Monday, June 29सत्यम खबर
Shadow

अपराध

दोषीमाथि कानुन बमोजिमको कारवाहीको माग

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ फागुन - पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएकोमा अन्तरपार्टी महिला संजाल बाँकेको ध्यानाकर्षण भएको छ । फागुन २४ गते बागेश्वरी मन्दिरमा आएका ४ जना बालकद्धारा बालिका बलात्कार भएको घटना प्रति अन्तरपार्टी महिला संजाल बाँकेद्धारा निष्पक्ष छानविनको माग गर्दै यो प्रेस विज्ञप्ती जारी गरीएको छ ।४जना युवा पनि नावालक र बालिका पनि नावालक रहेको अवस्थामा कानुनले व्यवस्था गरे अनुसारको दोसीलाइ कारबाहि होस भनि अन्तरपार्टी महिला संजाल बाँके जोडदार माग गर्दछ । बालिका बागेश्वरी मन्दिरमा माला किन्न गएको र बालकहरु होली खेल्दै बागेश्वरी मन्दिरमा गएको अवस्थामा ४जना बालकद्धारा बालिका बलात्कार हुनुले हाम्रा छोरी असुरक्षित हुँदै गएको आभास भएको छ । बढ्दो विकृतिको रोकथामको निम्ती राज्य स्तरबाट नै यस तर्फ सतर्ककता नपनाउने हो भने अरु काति निर्मला पन्थ जस्ता अरु तमाम कति छोरी बलात्कारको शिकार हुनुपर्ने हो...
पृथकतावादी नेताको खोजी जारी

पृथकतावादी नेताको खोजी जारी

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० चैत – भारतमा पृथक मातृभूमिको माग गर्दै उत्तरी राज्य पञ्जाबका ग्रामीण क्षेत्रमा जुलुसको नेतृत्व गर्ने एक जना सिख कट्टरपन्थीको खोजीलाई भारतीय प्रहरीले तीव्र बनाएको छ । मोबइल फोनमा इन्टरनेट सेवा बन्द गरेर शनिबारदेखि जारी खोजीका क्रममा हालसम्म ७८ जना पक्राउ परेका छन् । यद्यपि छुट्टै ‘खलिस्तान’ राज्यको माग गर्दै जुलुसको नेतृत्व गरेको आरोप लागेका अमृतपाल सिंह भने अझैसम्म पक्राउ परेका छैनन् । गत महिना एकजना आफ्ना समर्थकलाई अपहरणको प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि ३० वर्षीय सिंह र उनका एक जना सहयोगीसहित धेरै समर्थकले तरबार, बन्दुक र चक्कु लिएर प्रहरी चौकीमा आक्रमण गरेका थिए । अमृतसरको बाहिरी क्षेत्रमा भएको उक्त आक्रमणपछि सिंहविरुद्ध कारबाही गर्न पञ्जाब प्रहरीले खोजी अभियान थालेको हो । पञ्जाबका ग्रामीण क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको ठूलो उपस्थिति छ । उनीहरूले राज्यको समग्र ...
मुर्ति फोड्नेमाथि कार्यवाहीको मांगसहित विरोध प्रदर्शन (फोटोफिचरसहित)

मुर्ति फोड्नेमाथि कार्यवाहीको मांगसहित विरोध प्रदर्शन (फोटोफिचरसहित)

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ फागुन – फागू पूर्णिमा होली पर्व मनाउनु भन्दा एक दिन अगाडी नेपालगन्ज उपमहानगरपालिका एक्लैनी, बिस्कोरियन टोलमा रहेको शिवालय मन्दिरमा तोडफोड गरिएको घटनालाई लिएर आज जानकी गाउँपालिका वडा नं. १ जोगागाउँमा विरोध प्रदर्शन गरिएको छ ।नेपाल शिवसेनाका कावा अध्यक्ष किशोर लामाको नेतृत्वमा जानकी गाउँपालिका वडा नं. १ मा रहेका नेपाल शिवसेनाका शिवसैनीकहरुले मुर्ति तोडफोड गर्न पाईन्न, हिन्दु धर्मावलम्बीहरुलाई अपमानित गर्न पाइन्न, पाकिस्तान मुर्दाबाद, मुर्ति तोडफोड गर्नेलाई कार्यवाही गर, नेपाल शिवसेना जिन्दावाद लगायतको नारा लगाउँदै साईगाउँ प्रहरी चौकीसम्म पुगि चौकी प्रमुखलाई सम्बन्धित पक्षलाई पक्राउ गरी छिटोभन्दा छिटो कार्यवाही गर्न दबाव दिएको जनाएका छन् ।जानकी गाउँपालिका वडा नंं. १ का शिवसैनीक कुलराज जैसीका अनुसार नेपाल शिवसेनाको अगुवाईमा आज मुर्ति तोडफोड गर्ने जोकोही भएपनि शक्त कार्यवाहीको मां...
नेपाली नागरिकलाई चिनमा प्रताडना

