Saturday, June 27सत्यम खबर
Shadow

अपराध

लागु औषधसहित लक्ष्मीनगरबाट एक जना पक्राउ

लागु औषधसहित लक्ष्मीनगरबाट एक जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
कृष्णनगर (कपिलवस्तु), २३ असार - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले अषाढ २२ गते आइतवार बेलुका साढ़े छ बजे तिर संकास्पद अबस्थामा बसेका भारत उत्तर प्रदेश जिल्ला शिद्धार्थनगर वढनी बस्ने २० बर्षको कन्हैया चौधरीलाई प्रहरीले पक्राउ परेका छन् । शंका लागी चेकजाँच गर्दा निजले लगाएको निलो जिन्स पाईन्टको अगाडीको दाया गोजीमा रातो प्लाष्टिकको टुक्रामा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका चौधरी लाई कपिलवस्तु जिल्ला अदालत बाट सात दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी न...
चाेरीकाे मोटरसाइकलसहित व्यक्ति पक्राउ

चाेरीकाे मोटरसाइकलसहित व्यक्ति पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
कृष्णनगर (कपिलवस्तु), २३ असार - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट चोरीको मोटरसाइकिल सहित भारतीय नागरिक पक्राउ परेका छन् । असार २० गते करिब ३ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं ११ सरफर बस्ने रामनाथ चौधरीको नाममा रहेको मोटरसाइकल कृष्णनगर नगरपालिका वडा नं १ मड्हा स्थित आरटीओ सड्कखण्ड बाट चोरी भएको थियो। ईन्जिन नंम्बर MD2A57BZ 8EWD21697 र चेसिस नंम्बर DAZWED-11257 भएको निलो रङको लु २२ प ७४९७ नंम्बरको बजाज डिस्कबर मोटरसाईकल इलाका प्रहरी कार्यालय कृष्णनगरले खोज तलाश गर्दा यात्रु गेटबाट मोटरसाइकल सहित भारतीय नागरिक सोनु कुर्मी लाइ पक्राउ गरिएको छ। अषाढ २० गते अन्दाजी १५ :३० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ यात्रुगेट स्थितमा देश भारत उत्तर प्रदेश जिल्ला कुशीनगर लाजाबजार खड्डाबस्ने बर्ष २५ का सोनु कुर्मीले लिदैगरेको अबस्थामा फेला पारी ...
ठगीको नयाँ स्वरुपः जग्गा लिजमा लिने एक पक्ष, भाडामा दिएर पैसा खाने अर्को पक्ष

ठगीको नयाँ स्वरुपः जग्गा लिजमा लिने एक पक्ष, भाडामा दिएर पैसा खाने अर्को पक्ष

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ र १८ नं. वडाको बीचमा रहेको वाटरपार्क सामुन्नेको कि.नं. ३७३९ को जग्गालाई ५ वर्षको लागि प्रजुन गिरीले लक्ष्मण पोखरेलबाट मासिक २० हजारको दरमा भाडामा लिएका थिए । तर वाटरपार्कमा साझेदार पार्टनर बीच विवाद हुँदा सो ठाउँमा रेष्टुरेण्ट सञ्चालन गर्न नपाई जग्गा खाली राखिएको प्रजुन गिरीको भनाई रहेको छ । प्रजुन गिरीका अनुसार सो समयदेखि करीब १६ महिनाको भाडा मैले जग्गा धनीलाई मासिक २० हजारका दरले बुझाउँदै आएको छु तर सो जग्गामा हाल आएर बोटे बोरा प्रा.लि.का सञ्चालक बिष्णुबहादुर ढकालले आफ्नो मैनेजर मार्फत मासिक १५ हजारका दरले उठाउँदै आएको बताउँछन् । यसबारे बोटे बोरा प्रा.लि.द्वारा सञ्चालनमा रहेको वाटर पार्कमा कार्यरत मैनेजर जय रिजालले भन्नुभयो– ‘हामीले करीब ५–६ महिनादेखि खाली जग्गामा नास्ता गर्ने ठेलावालाहरुबाट पैसा उठाएको तथा सो पैसा बोटे बो...
कबाड तस्करीबाट दैनिक लाखौंको राजस्व नोक्सान, सम्बन्धित पक्ष मौन !

कबाड तस्करीबाट दैनिक लाखौंको राजस्व नोक्सान, सम्बन्धित पक्ष मौन !

