Wednesday, July 1सत्यम खबर
Shadow

आर्थिक

साहु समाजद्वारा हजारौंलाई फाईदा हुने धर्मशाला शिलान्यास

साहु समाजद्वारा हजारौंलाई फाईदा हुने धर्मशाला शिलान्यास

अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ मंसिर – सकारात्मक साेंच भए जे पनि गर्न सकिन्छ भन्ने उदाहरणको प्रस्तुति हाल साहु समाज बाँकेले देखाउँदै आईरहेको छ ।केही समय अगाडी मात्र लुम्बिन प्रदेश वन मन्त्री सुरेन्द्र हमालमार्फत साहु समाजको शौचालय लगायत निर्माणका लागि १० लाख बजेट प्राप्त गरी निर्माण कार्य सम्पन्न गरेको समाजले प्रदेश सरकारको थप ४० लाख बजेटबाट धर्मशाला निर्माणका लागि आज बुधबार शिलान्यास कार्य सम्पन्न गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने असहाय, गरीब, आर्थिक अवस्था कमजोर भएका परिवारहरुका लागि विशेष योजनाका साथ निर्माण हुन लागेको धर्मशालाबाट सम्पूर्णले फाइदा लिन सक्ने साहु समाजका अध्यक्ष हंसराम साहुले बताउनुभयो ।समाजमा धेरै बोलेर भाषण गर्नुभन्दा केही सकारात्मक पहल गरी गरीबहरुको भलो हुने काम गर्नु तथा सोही काम अनुसार साहु समाजले निर्माण गर्न लागेको धर्मशालाले स्थानीयहरुलाई आउने दिनमा विवाह, व्र...
डुडुवाको गाउँसभा गर्ने सहमतीपछि खोलियो ताला

डुडुवाको गाउँसभा गर्ने सहमतीपछि खोलियो ताला

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
डुडुवा, २७ मसिंर – पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपालिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउ“सो २ बजे गाउँसभा बस्ने सहमती भएको छ ।कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार गाउँसभामा नयाँ आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट ल्याइनेछ । त्यसका लागि स्रोत अनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिने छ ।वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरु कार्यपालिकाको बैठकमा पेश गर्ने छन् र त्यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो ।आज बसेको कार्यपालिकाको बैठकमा विपक्षी दलले सहमती गरेपछि सभाको टुगो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्था...
१ के.सी. ४७५ ग्राम चरेससहित नेपालगन्जकी  सुसिमता रुपईडिहामा पक्राउ

१ के.सी. ४७५ ग्राम चरेससहित नेपालगन्जकी सुसिमता रुपईडिहामा पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ मंसिर – पुलिस अधीक्षक जिल्ला बहराईचका प्रशान्तकुमार वर्माद्वारा लागूऔषध ओसारपसार रोकथाम सञ्चालन अभियान अन्तर्गत १ के.जी. ४७५ ग्राम चरणसहित एक जना महिलालाई पक्राउ गरिएको छ ।सोमबार राती करीब १ः१० बजे रुपैडिहा थानाबाट खटिएका एसएसबी र थाना रुपैडिहाको संयुक्त टोलीद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ निवासी सुसिमता शाहीलाई पक्राउ गरिएको छ ।उक्त १ केजी ४७५ ग्राम चरेसको बजार मूल्य करीब ७० लाख (भारु) पर्ने जनाईएको छ । संयुक्त टोलीद्वारा सोमबार राती चेकचाँजका क्रममा घसियारन मोहल्ला कै नजिक चरेससहित पक्राउ गरिएको जनाईएको छ ।पक्राउ गर्ने संयुक्त टोलीमा वरिष्ठ निरिक्षक रुदलबहादुर सिंह, अशोक तिवारी, सौरभकुमार, अंजली शुक्ला, सचि पटेल थाना रुपईडिहा जिल्ला बहराईचका रहेका थिए भने एसएसबी टोलीबाट एएसआई डिजि अरुणकुमार, एचसी गजेन्द्र सिंह, राहुल यादव, अजयकुमार शाह, नेहा, रश्मि जी सामवाय रुपईड...
१६ केजी अफिम सहित तीन जना पक्राउ

