सात दिवसीय श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ सम्पन्न
नेपालगन्ज, २ फागुन - बाँकेको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँमा माघ २४ गतेदेखि सात दिवसीय श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.– ६ स्थित श्री हडिया बाबा आश्रमका पुजारी रामनरेश बाबाको व्यवस्थापनमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ बाँके जिल्लाको नरैनापुर गाउँपालिका वार्ड नंं.–६ सोनवर्षा निवासी रामानन्द मिश्रले श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा प्रमुख कथा वाचक रहनु भएको थियो ।
श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा यज्ञाचार्यको रुपमा सदानन्द मिश्र, प्रेमीदास जी महाराज, सो भागवत पूजामा निरञ्जन सरस्वती, प्रेमनाथ पाण्डेय संगीतकारमा सहयोग गरिरहनु भएको थियो । सुर्जीगाउँका निवासी स्व.गंगाराम जायसवालका धर्म पत्नी, रामनरेश बाबाका माता श्रीमती अवधरानी जायसवाल श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा जजमानको रुपमा रहनु भएको थियो ।
माघ २४ गते ...