नेपाली नागरिकलाई चिनमा प्रताडना

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ फागुन – नेपाली नागरिक प्रतीक यादवलाई चिनले कुनै ठोस कारण बिना छेग्दु स्थित कारागारमा थुनेर राखेको तथ्य बुझाईमा आएको छ । प्रतीक यादव समन्य नेपाली सरह छेग्दुङ भ्रमण गर्न गएका थिए । तर चीनले विभिन्न बहाना बाजीका आधार र पुर्वाग्रहका साथ उनलाई प्रताडना दिईरहेको छ यद्यपि छेग्दु स्थित नेपाली बाणिज्यदुत उनको कारागार सम्पर्कमा छ्न । तथापि नेपाली दूतावासले प्रतिकलाई नेपालमा फर्काउने बारे ठोस पहलकदम गरेको भने देखिन्न । बिगतका कैयन घटनाहरु साक्षी छन् चीनको देखाउने र खाने दात बेग्लाबेग्लै रहेको छ । एकातिर नेपाललाई सहयोगको लोभ देखाउछ र नेपालको आन्तरिक मामिलामा नजानिदो तवरले हस्तक्षेप गरिरहेको हुन्छ भने अर्को तिर संचालन गरिरहेको छ । नेपाली चेलीबेटीलाई चीनमा बन्दी बनाई शरारिक दोहन गर्नु , तातोपानी नाका छेत्रमा नेपाली ब्यावासायीलाई प्रताडना दिनु नेपाली समानको ढुवानीमा रोक लगाउनु कोभीडको र ...
बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ

बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १८ फागुन – बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२२ वुंगमतीबाट पक्राउ गरेको हो । उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरुमध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाईफकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ । उनी उपर जबरजस्ती करणी शीर्ष...
चिनियाँ ऋण र बिआरआइ परियोजना को संकटमा डुब्दै धरै मुलुकहरु

चिनियाँ ऋण र बिआरआइ परियोजना को संकटमा डुब्दै धरै मुलुकहरु

अपराध, आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
रामलाल ओलीकाठमाण्डौ, १५ फागुन – चीनको पुर्वाधार परियोजना वेल्ड एण्ड रोड इनिसिएटिभ (BRI) का कारण न्युन तथा मध्यम आय भएका धेरै मुलुकहरु खर्बौ डलर बराबर ऋण बोक्न बाध्य भएकाछन् । यस महत्वकांक्षी परियोजनाका कारण कयौं मुलुकहरुले लगभग ४५० अर्व अमेरिकी डलर बराबरको ऋण बोक्न बाध्यभएको देखाउंछ । केही बर्ष देखी राष्ट्रपती सी जीनपिङ्गको विदेशनिति संग सम्बन्धित कयौं मुलुकहरुले वित्तिय भार बोकिरहेका छन् । यसले गर्दा अदृश्य ऋण बढ्न पुगेको वा पछी तिर्न बाध्य हुने तर लुकेको वित्तिय दायित्तव बढ्न गएको छ । चीनले धेरै मुलुकहरुलाई ऋणको जालोमा धकेलिरहेको र ऋण फिर्ता गर्न नसके वेईजिङ्गले अन्तत सम्बन्धित मुलुकको सम्पति जफत गर्ने त्रासहरु बढेर गइरहेको छ । राष्ट्रपति सी ले चीनीया स्वार्थलाई विदेशमा थप विस्तारगर्ने योजना सहित गरिब र अल्पविकसित मुलुकहरुमा (BRI)परियोजना मार्फत ऋण लगानी गरिरहेको छ । अदृश्य ऋणका का...
चिनियाँ शासनको क्रुरताको पीडामा तिब्बती नागरिक

चिनियाँ शासनको क्रुरताको पीडामा तिब्बती नागरिक

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
यितेन्द्र शर्माकाठमाण्डौ, १५ फागुन – निराशावादी आवाज नआउने होशियार, म प्रायः तिब्बतको भाग्यको बारेमा चिन्तित छु, जुन सधैँ परिवर्तन भइरहेको भूराजनीतिक वातावरणको अक्षम्य क्रुर हावा अन्तर्गत द्रुत रूपमा घट्दैछ । केही दशक अघि, विश्वव्यापी प्रतिमान परिवर्तनमा चीनको उदयसँग व्यवहार गर्दा राजनीतिक विश्लेषकहरू र मिडियाहरूले प्रायः तिब्बतलाई पीडादायी बिन्दुको रूपमा उद्धृत गरेका थिए ।चीन अझै पनि स्ट्र्याटोस्फेरिक वृद्धिको शिखरमा थियो जुन हामीले आज देखिरहेका छौं र अझै विश्वव्यापी खेलाडी होइन । दुई दशकपछि द्रुत रूपमा अगाडि बढ्दै गएपछि, चीनको स्ट्र्याटोस्फेरिक वृद्धि र विश्वको कारखाना बनेपछि, महामारीले आफ्नो खगोलीय वृद्धिलाई केही समयको लागि रोकेको भए पनि, आर्थिक द्विपक्षीय सम्बन्धमा चीनसँगको संलग्नताले चीनलाई कतिको जोड दिएको थियो ।चीनको कडा नियमहरूद्वारा घुँडा टेकेर खेल्न उनीहरू कति इच्छुक छन् भन्ने आधा...
चीनको निर्देशनमा शरणार्थीमाथि दुर्व्यवहार

