Wednesday, July 1सत्यम खबर
Shadow

आर्थिक

नेपालगन्जमा शक्तिशाली बिस्फाेट, घटनाकाे अनुसन्धान जारी (फाेटाे फिचरसहित)

नेपालगन्जमा शक्तिशाली बिस्फाेट, घटनाकाे अनुसन्धान जारी (फाेटाे फिचरसहित)

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक - नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ रामनगर स्थित रमेश नाग तेलीको घरमा आईतबार बिहान करीब ५ बजे शक्ति शाली बिष्फोट हुँदा घरमा सुतिरहेका २ जना मध्य १ जनाको मृत्यू हुनुको साथै १ जना गम्भिर घाईते भएका छन । नेपालगन्ज वडा प्रहरी कार्यालय नजिकै रहेको उक्त ठाउँमा आईतबार एका बिहानै बिष्फोटको ठुलो आवाज आएपछी वडा प्रहरी कार्यालयको टोली उक्त ठाउँमा पुगी तत्काल खोजतलास तथा घटनाका पिडितहरुलाई सहयोग गर्ने कार्य गरेको स्थानिय बासिन्दाहरुले जानकारी दिनुभएको छ । रमेश नाग तेलीको घर भाडामा लिएर बस्दै आएका बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं. ८ का गणेश भन्ने समिर वली र रामनगर कै मोहम्द आरिफ अली अन्सारी बिष्फोटमा परि शक्त घाईतेको भएकोमा प्रहरीले उपचारको लागी ततकाल भेरी अस्पतालमा लगेको थियो । बिष्फोटमा परि गम्भीर घाईते दुबै जनालाई तत्काल उपचारका लागी भेरी अस्पतालमा लगेकोमा गणेश भ...
लक्ष्मीपूजाकाे साँझ ३८० मेगावाट बिजुली भारत निर्यात

लक्ष्मीपूजाकाे साँझ ३८० मेगावाट बिजुली भारत निर्यात

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ कार्तिक – यस वर्ष लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग (पिक डिमाण्ड) १ हजार ३ सय मेगावाट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मी पूजाका दिन पिक देशभित्रको डिमाण्ड १४०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको थियो । तर, प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ करिब ६ः१० बजे ‘पिक डिमाण्ड’ १ हजार ३०५ मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार २७० मेगावाट थियो ।गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड ३५ मेगावाट बढी हो । विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मीपूजाको ‘पिक लोड’ धानेको छ ।अझ खपत हुन नसकेको बिजुली भारत समेत निर्यात भएको छ भने २०० मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ । लक्ष्मीपूजाको साँझमा ‘पिक’ समयमै प्राधिकरणले ३८...
बढ्दो एकहोरो विकासको, उदांगों नमूना कार्यविधि :

बढ्दो एकहोरो विकासको, उदांगों नमूना कार्यविधि :

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति: २०७९/०७/१२सर्वदेव ओझाजब एउटै प्रत्यक्ष निर्वाचित सांसदवाट आ-आफ्नो क्षेत्रमा केन्द्रीय बजेट र उपभोगता समिति मार्फत सबै निकाय बाईपास गरी नै विकास गरिएको प्रमाण बाहिर आऊछ भने १६५ सांसद निर्वाचित गर्दा सम्भव छ भने अन्य बाकी ११० समानुपातिक, ५९ राष्ट्रीय सभा सदस्य, प्रदेश सरकार र प्रदेससभा सदस्य, सबै स्थानीय निकाय सहितका पदाधिकारी, वडा अध्यक्ष, बडा को सबै सदस्य, सरकारी निकाय, प्राविधिकहरूको दरबन्दी समेत किन राख्ने र किन पाल्ने ? खारिज गरौ !! होईन भने मरेको अख्तियारले वा सम्बंधित निकाय र प्राविधिकको रोहमा भए-गरेको सम्पन्न विवरण अनुसार सबै कार्यक्रमको ठाऊँ को ठाऊँ सम्बंधित उपभोग्ताबाट सार्वजनिक सुनुवाई ( Social Audit ) गरी फर-फारक गर्ने गरी एकीकृत , पारदर्शी व्यवस्था लागू गरी मूल्यांकन गरियोस । हाल विश्लेष्णमा बाँके २ निर्वाचन क्षेत्रको सर्सरती हेर्दा प्रायः सबै "उपभोक्ता समिति,, बनाई खर्...
चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिएको ७५६ मेगावाटको तमोर वर्षौं अलपत्र

चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिएको ७५६ मेगावाटको तमोर वर्षौं अलपत्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० कार्तिक – सरकारले साढे दुई वर्षअघि ७ सय ५६ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दियो। सरकारले ‘सोकेस’मा राखेको उक्त आयोजना जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) र चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना)लाई जिम्मा लगाइयो। तर, यो अवधिसम्म कुनै प्रगति भएन। देशकै गौरवको यो आयोजना अलपत्र छ। लगानी बोर्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला २०७६ माघमा पावर चाइना र एचआइडीसीएलको ज्वाइन्ट भेन्चरमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो। पावर चाइना चीन सरकारको कम्पनी हो। दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सक्नुपर्ने सम्झौतामा उल्लेख थियो। तर, साढे दुई वर्ष बित्दा पनि काम अघि बढेको छैन। सम्झौताको ६ महिनाभित्र दुवै कम्पनीले के कति सेयर लिने भन्ने ‘सेयर होल्डिङ’ सम्झौता गरिसक्नुपथ्र्यो...
चिनियाँ दबाबबीच श्रीलङ्का स्वतन्त्र व्यापार सम्झौता गर्न सजग

चिनियाँ दबाबबीच श्रीलङ्का स्वतन्त्र व्यापार सम्झौता गर्न सजग

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० कार्तिक – जारी आर्थिक सङ्कट र चिनियाँ बजारमा प्रवेश गर्ने चुनौतीहरूले श्रीलङ्कालाई दबाबको बाबजुद चीनसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) गर्न सतर्क बनाउँदै छ। हालै श्रीलङ्काका विदेश मन्त्री अलि साब्री र उनका चिनियाँ समकक्षी वाङ यीबीच न्युयोर्कमा संयुक्त राष्ट्र सङ्घको महासभाको बैठकमा साइलाइन भेटवार्ता भयो। चिनियाँ दूतावासले दुई पक्षहरू 'वार्ता प्रक्रियालाई गति दिन र स्वतन्त्र व्यापार सम्झौता (एफटीए) को चाँडै निष्कर्षमा पुग्ने प्रयास गर्न सहमत भएका छन्। जसले गर्दा उनीहरूको आर्थिक र व्यापारिक सहयोगको आशालाई बढवा दिन र स्थिरता प्रदान गर्दछ,' मिरर दैनिकले रिपोर्ट गरेको छ। यद्यपि, श्रीलङ्काका मन्त्रीले उनीहरूको बैठकको बारेमा ट्विट गरे तर एफटीएमा छलफलको कुनै ट्रेस थिएन। सन् २०१५ मा वार्ता सुरु भएदेखि नै श्रीलङ्काले एफटीएमा आफ्नो खुट्टा तान्दै र तान्दै आएको छ, तर चीनले यसलाई ...
एडीबीद्वारा पाकिस्तानलाई १५ अर्ब अमेरिकी डलर ऋण सहयोग

एडीबीद्वारा पाकिस्तानलाई १५ अर्ब अमेरिकी डलर ऋण सहयोग

आर्थिक, आस्था, मौसम, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ कार्तिक – एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ । पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो । हालै आएको बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित हुनुका साथै पूर्वाधार तथा कृषिमा व्यापक क्षति पुर्‍याएको परिप्रेक्ष्यमा पाकिस्तानमा जनता, जीविकोपार्जन र पूर्वाधारमा सहयोग पुर्‍याउन एडीबीले जारी गरेको महत्वपूर्ण प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उपलब्ध गराइएको एडिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैङ्कले भनेको छ, ‘पाकिस्तानी सरकारलाई आफ्नो विकास खर्च प्याकेज कार्यान्वयन गर्न आवश्यक वित्तीय सहयोग प्रदान गर्नेछ, जुन संकटको समयमा प्रायः असमान रूपमा प्रभा...
आर्थिक संकट सुरु भएपछि पाकिस्तानले रुससँग सस्तो मूल्यको तेल किन्ने

आर्थिक संकट सुरु भएपछि पाकिस्तानले रुससँग सस्तो मूल्यको तेल किन्ने

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ कार्तिक – देश आर्थिक संकटमा फस्दै गएपछि पाकिस्तानले रुससँग सस्तो मूल्यमा तेल किन्ने तयारी थालेको छ । देश आर्थिक रुपमा संकट ग्रस्त हुँदै गएपछि पाकिस्तान सरकारले वैकल्पिक व्यवस्था अनुसार रुससँग सस्तो मूल्यमा तेल खरिद गर्ने तयारी थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएको छ । पहिलेदेखि नै देशको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको पाकिस्तानमा पछिल्लो बाढी, पहिलोको प्राकृतिक प्रकोप पछि पाकिस्तान आर्थिक रुपमा छन् जिर्ण बन्दै गएको छ । पाकिस्तानको बढ्दो चालु खाता घाटा, २० प्रतिशतभन्दा बढी मुद्रास्फीति र रुपैयाँको ठूलो अवमूल्यनका कारण पहिलेदेखि नै अशान्तिमा रहेको पाकिस्तानको अर्थतन्त्र बाढीले थप कमजोर भएको छ, जसको आर्थिक प्रभाव ३० अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ। पाकिस्तानले छुटमा रुसी तेल किन्न विचार गरिरहेको छ, यसका अर्थमन्त्रीले भनेका छन्, किनकि उनले विनाशकारी बाढीपछि पे...
चीनमा युरोपेली लगानी सुस्त हुँदै

