श्रीलंकाले हारगुहार गर्दा पनि चीनले दिएन साथ
काठमाण्डौ, २ साउन –चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहायता गर्न चीनले अस्वीकार गरेको छ । चर्को ब्याजदरमा ऋणको प्रलोभनमा पारेर बन्दरगाह नै कब्जा गरेको चीन अहिले श्रीलंका संकटमा पर्दा भागेको हो । चीन श्रीलंकाबाट विस्तारै पछि हटिरहेको छ । लगानी फिर्ता लैजान प्रयत्न गरिरहेको छ । आर्थिक रुपमा समृद्ध हुँदा चर्को ब्यादरसहितको ऋण बोकेर श्रीलंका पसेको चीन अहिले संकटलाई नजरअन्दाज गर्दै टाउको लुकाएर बसेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीलंकाले बेल्ट रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माणका लागि अनियन्त्रित र जोखिमपूर्ण विदेशी ऋणको बारेमा अर्थशास्त्रीहरू र विश्वव्यापी नेताहरूको चेतावनी सुनेको भए चलिरहेको आर्थिक संकटलाई टार्न सक्थ्यो । अहिले श्रीलंकाले बढ्दो वैदेशिक ऋण र घट्दै गएको विदेशी मुद्रा सञ्चितिको कारण अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको छ । देशलाई कंगाल...