चीनको निर्देशनमा शरणार्थीमाथि दुर्व्यवहार

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ फागुन – थाइल्यान्डमा आप्रवासीको रूपमा बसोबास गर्न चाहने एक ४९ वर्षीय उर्गुयरको निधन भएको छ। थाइल्यान्डमा पछिल्लो समय ५० जना उर्गुयर बन्दी बनाइएका छन्। उनीहरूलाई अहिले पनि त्यहाँबाट मुक्त दिलाउनका लागि अनेक अनुनय र विनय भएको छ। अध्यागमनको हिरासतमा होस गुमाएका अजीज अब्दुल्लाहको निधन भएको हो। सन् २०१३ मा चीनको जीङ जियाङ प्रान्तबाट तीन सय ५० अर्गुयुर शरणार्थीको रूपमा जीवन बिताउनका लागि थाइल्यान्ड पुगेका थिए। तीनै मध्यको उनी एक हुन्। पछिल्लो एक दशकदेखि चीनले उर्गुयुर मुसलमानमाथि मानवता विरोधी अपराध गरेको आरोप लागेको छ। अल्पसङ्ख्यक माथि अपराध मानवता विरोधी गतिविधिको चीन माथिको यो आरोप अहिले पनि अन्तर्राष्ट्रिय समुदायले लगाइ नै रहेको छ। त्यत्ति मात्र होइन, हङकङमा सुरक्षा ऐन ल्याएर त्यहाँका बासिन्दालाई थप यातना दिएको आरोप लागेको छ। बेइजिङले ‘पुनः शिक्षा शिविर’ को नाम दिएर त्यहाँ अ...
श्रीमानले विदेशबाट पठाएको २२ लाख लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछी…

श्रीमानले विदेशबाट पठाएको २२ लाख लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछी…

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ४ फागुन – आफ्ना श्रीमान लोप्साङ स्याङ्तान बिदेश गएको दुई महिनामामै सपना सिंतान र सगुन तामाङले विवाह गरेका छन । काभ्रेको महाभारत गाउँपालिका वडा नं ८ घर्तिछाप आकुरा कि सपना सिंतान र काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ सिरुटार निवासी लोप्साङ स्याङ्तानबिच २०७२ साल मङ्सिरमा विवाह भएको थियो । आफ्नो छोरा र श्रीमतिको सुख र खुशीको खोजिमा मरुभुमिमा आफ्नो रगत र पसिना बगाएर कमाएको पैसा लिएर अन्तै घरजम गरी आनन्द लिइरहेका यी जोडी बारा जिल्लाको निजगढ नगरपालिका वडा नं १० स्थित लाल भन्ने ठाउँमा छन । श्रीमान लोप्साङ स्याङ्तानले पठाएको करिब २१ लाख ५२ हजार ९ सय ४४ रुपैँया झ्वाम त पारे नै अहिले त्यही पैसाले सपनाले सगुन तामाङसँग घरबार बसालेकी छिन । विवाह गरेको करिब १ वर्षपछी बैदेशिक रोजगारको सिलसिलामा मलेसिया गए । उनीहरुको सम्बन्ध राम्रो नै थियो । सासु ससुरासँग नबसी भक्तपुरमा डेरा लिएर बसेका उनल...
नक्कली नोट सहित ३ जना पक्राउ

नक्कली नोट सहित ३ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ४ फागुन – नक्कली नोटसहित तीन जनालाई जिल्ला प्रहरी बाँकेले पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४, न्यूरोडबाट ५ लाख ६९ हजार रुपैया नक्कली नोटसहित कोहलपुर नगरपालिकाका मोहन कुमाई, सल्यान बनगाडका मोहन राना र तुर्माखाद अछामका दिपक विसीलाई पक्राउ गरेको जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तिमगरले नक्कली नोटको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र बाँके प्रहरीले उनीहरुलाई नोटसहित पक्राउ गरेको जानकारी गराउनुभयो ।पक्राउ परेका व्यक्तिहरुले नक्कली नोट कहाँबाट छापेर ल्याए, कसरी ल्याए, कति सटही गरे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रवक्ता घर्तिमगरले अनुसन्धान भइरहेको बताउनु भएको छ ।नेपालगन्जमा केही दिनअघि नक्कली नोट छाप्ने मेसिनसहित केही रकम बरामद भएको थियो । यी घटनालाई हेर्दा बजारमा नक्...