Wednesday, July 1सत्यम खबर
Shadow

आर्थिक

८ अर्बको बिजुली भारतलाई बिक्री

८ अर्बको बिजुली भारतलाई बिक्री

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – नेपालबाट भारतर्फ हुने विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् जेठ १९ बाट बिक्री सुरु गरेको थियो। इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत नेपालको विद्युत् बिक्री गरेको हो। असोज २५ सम्ममा १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो,’ उनले भने। निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ।सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आईएक्समा...
आयल निगम मासिक डेढ अर्ब रुपैयाँ नाफामा, भाउ घटाउने सुरसार छैन

आयल निगम मासिक डेढ अर्ब रुपैयाँ नाफामा, भाउ घटाउने सुरसार छैन

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २६ असोज – नेपाल आयल निगम नाफामा गएको छ । अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक अधिकारीले जानकारी दिएका छन्। कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि भाउ बढेको थियो । भाउ बढे पनि कम मूल्यमा बेच्नुपरेको भन्दै निगमले निरन्तर घाटाको हिसाबकिताब देखाइरहेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८७ अमेरिकी डलरमा झरेपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड रुपैयाँ पुग्ने भएको हो । इन्डियन आयल कर्पोरेसनले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुनेछ । निगमले यही मूल्यमा इन्धन बेच्दा १५ दिनमै ८० करोड रुपैयाँ नाफा कमाउनेछ । तर डेढ वर्षमा निगमले ५५ अर्ब रुपैयाँ गुमेको दाबी गर्दै आएको छ। ...
नेपाल-चीन रेलकाे सम्भाव्यता अध्ययनमै सकस

नेपाल-चीन रेलकाे सम्भाव्यता अध्ययनमै सकस

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २५ असोज – संवेदनशील हिमालय पर्वत छिचोलेर बनाइने तिब्बत–नेपाल रेलमार्गको चीनले सम्भाव्यता अध्ययन गर्न लागेको छ । तर त्यसले पार्ने वातावरणीय असरबारे कुनै ध्यान नदिइएकोप्रति चिन्ता प्रकट भएका छन् सन् २०१७ मा नेपाल–तिब्बत सीमादेखि तीन किलोमिटर नेपालतर्फ रहेको टिमुरेमा तिब्बत प्रवेशका लागि पालो पर्खिरहेका ट्रकहरूको ताँती । २०१५ सालमा भूकम्प गएपछि नेपाल–चीनबीच सञ्चालनमा रहेको यो एकमात्र सडक हो । यो बाटो पनि पहिराेका कारण बेला–बेला बन्द भइरहन्छ । सन् २०१७ मा नेपाल–तिब्बत सीमादेखि तीन किलोमिटर नेपालतर्फ रहेको टिमुरेमा तिब्बत प्रवेशका लागि पालो पर्खिरहेका ट्रकहरूको ताँती । २०१५ सालमा भूकम्प गएपछि नेपाल–चीनबीच सञ्चालनमा रहेको यो एकमात्र सडक हो । यो बाटो पनि पहिराेका कारण बेला–बेला बन्द भइरहन्छ । निकै महत्त्वाकांक्षी तिब्बत–नेपाल रेलमार्ग परियोजनाको एक वर्षभित्र सम्भाव्यता अध्ययन सुरु...
पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ

पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ असोज – पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ। यस खस्कँदो अर्थतन्त्रका केही सूचक पनि पक्कै छन्। चिनियाँको यस वर्षको आर्थिक वृद्धि दरको लक्ष्य ५.५ प्रतिशत थियो। त्यो लक्ष्य पुरा नहुने लगभग निश्चित भइसकेको छ। अप्रिलदेखि जूनसम्म चीनको आर्थिक अवस्था हेर्ने हो भने यो अझ ओरालो गतिमा जाने लगभग निश्चित भएको छ। अर्थशास्त्रीहरूले यो वर्षको चीनको अर्थतन्त्र अझै बिग्रन सक्ने चेतावनी दिइसकेका छन्। पश्चिमा देशहरूमा जस्तो चीनमा मुद्रास्फीतिको समस्या छैन तर धेरै समस्या छन्, ती समस्या बढ्दै गएर संसारको दोस्रो ठुलो अर्थतन्त्र भएको देशको संरचना नै भत्किन सक्नेछ। चीनको कारखानामा उत्पादन भएका बस्तुको माग अन्तर्राष्ट्रिय र घरेलु बजारमा प्रत्येक दिन घटिरहेको छ। अमेरिका लगायत धेरैसँग व्यापारिक सम्बन्ध पनि बिग्रिएको छ। यो बिग्रने क्रम संसारका अन्य धेरै देशसँग पनि बढ्दो छ। अमेरिकी डलर...
नेपाली जनता संग अझै, मूल सम्झौता अझै गोप्य छ बीआरआईको

नेपाली जनता संग अझै, मूल सम्झौता अझै गोप्य छ बीआरआईको

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असोज – सन् २०१७ को मे १२ मा नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएयताका पाँच वर्षमा चीनका विदेशमन्त्री वाङ् यीबाट पाँच पटक नेपाल भ्रमण भइसकेको छ। यही बीचमा चीनका राष्ट्रपति सि चिन फिङ लगायत दर्जनौं चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण भएको छ। नेपालबाट पनि राष्ट्रपतिस्तरीय तथा प्रधानमन्त्री र मन्त्रीस्तरीय दर्जनौं भ्रमण भएका छन्। यी दुबै तर्फबाट हुने हरेक भ्रमणमा उठ्ने महत्वपूर्ण विषय हो, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)। जुन सम्झौताबारे नेपालमा औपचारिक मञ्चहरूमा बुँदागत बहस आजसम्म भएको छैन। जसरी यसअघि अमेरिकी सहायता परियोजना एमसिसिका विषयमा बुँदा बुँदामा बहश भयो र नेपाली समाज नै तल्लो तहसम्म विभाजित देखियो। तर नेपालले विना अध्ययन हस्ताक्षर गरेको वान बेल्ट वान रोड (ओबीओआर) सम्झौतामा के छ त ? यो प्रश्न आजसम्म अनुत्तरित छ। पटक पटक सूचनाको हक प्रयोग गरेर पररा...
भारतले निर्यात सहमति नदिँदा दैनिक ८०० मेगावाट विद्युत खेर

भारतले निर्यात सहमति नदिँदा दैनिक ८०० मेगावाट विद्युत खेर

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ असोज – दशैंको वेला विद्युतको माग ह्वात्तै घट्दा दैनिक करिब ८०० मेगावाट विद्युत खेर गइरहेको छ । दशैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको छ । तर, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८०० मेगावाटको विद्युत खेर गइरहेको हो । प्राधिकरणका अनुसार राति दैनिक ७ सय देखि ८ सय मेगावाटसम्म र दिउँसो ४ सय देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको छ । प्राधिकरणले दैनिक रुपमा करिब ४ सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २१२ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि प्रस्ताव गरेको छ । तर, भारतीय पक्षबाट अनुमति नदिंदा विद्युत खेर ...
भारत ‘स्टार्टअप हब’ को रूपमा स्थापित हुँदै

