Sunday, April 26सत्यम खबर
Shadow

१ के.सी. ४७५ ग्राम चरेससहित नेपालगन्जकी सुसिमता रुपईडिहामा पक्राउ

नेपालगन्ज, २७ मंसिर – पुलिस अधीक्षक जिल्ला बहराईचका प्रशान्तकुमार वर्माद्वारा लागूऔषध ओसारपसार रोकथाम सञ्चालन अभियान अन्तर्गत १ के.जी. ४७५ ग्राम चरणसहित एक जना महिलालाई पक्राउ गरिएको छ ।
सोमबार राती करीब १ः१० बजे रुपैडिहा थानाबाट खटिएका एसएसबी र थाना रुपैडिहाको संयुक्त टोलीद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ निवासी सुसिमता शाहीलाई पक्राउ गरिएको छ ।
उक्त १ केजी ४७५ ग्राम चरेसको बजार मूल्य करीब ७० लाख (भारु) पर्ने जनाईएको छ । संयुक्त टोलीद्वारा सोमबार राती चेकचाँजका क्रममा घसियारन मोहल्ला कै नजिक चरेससहित पक्राउ गरिएको जनाईएको छ ।
पक्राउ गर्ने संयुक्त टोलीमा वरिष्ठ निरिक्षक रुदलबहादुर सिंह, अशोक तिवारी, सौरभकुमार, अंजली शुक्ला, सचि पटेल थाना रुपईडिहा जिल्ला बहराईचका रहेका थिए भने एसएसबी टोलीबाट एएसआई डिजि अरुणकुमार, एचसी गजेन्द्र सिंह, राहुल यादव, अजयकुमार शाह, नेहा, रश्मि जी सामवाय रुपईडिहा एसएसबी ४२ वी बाहिनी नारापारा बहराईचको सहभागिता रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *