Sunday, April 26सत्यम खबर
Shadow

अवधी

नेपाल–भारतका पत्रकार बीच नेपालगन्जमा आयोजित ऐतिहासिक जमघटबाट सीमानाकामा विद्यमान समस्या माथि बृहत छलफल : अगामी कार्यक्रम बहराईचमा भई सबै समस्याको हल खोजिने

नेपाल–भारतका पत्रकार बीच नेपालगन्जमा आयोजित ऐतिहासिक जमघटबाट सीमानाकामा विद्यमान समस्या माथि बृहत छलफल : अगामी कार्यक्रम बहराईचमा भई सबै समस्याको हल खोजिने

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ चैत्र – नेपाल–भारतका पत्रकार बीच नेपालगन्जमा आयोजित ऐतिहासिक जमघटबाट सीमानाका लगायतको समस्या माथि बृहत छलफल भई अगामी कार्यक्रम भारतको बहराईच जिल्लामा हुने गरी सबै समस्याको हल खोजिने सहमति भएको छ । शनिबार मधेश मिडिया मिसन नेपाल बाँकेले आयोजना गरेको होली मिलन कार्यक्रम र सीमानाका सम्बन्धमा मिडियाकर्मीको भूमिका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै भारतीय पत्रकार अजय मिश्राले – नेपाल भारत बीचको सम्बन्ध धेरै नै प्राचीन छ । यसलाई अझ प्रगाढ बनाउनु जरुरी छ । नेपाल भारत बीच सीमा छ तर सम्बन्ध दुबै देशबीच अटुट छ । राजनीतिमा एकता नभए पनि जनतामा एकता छ । आफू नेपालको सौन्दर्यता अवलोकन गर्न सधंै यहाँ आउने गर्छु भने । त्यस्तै पत्रकार राजिब शर्माले –हाम्रो धर्म, संस्कृति र सभ्यता एक छ, यसको संरक्षण सम्बद्र्धन दुबै देशका जनताले मिलेर गर्नु जरुरी छ । उनले बादल वन के वरस...
भोलि शनिबार भारतीय पत्रकारहरुको नेपालगन्जमा ऐतिहासिक जमघट हुने

भोलि शनिबार भारतीय पत्रकारहरुको नेपालगन्जमा ऐतिहासिक जमघट हुने

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १८ चैत्र – भोलि शनिबार दिन भारतीय पत्रकारहरु माता बागेश्वरीको पावन धर्तीमा जमघट हुने भएको छ । मधेश मिडिया मिसन नेपालको आयोजनामा र सत्यमखबर डटकमको सहयोगले हुन गईरहेको पत्रकारहरुको जमघटमा बाँके जिल्लाको नेपालगन्जमा क्रियाशिल रहेका वरिष्ठ पत्रकारहरुको उपस्थिति रहने छ । जसमा बाँके जिल्लाका नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, नेपाल टेभिजन कोहलपुरका प्रमुख विजय बर्मा, नेपाल पत्रकार महासंघ लुम्बिन प्रदेशका सदस्य मो. आरिफ अन्सारी, रेडियो कृष्णसार एफएफका तुला अधिकारी, जनमत अर्धसाप्ताहिकका पुर्णलाल चुके, राजधानी दैनिकका रूद्र सुवेदी, कान्तिपुर दैनिकका ठाकुर सिंह थारू, रेडियो बागेश्वरी एफएफका शुक्रऋषि चौलागाई, दैनिक नेपालगन्जका झलक गैरे, वरिष्ठ पत्रकार निरज गौतम, वरिष्ठ पत्रकार कृष्ण अधिकारी, प्रेस चौतारी बाँके शाखा अध्यक्ष दुर्गा रोकाय, कान्तिपुर टेलिभिजनका जे. ...
श्यामानन्द वृहत एकल कला प्रदर्शनी समापन

श्यामानन्द वृहत एकल कला प्रदर्शनी समापन

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, चैत्र १६ गते– नेपालगन्जमा जारी श्यामानन्द वृहत एकल कला प्रदर्शनी भव्यताका साथ समापन गरिएको छ । नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्धारा सिर्जीत हस्तकला, मुर्तीकला र चीत्रकला सहितको निशुल्क प्रदर्शनी चैत्र १२ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको थियो । बागेश्वरी मन्दिर पार्क परिसरमा सञ्चालित प्रदर्शनीको मंगलबार नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष एवं श्यामानन्द कला संस्कृति प्रतिष्ठान, नेपाल बाँकेका सल्लाहकार शुक्रऋषि चौलागाईले समापन गर्नु भएको हो । मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष समेत रहनु भएका चौलागाईले कला कृति र सीर्जनाको जीवन्तताका लागि संग्राहलय स्थापनामा जोड दिनु भयो । कला/संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्न स्थानीय सरकार स्वयं अग्रसर रहनु पर्ने उहाँको भनाई थियो । विभिन्न प्लाष्टिक, दप्ती, कागजबाट निर्मीत हस्तकला, मुर्तीकला, चित्रकलाका विभिन्न ...
साहु समाजकाे हाेली मिलन सम्पन्न