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ असार – कबाड व्यवसायीहरुले ट्रकको ठाउ“मा साईकल प्रयोग गरेर तस्करहरुमार्फत दैनिक भन्सार नाकाबाट निकासी गर्न थालेको छन् । पहिला भन्सारको नियम अनुसार एक ट्रक कबाड नेपालबाट भारत निकासी गर्दा एक सय दश रुपैँया सेवा शुल्क पर्ने भएको थियो तर नियम परिवर्तन गरेर सरकारले कबाडमा प्रति केजी दश रुपैँया भन्सार शुल्क लगाएपछि साईकलबाटै दैनिक रुपमा कबाड तस्करी गर्न थालेका छन् । नेपाली उद्योगीहरुले आफ्नो देशमा उत्पादन भएका कबाडहरु आफ्नो देश मै कच्चा पदार्थको रुपमा प्रयोग गर्न नपाए मित्र राष्ट्र भारतबाट कच्चा पदार्थ आयत गर्दा लाग्ने भन्सार शुल्क बच्ने र सामान उत्पादन गर्दा र बजारका बिक्री मुल्य कम हुने थियो । त्यसैलाई मध्यनजर गर्दै सरकारले कबाड निकासीमा प्रतिकेजी दश रुपैँया भन्सार शुल्क लगाएको बताईएको छ । भन्सार शुल्क प्रतिकेजि दश रुपैँया लगाए सँगै कबाड व्यवसायीहरु साईकल मार्फत भारत तर्फ निकासी...
पत्रकार रामचन्द्र बस्नेतमाथि गालीगलौज र ज्यान मार्ने धम्कीप्रति महासंघको कडा भर्त्सना

पत्रकार रामचन्द्र बस्नेतमाथि गालीगलौज र ज्यान मार्ने धम्कीप्रति महासंघको कडा भर्त्सना

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाडौं, ५ असार – तामाकोसी सन्देश साप्ताहिकका प्रकाशक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व कोषाध्यक्ष वरिष्ठ पत्रकार रामचन्द्र बस्नेतमाथि विन मिडिया प्रा.लिमा कार्यरत लिला थापाद्वारा गरिएको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले एक विज्ञप्ति जारी गर्दै उक्त घटना केवल व्यक्तिगत रिसइवी वा असहिष्णुताको परिणाम नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष हमला भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको आपत्तिजनक व्यवहारले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमा गम्भीर आघात पुर्‍याएको छ, जुन कुनै हालतमा स्वीकार्य छैन ।” शाखाका अनुसार पत्रकार बस्नेतले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेका बेला अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएक...
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’ मै सीमित

रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’ मै सीमित

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चन्द्रपुर (रौतहट), ३१ जेष्ठ – रौतहट जिल्लामा पछिल्लो समय काठ चोरी, कटानी र वन अतिक्रमणका घटना दिनप्रतिदिन तीव्र रुपमा बढ्दै गएका छन् । स्थानियवासी तथा संरक्षणकर्मीहरू काठ तस्करीको श्रृंखलाबद्ध घटनाबाट चिन्तित छन् । तर, यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न जिम्मेवार डिभिजन वन कार्यालय भने कारबाही भन्दा पनि कोठे बैठक र कागजी प्रतिवेदनमै सीमित रहेको आरोप लागेको छ । रौतहटका विभिन्न वन क्षेत्रहरू — जस्तै गैडाटार, गढीमाई, फतुवा बिजयपुर, गुजरा, चपुर, रंगपुर लगायतका स्थानहरूमा रातारात काठ चोरी हुने क्रम बढ्दो छ । स्थानीय स्रोतका अनुसार सुनियोजित रुपमा वन माफियाहरूले रातिको समयमा साईकल तथा ठेला गाडाबाट काठ निकासी गर्ने गरेका छन् । वन रक्षकहरू मूकदर्शक बनेका छन् भने कतिपय अवस्थामा उनीहरूको मिलोमतोमा तस्करी भइरहेको जनगुनासो रहेको छ । रौतहटमा कार्यालयको उदासिनताका कारण फडानी र अतिक्रमणका कारण ...
५ लाख असुली गरेको आरोपमा ५ पक्राउ

५ लाख असुली गरेको आरोपमा ५ पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० जेष्ठ – कोहलपुरको ३ स्टार मोबाइल पसलबाट धम्काएर ५ लाख असुली गरेको आरोपमा मोबाइल तथा इलेक्ट्रोनिक ब्यबसायि संघ कोहलपुर अध्यक्ष गोबिन्द भण्डारी सहित ५ जना पक्राउ । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यमबहादुर बुढामगरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी रहेका छन् । उनका अनुसार यस्तै पक्राउ पर्नेमा आफूलाई पत्रकारसमेत बताउने मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारी र आफूलाई पत्रकार तथा भ्रष्टाचार विरुद्धको अभियन्ता बताउने दैलेख घर भई नेपालगन्ज बस्ने सूर्यप्रसाद रिजाल रहेका छन् ।...
नरैनापुर काण्ड : जिल्ला अदालत बाँकेद्धारा रियाजलाई ७ दिन म्याद थप गरि अनुसन्धान