चीनमा युरोपेली लगानी सुस्त हुँदै

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ५ कार्तिक – देशको घर जग्गा बजारमा गिरावट आउँदा, कडा “कोविड शून्य” नीतिका कारण उपभोक्ता हरुको खर्च गर्ने क्षमता कम हुन थालेपछि चीनमा युरोपेली कर्पोरेट लगानी सुस्त हुँदै गएको छ । चीनमा शुन्य कोभिड नितिले वातावरण खराब बन्दै गएपछि यूरोपेली मात्र नभई अमेरिकी लगानी पनि उल्लेखनीय रुपमा घट्दै गएको छ । द स्ट्रेट्स टाइम्सले गरेकोे रिपोर्ट अनुसार चिनियाँ अर्थतन्त्रका लागि संकेतहरू अशुभ छन् किनभने विदेशी लगानी मुट्ठीभर बहुराष्ट्रिय कम्पनीहरूमा मात्र सीमित छ । न्यूयोर्कको अनुसन्धान फर्म रोडियमले गरेको नयाँ विश्लेषणले चीनमा नयाँ कारखानाहरु र अन्य प्लान्टहरुको स्थापनामा युरोपेली संघ र बेलायतबाट तथाकथित ग्रीनफिल्ड लगानी घटेको देखाउँछ, द स्ट्रेट टाइम्सले रिपोर्ट गरेको छ।...
‘वन टाइम पे’ मार्फत समस्या समाधानतर्फ पहल गर्ने : स्वतन्त्र उम्मेदवार खनाल

‘वन टाइम पे’ मार्फत समस्या समाधानतर्फ पहल गर्ने : स्वतन्त्र उम्मेदवार खनाल

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – विकसित देश हुन अथवा हाम्रो जस्तो विकासन्मुख देश, रिक्सा, मोटर साइकल, अटो जस्ता सवारी साधनहरु मध्यम वर्ग तथा निम्न वर्गका मानिसहरुले आफ्नो सहज रुपमा प्रयोग गरेको पाइन्छ ।यसरी कृषक तथा मध्यम स्तरका मानिसहरुको सहज साधनको रुपमा प्रयोग हुन आउने रिक्सा, मोटर साइकल तथा अटो जस्ता साधनहरु माथि सरकारले वर्षेनी लगाउँदै आएको करलाई ‘वन टाइम पे’ बनाउने आफ्नो लक्ष्य रहेको बाँके क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले बताएका छन् ।अहिले नेपालमा मोटर साइकलमा मात्रै १ सय २५ सिसिलाई २५००, १२६ सिसिदेखि २५० सम्मलाई ४५००, २५१ देखि ४०० सिसि सम्मलाई ९५०० र ४०१ सिसि र सो भन्दा माथि लाई २०००० रुपैयाका दरले वार्षिक रिन्यु कर बुझाउनु पर्ने स्थिति रहेको छ ।यसैगरी कृषकहरुले प्रयोगमा ल्याउने ट्रयाक्टर लगायतका साधनहरुमा समेत चर्को मुल्यमा कर बुझाउँदा कृषकहरु मार...
नेपालगन्जका बाढी पिडितलाई राहत वितरण

नेपालगन्जका बाढी पिडितलाई राहत वितरण

आर्थिक, आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ४ कार्त्तिक - गत असोज महिनामा आएको अविरल वर्षा कारण बाढीले प्रभावित बाँकेका स्थानीयलाई भोलेन्टीयर कोर नेपालले राहत वितरण गरेको छ । शुक्रबार समाजसेवी बिन्दु चर्तिमगरको नेतृत्वमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० र २२ मा १६० घरधुरीलाई चामल, दाल, तेल, नुन, साबुन, टुथ ब्रस, पेस्ट, टावेल, सेनेटरी प्याड लगायतका सामग्री वितरण गरिएको छ । तिहार नजिकिदैं गरिरहेका बेला बाढीबाट प्रभावितलाई राहत वितरण गरिएको हो । नेपालगन्ज उप–महानगरपालि २० नम्बर वडाको राझाँ र २२ नम्बर वडाको किंगरियन टोलका बाढी पिडितलाई दैनिक जीवन चलाउन समस्या परिरहेको खबर थाहा पाएपछि सहयोग गरिएको पुष्प व्यावसायी चर्तीमगरले बताईन् । सावर एक्सन हङकङ चाईनाको सहयोगमा शुक्रबार भोलेन्टीयर कोर नेपालले बाँके नेपालगन्ज नगरभित्रका बाढी पिडितलाई सहयोग गरेको हो । भोलेन्टीयर कोर नेपालका अध्यक्ष दिपक चापागाई, भोलेन्टीयर कोर नेप...