साहु समाजकाे हाेली मिलन सम्पन्न

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
के आर शर्मानेपालगन्ज, १२ चैत्र - जिल्ला साहु समाज बाँके तथा साहु समाज युवा समितिको संयुक्त तत्वाधानमा आज होली मिलन बिशेष कार्यक्रम सम्मान सहित सम्पन्न गरेकोछ । कार्यक्रममा अधिकांश बक्ताहरु होली उत्सवका बारेमा समाजमा पर्ने साँस्कृतिक प्रभाव र परमपरागत सँस्कार र समाजलाई बनाई राख्ने सत्मार्ग रंगको माध्यमबाट सत्यको बाटो पहिल्याउँदै रिसराग, द्वेष, झुठ, अहंकारबाट टाढा हुँदै एक अर्कामा आत्मियता प्रेम बढाउने पर्बका रुपमा मनाउँदै आएको बिचार राखेका थिए । बक्ताहरुमा नेपालगन्ज उपमहानगर वडा नम्बर पाँचका वडा अध्यक्ष कयूफुल वरा, लुम्बिनी प्रदेश औषधि ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष अभयकुमार बस्नेत भने कार्यक्रम जि.साहु समाजका अध्यक्ष हंसराम साहुको सभापतित्वमा सम्पन्न भएको थियो । होली मिलन बिषेश सम्मान सहितको कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष, उपाध्यक्ष, के.पार्षद तथा वर्तमान को...
‘‘राजतिलकको गर तयारी आइ सकेका छन् भगवाधारी’’

‘‘राजतिलकको गर तयारी आइ सकेका छन् भगवाधारी’’

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ चैत्र - "राजतिलकको गर तयारी आई सकेका छन् भगवाधारी" नारा सहित ५८औं महामूर्ख सम्मेलन प्रसिद्ध हिन्दुवादी नेता दिवाकर खनालको अध्यक्षतामा सम्पन्न भएको छ । नेपालगन्जमा महामूर्ख सम्मेलनको आयोजन गर्ने परम्परा धेरै नै पुरानो छ । फागू पूर्णिमा होली पर्वको अवसरमा त्रिभुवन चोक पूर्व लाईन वडा नं. ८ मा यो महामूर्ख सम्मेलन कार्यक्रम हुँदै आएको छ । गत वर्ष २०७७ सालमा यसको अध्यक्षता नेपालगन्ज उद्योग वाणिज्य संघका नि. अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा सम्पन्न गरिएको थियो । यस वर्ष ५८औं महामूर्ख सम्मेलन आयोजन समितिको बसेको बैठकले छलफल गरि अध्यक्ष चयनको लागि पहिले नेगउवा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाको अध्यक्षतामा कार्यक्रमको आयोजन गर्ने निर्णय गरेको थियो तर मन्सुरीले यो सम्मान ग्रहण गर्न इच्छा नजनाएपछि संघका आदेशकुमार अग्रवालको नाम अघि सारिएको थियो । तर अग्रवालले पनि सम्मान ...
हाेलिमिलन तथा जेष्ठ नागरिक सम्मान सम्पन्न

हाेलिमिलन तथा जेष्ठ नागरिक सम्मान सम्पन्न

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ चैत्र - बाँके जिल्लाको सुर्जी गाउँमा रहेको जन कल्याण युवा क्लबको आयोजनामा चैत्र ५ गते शनिवार होलीमिलन समारोह तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ का वडाध्यक्ष परसराम कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको होली मिलन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा शिवसेना नेपालका केन्द्रिय अध्यक्ष राजकुमार रौनियार, नन्दकिशोर गुप्ता, ललितकुमार रौनियार, दिवाकर खनाल, रमारानी बैश्य, मनकामना ईट्टा उद्योगका विजयकुमार जायसवाल, राप्रपा १९ नं. बसुदेवपुरका अध्यक्ष धनराज काँदूलगायतले होलीको शुभकामना दिदैं होलीको महत्व बारेमा चर्चा गर्नुका साथै जन कल्याण युवा क्लबले गरेको कार्यको सह्राना गर्दै उत्तोरत्तर प्रगतिको कामना व्यक्त गरेका थिए । सो अवसरमा स्थानीय सुर्जीगाउँका २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा श्याम मनोहर कलवार, प्य...
अवधी कला, संस्कृतिको संरक्षणमा जुडनुपर्नेमा जोड