नरैनापुर काण्ड : जिल्ला अदालत बाँकेद्धारा रियाजलाई ७ दिन म्याद थप गरि अनुसन्धान

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ — बाँकेको नरैनापुर गाउँपालिका–१ नेपाली काँग्रेसका वडा सदस्य रियाज खाँलाई जिल्ला अदालत बाँकेले ७ दिन म्याद थप गरेको छ ।   जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरि आज अदालतले ७ दिन म्याद थप गरेको प्रहरीले जनाएको छ । नरैनापुर–१ महतिनियाकी ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक सम्बन्ध कायम गर्ने प्रयास गरेको आरोपमा नेपाली काँग्रेसका वडा सदस्य समेत रहेनु भएका खाँलाई अदालतले ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाएको हो । पीडित जोलाहका अनुसार, छोरा विदेश जान लागेकाले आर्थिक समस्यामा परेपछि सहयोगको लागि वडा सदस्य रियाज खाँसँग रकम खोज्न सहयोग आचाना गर्दा सहयोगको साटोमा रियाजले अनैतिक सम्बन्ध कायम गर्न दबाब दिएको जोलाहको आरोप छ ।   उक्त घटना बैशाख ८ गते घटेको बताइएको छ । “पैसा दिन कट्कुइया जानुपर्छ भन्दै एकान्त स्थानमा लगेपछि रियाजले मेरो स...
जबरजस्ती करणी प्रयासको आरोपमा वडा सदस्य रियाज पक्राउ

जबरजस्ती करणी प्रयासको आरोपमा वडा सदस्य रियाज पक्राउ

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नरैनापुर, २७ जेष्ठ — बाँकेको नरैनापुर गाउँपालिका–१ का वडा सदस्य रियाज खाँलाई जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।   नरैनापुर–१ महतिनियाकी ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक सम्बन्ध कायम गर्ने प्रयास गरेको आरोपमा वडा सदस्य खाँलाई इलाका प्रहरी कार्यालय भगवानपुरले आज पक्राउ गरेको हो । पीडित जोलाहका अनुसार, छोरा विदेश जान लागेकाले आर्थिक समस्यामा परेपछि सहयोगको लागि वडा सदस्य रियाज खाँसँग रकमको माग गर्न गएकी थिइन् । तर, सहयोगको साटोमा रियाजले अनैतिक सम्बन्ध कायम गर्न दबाब दिएको जोलाहको आरोप छ ।   उक्त घटना बैशाख ८ गते घटेको बताइएको छ । “पैसा दिन कट्कुइया जानुपर्छ भन्दै एकान्त स्थानमा लगेपछि रियाजले मेरो संवेदनशील अंगमा हात लगाउँदै जबरजस्तीको प्रयास गर्नुभयो,” जोलाहले प्रहरी समक्ष बताउनु भएको छ । पीडितको उजुरीको आधारमा घटना अनुसन्धान गर्दै प्रहरी टो...
नरैनापुरमा अपांगता भएको किशोरी माथि बलात्कार

नरैनापुरमा अपांगता भएको किशोरी माथि बलात्कार

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २५ बैशाख - बाँके नरैनापुरमा एकजना शारीरिक र मानसिक अपांगता भएकी किशोरी माथि जबरजस्तीकरणी भएको तथ्य बाहिर आएको ।   नरैनापुर गाउँपालिका वडा नं.१ स्थित एक २१ वर्षिया आपांगत भएकी किशोरी जबरजस्तीकरणीको शिकार भएको विषयमा ईलाका प्रहरी कार्यालय भगवानपुरमा विहिवार जाहेरी पेश गरिएको छ । घरमा कोही नभएको मौकामा विहिवार विहान अं.१० बजेको समयमा घरमा एक्लै रहेकी किशोरी माथि नरैनापुर गाउँपालिका वडा नं.१ बनियागाउँ बस्ने २५ वर्षिय अजमल साईंले जबरजस्तीकरणी गरेको आरोपमा उजुरी परेको प्रहरीले जनाएको छ ।   घटना सम्बन्धमा उजुरी आएको छ, प्रहरीले भन्यो, बाँकी विवरण अनुसन्धान पछि खुलासा हुनेछ । तीन दिन अघि नरैनापुर गाउँपालिका वडा नं.१ का वडा सदस्य रियाज खाँ माथि जबरजस्तीकरणी उद्योग मुद्दा दर्ता भएको छ ।   यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षकल...