएको छ। वीउ वितरण कार्यक्रममा जानकी गाउँपालिकाका वडा सदस्य हौसीलालले किसानको चाहना अनुरुप विउ वितरण गरिएको जनाएको छ । विउ लिन आएका किसानहरुले विउ पाए पछि खुसी हुँदै वडा अध्यक्ष मो. रजा राईलाई धन्यबाद पनि दिनु भएको छ । कार्यक्रममा जानकी वडा नम्बर १ का कर्मचारी वड...
जुडो खेलाडीलाई कालपृष्ठ दैनिकको सहयोग

जुडो खेलाडीलाई कालपृष्ठ दैनिकको सहयोग

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – पश्चिम नेपालको सर्वाधिक पुरानो पत्रिका कालपृष्ठ दैनिकले आफनो २५औं रजत जयन्तको अवसर पारेर मंगोलियन जुडो क्लब खजुराका खेलाडीलाई सहयोग गरेको छ ।कालपृष्ठ दैनिकले खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको मंगोलियन जुडो क्लबमा प्रशिक्षण लिइरहेका उत्कृष्ट १२ खेलाडीलाई ट्रयाकसुट प्रदान गरेको हो । मंगोलियन क्लबबाट खेल्ने ८ जना खेलाडी लुम्बिनी प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्दैछन् ।कालपृष्ठ दैनिकका प्रबन्ध निर्देशक कमल खत्री र कालपृष्ठ दैनिकका बजार प्रमुख दुर्गा पौडेलले मंगोलियन जुडो क्लबका प्रशिक्षक विजय गुरुङलाई संयुक्त रुपमा ट्रयाकसुट प्रदान गरेका थिए ।नेपालगन्जबाट नियमित रुपमा प्रकाशित हुँदै आएको कालपृष्ठ दैनिकले यस वर्ष आफनो स्थापनाको २५औं वर्ष मनाउने तयारी गरिरहेको छ ।रजत जयन्त अघि खेलक्षेत्रका व्यक्तिको सम्मान र हौसला बढाउन सहयोग गरिएको कालपृष्ठ दैनिकका प्...
चीनको २० औँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा राजनीतिक, आर्थिक तनाव

चीनको २० औँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा राजनीतिक, आर्थिक तनाव

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ पार्टी महाधिवेशन अघि मुलुकमा राजनीतिक र आर्थिक सङ्कट सिर्जना भएको छ। शून्य कोभिड नीति लिएर महामारी नियन्त्रणमा असफल भएको चीनले अहिले राजनीतिक अस्थिरता र आर्थिक सङ्कटको सामना गर्नुपरेको हो। विश्वका दुई ठूला लगानी बैङ्कहरूले चीनको आर्थिक वृद्धिको प्रक्षेपण घटाएपछि चीनको अर्थतन्त्र, केन्द्रीय र प्रान्तीय स्तरमा निकै तनावमा छ। जापानी वित्तीय होल्डिङ कम्पनी, नोमुरा र अमेरिकामा आधारित लगानी बैङ्किङ कम्पनी गोल्डम्यान साक्सले कमजोर माग, ऊर्जा सङ्कट र चीनको शून्य-कोभिड नीतिबाट उत्पन्न अनिश्चिततालाई कटौतीको प्राथमिक कारणका रूपमा उल्लेख गरेका छन्। जसमा चीनको प्रतिबन्धले ५.५ प्रतिशतको वृद्धि लक्ष्यप्रति गहिरो लगानीकर्ताको निराशा झल्काउँछन्। नोमुरा चीनको वृद्धिको लागि सबैभन्दा न्यून अनुमानहरू मध्ये एक कायम राखेको र कुल गार्हस्थ्य उत्पादन वृ...
सुन तस्करीको अभियोगमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय

सुन तस्करीको अभियोगमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १ कार्तिक – शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा एक करोड बीस लाख बंगलादेश टका मूल्य बराबरको सुन तस्करी गरेको आरोपमा आइतबार चटगाउँको अदालतले एक चिनियाँ नागरिकलाई सात वर्षको जेल सजाय सुनाएको छ, मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन् ।ढाका ट्रिब्यूनका अनुसार ३२ वर्षीय फ्यान रोन्गुईले बंगलादेशी टका ५० हजार जरिवाना तिर्न नसकेमा तिनले थप तीन महिनाको जेल सजाय भोग्नुपर्नेछ। चटगाउँको महानगरीय सत्र न्यायाधीश डा जेबुन्नेसाले उक्त आदेश दिएको राज्यका वकिल मोहम्मद फखरुद्दीन चौधरीले बताएका छन् । एजेन्सी...
चिनको अघोषीत नाकाबन्दीले तातोपानी नाकाका व्यवसायी समस्यामा

चिनको अघोषीत नाकाबन्दीले तातोपानी नाकाका व्यवसायी समस्यामा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ । चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्टहाउस सञ्चालन गर्दै आएका शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउँछन् । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको व्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । विसं २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उहाँलाई तातोपानीको घर ‘नखाऊ भने दिनभरिको सिकार, खाऊ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ । नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् । नाका चल्यो भने ग...
चिनियाँ उच्चस्तरीय भ्रमणको अर्थ

चिनियाँ उच्चस्तरीय भ्रमणको अर्थ

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
संसदमार्फत् प्रमुख दलसँग हिमचिम बढाउने प्रयासकाठमाण्डौ, १ कार्तिक – एकपटक फेरि बेइजिङको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अनुरुप संसदका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्शुले ६ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। जसमा दुवै देशले एकअर्काको विधायिका, अनुगमन र सुशासन गतिविधि परस्पर आदानप्रदान गर्ने जनाइएको छ। चीनको महत्वाकांक्षी तर, विवादित परियोजना बीआरआई बारे सन् २०१७ मा नै एमओयू भए पनि अहिलेसम्म कुनै प्रगति देखिएको छैन। अहिलेको सहमतिपत्रमा त्यसलाई सम्बोधन गर्दै एमओयूको पाँचौं बुँदामा दुई सरकारले प्राथमिकता र प्रवर्द्धन गर्ने बताउँदै बीआरआई मार्फत दुई राष्ट्रहरू बीचको सम्बन्ध, पारस्परिक फाइदाहरू र दायित्वहरूको प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। ली चान्सुको भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्त्वपूर्ण आयाम थपिएको चर्चा गर्दै यसका...
चिनियाँ स्वार्थ जोडिएको चीन-नेपाल रेल परियोजना सफल हुन सकेन

चिनियाँ स्वार्थ जोडिएको चीन-नेपाल रेल परियोजना सफल हुन सकेन

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – भूपरिवेष्टित मुलुकमा रेलवे लाइन निर्माण गर्ने लोभ देखाएर आफ्नो स्वार्थ पूर्ति गर्ने चिनियाँ महत्त्वाकाङ्क्षी परियोजना सफल हुन सकेको छैन। चीनको ऋण जाल परियोजना बीआरआई अन्तर्गत चीनले यो रेल परियोजनालाई अघि बढाउने बताएपछि सफल हुन नसकेको हो। चीनले १७० किलोमिटर ट्रान्स हिमालयन तिब्बत–नेपाल रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने योजना बनाए पनि वातावरणीय र प्राविधिक प्रश्नहरू भने बाँकी छन्। यस्तो चिन्ता नेपाली विज्ञहरूले उठाएको आई अफ नेपालले जनाएको छ। साथै अवरुद्ध नेपाल–चीन रेलमार्गको विवाद अझै समाधान हुन सकेको छैन। सन् २०१९ मा राष्ट्रपति सी जिनपिङले प्रस्तावित लाइनले नेपालको परिवर्तन गर्ने बताएका थिए। तर तीन वर्ष बितिसक्दा पनि आयोजनाले नेपाली नेतृत्व, इन्जिनियर वा वातावरणविद्बाट खासै सहयोग नपाएको आई अफ नेपालले जनाएको छ । सन् २०१८ को अन्त्यतिर, चीनले नेपालका लागि ...