अवधी कला, संस्कृतिको संरक्षणमा जुडनुपर्नेमा जोड

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ चैत्र - मधेश मिडिया नेपाल बाँके शाखाले अवधी पत्रकारिता स्थापना दिवसको अवसरमा अन्तरक्रिया एवं होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । मधेस मिडिया बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा मंंगलबार नेपालगन्ज ४ स्थित शिवपार्वती मन्दिर परिसरमा अन्तरक्रिया एव शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अवधी भाषी, अवधी पत्रकार, कला संस्कृतिको संरक्षण, योगदानको अवस्था, अवधी क्षेत्रको अवस्थाका बारेमा गहन छलफल गरिएको छ । अवधी क्षेत्रको कला संस्कृतिको संरक्षणमा आवश्यक पहल हुन नसकेको भन्दै यसको सम्बर्द्वनमा जोड दिइएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले अवधी भाषाको प्रयोग पनि खुलेर हुन नसकेको भन्दै आफैबाट यसको शुरुवात गर्न सकिए मात्रै थप कुराहरुको सुधारका लागि पहल हुने धारणा राखेका थिए । कार्यक्रममा पुर्व मन्त्री सर्वदेव ओझा, ने...
यस वर्ष महामूर्ख सम्मेलनको अध्यक्षता हिन्दुवादी नेता दिवाकर खनालले गर्ने निर्णय

यस वर्ष महामूर्ख सम्मेलनको अध्यक्षता हिन्दुवादी नेता दिवाकर खनालले गर्ने निर्णय

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० फागुन – नेपालगन्जमा विगत ५७ वर्षदेखि फागु पूर्णिमा ‘होली’ पर्वमा आयोजित हुँदै आएको महामूर्ख सम्मेलनको अध्यक्षता हिन्दुवादी नेता दिवाकर खनालले गर्ने निर्णय गरिएको छ । महामूर्ख सम्मेलनका अध्यक्ष विजयकुमार वैश्यको सभापतित्वमा आईतबार बसेको बैठकले २०७८ चैत्र ३ र ४ गते आयोजित हुने फागु पूर्णिमा ‘होली’ पर्वमा ५८ औं महामूर्ख सम्मेलन आयोजित गर्ने छलफल हुँदा नेपालगन्ज उद्योग वाणिज्य संघको भवन अगाडी ठूलो मञ्चमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने र हिन्दूवादी नेतासँग कार्यक्रमको अध्यक्षता गराई परम्परा अनुसार उनीको कदर सम्मान गर्ने समेत निर्णय गरिएको छ । महामूर्ख सम्मेलन समितिले यस अघि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’लाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर मंसुरीले यो अध्यक्षता आफूले गर्न नसक्ने भन्दै असहमति जनाउँदा संघका पदाधिकारी आदेश...
“अजीब शख्स है पानी के घर में रहता हैै”

“अजीब शख्स है पानी के घर में रहता हैै”

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ फागुन - गुल्जार–ए–अदब बाँकेद्वारा आयोजित मासिक गजल गोष्ठी उर्दू साहित्यकारले आज शनिवार गजल वाचन गरेका छन् । नेपालगन्ज वार्ड नं.–८ स्थित महेन्द्र पुस्तकालयमा उर्दू साहित्यकारहरुले मासिक गजल गोष्ठीमा गजल वाचन गरेका थिए । सो कार्यक्रममा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौकको अध्यक्षतामा उर्दू साहित्यकार तथा सचिव मोहम्मद मुस्तफा अहसन कुरैशीद्वारा सञ्चालित गजल गोष्ठी कार्यक्रममा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सैय्यद असफाक रसूल हाशमी(सैय्यद नेपाली), सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मेराज अहमद (हिमालय), अव्दुल हमीद सिद्दीकी (भोला), इस्माइल अन्सारी, आदिल सर्वर नेपाली, जमील अहमद हाशमी, मोहम्मद उमर, सदाब नेपाली, समीर अली शेष, लगायतले “अजीब शख्स है पानी के घर में रहता हैै” मिसर–ए–तरहमा साहित्यकारहरुले आ–आफना गजल वाचन गरेका थिए भने पंकज कुमार श्रेष्...
तत्काल माँग पूरा नभए, आन्दोलन गर्न चेतावनी !

तत्काल माँग पूरा नभए, आन्दोलन गर्न चेतावनी !

अवधी, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १० फागुन- आज नेकपा एमाले नरैनापुर बाँकेले ईलाका प्रशासन कार्यालय नरैनापुरमा पुर्नस्थापना गर्ने लगायत ३ बुँदे माँग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल माँग पुरा नभए आन्दोलन गर्न बाध्य हुने जानकारी गराएको छ । इलाका प्रशासन कार्यालय नरैनापुरलाई तत्काल नरैनापुरमा पुर्नस्थापना गरी नेपाली नागरिकता प्रमाणपत्र लगायतका सेवा सुबिधाहरु सरल, सुलभ तरिकाले उपलब्ध गराउन ब्यवस्था मिलाउने, नेपाली किसानहरुले भारतबाट रासायनिक मल खाद बिउ बिजन र बाली नालीमा प्रयोग गर्ने औषधी लगायतको कृषि सामग्रीहरु ल्याउंदा सिमानामा रहेका सुरक्षाकर्मीले अवरोध श्रृजना नगर्ने, सम्मान जनक ब्यवहार गर्ने तथा मल खादका साथै सवारी साधनहरु जफत नगर्ने गरी तत्काल ब्यवस्थापन गर्नुपर्ने र भारतीय नम्बर प्लेटका सवारी साधनहरु सहित नरैनापुर वासीहरुलाई नेपाली नागरिकता प्रमाण पत्रको आधारमा नरैनापुबाट नेपालग...