१६ केजी अफिम सहित तीन जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
अजय मिश्रकपिलवस्तु, २७ मंसिर - कपिलवस्तुको नेपाल भारत सिमानाका कृष्णनगर स्थीत यात्रुगेटबाट नेपाल प्रहरीले १६ किलो अफिम सहित ३ महिलालाई पक्राउ गरेको छ । जिल्लको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको आवस्थामा लागु औषध अफिम सहित ३ महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर बस्ने वर्ष ४३ की आस कुमारी बुढा, दाङ लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ४८ की नर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ३६ की भावना पुन मगर रहेको प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले जानकारी दिनुभयो । सोमबार दिउँसो १ बजे नेपालबाट भारत जादै गर्दा शंकाले खानतलासी पुर्जी अनुसार ति महिलाहरुले कम्मर भागमा कालो कपडामा लुकाएको आवस्थामा अफिम बरामद गरिएको प...
भारतीय सवारी आएपछि पुशपतिनगरबासीमा खुशी

भारतीय सवारी आएपछि पुशपतिनगरबासीमा खुशी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ मंसिर – तीनवर्षदेखि बन्द रहेको भारतीय सवारीहरुले नेपाल प्रवेश पाएपछि सीमावत्र्ती बजार पशुपतिनगरमा आर्थिक कारोबार बढ्ने अपेक्षा गरिएको छ । यस अघि कोभिड– १९ का कारण भारतीय सवारी आउन बन्द भएपछि पशुपतिनगरको आर्थिक गतिविधि न्युन रहेको थियो । भारतीय पर्यटकहरुकै भरमा रहेको पशुपतिनगरमा आर्थिक कारोबार हुन छोडेपछि धेरै व्यावसायीहरुले व्यवसायनै बन्द गरेका थिए । भन्सार ऐनमा ‘नजिकको बजारमा पहुँच दिने’ व्यवस्था अनुसारनै पुनः भारतीय गाडीहरु पशुपतिनगर बजार सम्म आउन थालेको इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए । यसरी आउने सवारीले सुविधा पास लिएपछि पशुपतिनगर बजार भरिमात्र रहन पाउंछन् । प्रजिअ ढुङ्गानाले कांकडभिट्टा लगायत अन्य सीमा नाकाहरुमा भारतीय सवारीको प्रवेश यसअघिनै शुरु भइसकेको बताउनु भयो ।भन्सार ऐनमा व्यवस्था भएअनुसार इलाम स्थित सरकारी अधिकारीहरु र भारतीय समकक्षीहरु ...
४ सय मेगावाट भारत निर्यात, ७ सयको पर्खाइ

४ सय मेगावाट भारत निर्यात, ७ सयको पर्खाइ

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ मंसिर – आन्तरिक खपतबाट बढी हुने बिजुलीमध्ये करिब ४१० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको छ। गत वर्षबाट बिजुली भारत निर्यात हुन थालेको हो। चालू वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् भारत निर्यात भएको हो। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। थप ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यातका लागि भारतको सहमतिको पर्खाइमा रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। फाईल फोटो तर, विद्युत् निर्यातको दीर्घकालीन सम्झौता भने हुन सकेको छैन। अहिले भारतले निर्यातका लागि दिएको सहमति अल्पकालीन हो। यसलाई बर्...
पाकिस्तानमा बिजुली र ग्यासको अभाव