भारत ‘स्टार्टअप हब’ को रूपमा स्थापित हुँदै

आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
भारत ‘स्टार्टअप हब’ को रूपमा स्थापित हुँदै काठमाण्डौ, २१ असोज – सन् २०२१ भारतको लागि ‘युनिकोर्नको वर्ष’ थियो, जसमा ४३ स्टार्ट-अपहरूले एक बिलियन अमेरिकी डलरभन्दा बढीको मूल्यांकन हासिल गरेका थिए। २०१६ देखि ‘स्टार्ट-अप इन्डिया’ पहलको सुरुवातसँगै देशमा स्टार्ट-अप इकोसिस्टम गतिशील रूपमा विकसित भएको छ। २०१६ मा मात्र ४१७ स्टार्ट-अपहरूबाट सुरु भएर सन् २०२१ सम्म २० हजार १६० पुगेको छ। प्रत्येक वर्ष स्टार्टअपहरुको संख्या द्रुत रूपमा बढेको छ। ‘बाम्बू इन्डिया’ अश्विनी शिन्दे र योगेश शिन्देले पुनेमा आधारित स्टार्ट-अप हो। १५ अगस्त, २०१६ मा स्थापित यो उद्यमले बाँसको धारणालाई ‘गरीब मानिसको टिम्बर’ बाट ‘विद्वान मानिसको टिम्बर’ मा परिवर्तन गरेको छ। बाम्बू इन्डियाले प्लास्टिक उत्पादनहरूको प्रतिस्थापनको रूपमा धेरै नवीन बांस उत्पादनहरू उत्पादन गर्दछ, जसले वातावरण संरक्षणमा थप योगदान दिन्छ। बाँस इन्...
आईनएस विक्रान्त भारत विश्‍वको शक्ति राष्ट्र बन्‍ने दौडमा अघि बढ्यो

आईनएस विक्रान्त भारत विश्‍वको शक्ति राष्ट्र बन्‍ने दौडमा अघि बढ्यो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ असोज – भारतका लागि रूसी राजदूत डेनिस अलीपोभले शुक्रबार भारतको लागि गर्वको क्षण भएको बताएका छन्। पहिलो स्वदेशी विमान वाहक, आईएनएस विक्रान्तको कमीशनले देखाएको देश अगाडि बढिरहेको छ। द्रुत रूपमा आत्मनिर्भर र प्रमुख विश्वव्यापी शक्ति बन्ने दिशामा भारत अघि बढेको भन्दै उनले भारतको प्रशंसा गरेका छन्। ‘यो भारतको लागि गर्वको क्षण हो जुन उनीहरूले स्वदेशी प्रमुख विमान वाहक निर्माण गरे। भारत आत्मनिर्भरतातर्फ अघि बढिरहेको छ र यसले ठूलो विश्वव्यापी शक्ति बन्ने दिशामा तीव्र गतिमा अघि बढिरहेको देखाएको छ। विश्वलाई सुपर बलियो भारत चाहिन्छ,’ रुसी राजदूतले भने। ‘हामी विश्वमा वर्तमान कठिनाइ र तनावको बाबजुद व्यापार, प्रविधि, उत्पादन र अन्य क्षेत्रमा रूस र भारत बीचको भविष्यको सहयोगको लागि धेरै प्रतिबद्ध र उत्साहित छौं,’ उनले थपे। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार यहाँ कोचीको कोचीन शिपय...
चीनको सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाए

चीनको सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाए

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० असोज – चीनको सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन्। केही व्यक्तिमा कोभिड सङ्क्रमण देखिएलगत्तै सरकारले सेन्जेनमा लकडाउन घोषणा गरेको हो। १ करोड ८० लाखभन्दा बढी मानिसको बसोबास रहेको सहरमा १० जनामा सङ्क्रमण भएको पुष्टि भएपछि लकडाउन घोषणा भएको थियो। कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन्। एजेन्सी...
भारतले निर्यात सहमति नदिँदा दैनिक ८०० मेगावाट विद्युत खेर

भारतले निर्यात सहमति नदिँदा दैनिक ८०० मेगावाट विद्युत खेर

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० असोज – दशैंको वेला विद्युतको माग ह्वात्तै घट्दा दैनिक करिब ८०० मेगावाट विद्युत खेर गइरहेको छ । दशैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको छ । तर, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८०० मेगावाटको विद्युत खेर गइरहेको हो । प्राधिकरणका अनुसार राति दैनिक ७ सय देखि ८ सय मेगावाटसम्म र दिउँसो ४ सय देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको छ । प्राधिकरणले दैनिक रुपमा करिब ४ सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २१२ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि प्रस्ताव गरेको छ । तर, भारतीय पक्षबाट अनुमति नदिंदा विद्युत ख...