पाकिस्तानमा बिजुली र ग्यासको अभाव

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ मंसिर – जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेकाे छ । पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासकाे अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हाे । पाकिस्तानमा गएकाे वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएपछि बिजुली र ग्यासकाे अत्यधिक माग बढेकाे छ । सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै सहरमा ग्यासकाे अभाव भएकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदराबाद, मुल्तान, पेशावर र रावलपिण्डीका नागरिकहरु समस्यामा परेका छन् । उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना प्रभावकारी हुन नसकेकाे नागरिककाे गुनासाे छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धले करिब ६२ प्रतिशत ग्यास उत्पादन गर्ने भए पनि मात्रै ३८ प्रतिशत उपभाेग गर्छ । तीन प्रतिशत ग्यास...
रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ मंसिर – भारतले रुसी तेल तथा ग्यास बंगलादेशतर्फ निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको खुलेको छ । रुसबाट ग्यास एवम् तेल बंगलादेशतर्फ पठाउने गर्ने विषयमा टर्कीले चासो देखाएपछि भारतले यसप्रति अग्रसरता देखाएको हो । बंगलादेशले खरिद गर्ने भनिएको रुसी इन्धन निर्यात गर्नका लागि ट्रान्जिट बन्न भारतले चासो देखाएको भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ । निकट भौगोलिक अवस्थिती एवम् सुमधुर राजनीतिक सम्बन्ध रहेका कारण भारतले रुसी इन्धन बंगलादेशतर्फ निर्यात गर्न चासो दिएको जनाइएको छ ।...
भारत अमेरिकाको सहयोगी हैन अर्काे ‘सुपर पावर’ बन्छ : ह्वाइट हाउस

भारत अमेरिकाको सहयोगी हैन अर्काे ‘सुपर पावर’ बन्छ : ह्वाइट हाउस

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ मंसिर – ह्वाइट हाउसका एक अधिकारीले भारत अमेरिकाको सहयोगी नभएर एक सुपर पावर बन्ने बताएका छन् । उनले पछिल्लो २० वर्षयता यी दुई देशबीचको सम्बन्ध अन्य कुनै पनि देशको भन्दा गहिरो सुदृढ भएको बताएका छन् । एस्पेन सुरक्षा फोरमको बैठकमा आफ्नो उपस्थितिको क्रममा भारतको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै ह्वाइट हाउस एशिया संयोजक कर्ट क्याम्पबेलले भारत २१ औं शताब्दीमा संयुक्त राज्य अमेरिकाको लागि सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको बताएका छन् । ‘तथ्य के हो भने, मलाई विगत २० वर्षमा संयुक्त राज्य अमेरिका र भारतको भन्दा द्रुत गतिमा गहिरो र सुदृढ भएको कुनै द्विपक्षीय सम्बन्धको बारेमा थाहा छैन,’ ह्वाइट हाउसका शीर्ष अधिकारीले वाशिंगटनका दर्शकहरूलाई भनेका छन् । संयुक्त राज्यले आफ्नो क्षमताको अझ बढी लगानी गर्न आवश्यक छ र जनतासँगको सम्बन्ध निर्माण गर्दै, टेक्नोलोजी र अन्य मुद्दाह...
बंगलादेशमा ठूलो लगानी गर्नुको पछाडि चीनको उद्देश्य के छ ?

बंगलादेशमा ठूलो लगानी गर्नुको पछाडि चीनको उद्देश्य के छ ?

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – बागंलादेशसँग आर्थिक सम्बन्धलाई बलियो बनाउनका लागि चीनले निरन्तर प्रयास गरिरहेको छ। जसरी चीनले बंगलादेशमा चलिरहेका आयोजनाहरूको उद्घाटन गरिरहेको छ अनि त्यहाँको व्यापारिक मञ्चमा चीनको आर्थिक प्रस्ताव राख्नका लागि चिनियाँ राजदूत जुन प्रकारले सक्रिय देखिएका छन् त्यसले बंगलादेशप्रति चीनको बढ्दो चासोलाई प्रस्ट पारेको छ। बागंलादेशसँग व्यापारिक सम्बन्धलाई बलियो बनाउनका लागि चीनले त्यहाँको आधारभूत संरचनामा ठुलो निवेश गर्नका साथै ऊर्जा संसाधनहरूको सप्लाईमा पनि सहयोगको प्रस्ताव दिएको छ। यसको साथै चीनले दुवै देशको मुद्राहरूको सहज आदान-प्रदानका लागि पनि पहल गरिरहेको छ। तर, चीनबाट आएका यस्ता प्रस्तावलाई स्वीकार गर्दा बंगलादेश सरकारले पनि निकै सावधानी अपनाइरहेको छ। बागंलादेशकी प्रधानमन्त्रीले चिनियाँ प्रस्तावलाई स्वागत गरिरहेकी छिन् तर भारत र जापानजस्ता एसियाली मुलुकसँगको आर्थि...