Monday, June 29सत्यम खबर
Shadow

अपराध

२०४६ पछिको भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ : कांग्रेस सांसद

२०४६ पछिको भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ : कांग्रेस सांसद

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ बैशाख – नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले तीन मन्त्री थपिनुमा सहमति वा विमति नरहेको बताएका छन् ।‘तीनजना मन्त्री थपिनुभयो, ठीकै छ । यसमा शेखरदा’, गगनजीको सहमति वा विमतिभन्दा पनि प्रधानमन्त्रीको अधिकारको कुरा हो । पहिले नै गरेको भए हुन्थ्यो । यतिका महिनासम्म किन खाली राखेको ? पार्टी सभापतिले सिफारिस गरेका सबै साथीहरु योग्य र क्षमतावान् हुनुहुन्छ । हामीलाई पठाउनुस् भनेका थिएनौं, राम्रा मान्छे पठाउनोस् भनेका न थियौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गौतमले भने । पार्टीको आन्तरिक सन्तुलन कायम गर्नुपर्छ भन्नु स्वाभाविक भएको पनि उनले औंल्याए ।सांसद गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पुरातन शैलीमै चलेकाले जनता सन्तुष्ट हुने स्थिति नरहेको बताए । गौतमले भने, ‘विगत पाँच महिनामा हामी प्रचण्डजीको द...
एकपछि अर्का कम्युनिस्ट नेताकाे पाेल खुल्दै पूर्वगृहमन्त्री ‘बादल’ का छोरा विरुद्ध पक्राउ पुर्जी जारी

एकपछि अर्का कम्युनिस्ट नेताकाे पाेल खुल्दै पूर्वगृहमन्त्री ‘बादल’ का छोरा विरुद्ध पक्राउ पुर्जी जारी

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ बैशाख – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको अदालत स्रोतले अनलाइनखबरलाई बतायो । थापाले बुबा गृहमन्त्री भएका बेला शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरिदिन अदालतमा भनेको थियो । त्यसअनुसार प्रहरीले पेश गरेको प्रमाणका आधारमा पक्राउ पुर्जी जारी भएको अदालतले स्रोतको भनाइ छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेक...
डरलाग्दो चिनियाँ जासुसी संयन्त्र

डरलाग्दो चिनियाँ जासुसी संयन्त्र

अपराध, आर्थिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ बैशाख (एजेन्सी) – पछिल्ला दशक चीनले व्यापक विकास गरे पनि यसका धेरै कुरा छानबिनका विषय हुन सक्छन्। यसका गुप्तचर निकायले विकासका रहस्यबारे अन्तर्राष्ट्रिय निकायलाई छानबिन गर्न जसोतसो गरेर रोक लगाएका छन्। चीनले लुकाएको सूचना संसारका धेरै देशका लागि समस्या बनेको छ। अन्य धेरै देशको सूचना चीनले प्राप्त गर्ने तथा चीनका बारे कुनै पनि सूचना नआउने अहिले प्रमुख समस्या बनेको छ। चिनियाँ इन्टलीजेन्स सर्भिस (सीआइएस)अहिले संसारमा नै प्रोपोगान्डा मच्चाउन सफल भएको छ। आफ्नो इच्छा लागू गर्नकै लागि सीआईएसले कुनै कसर बाँकी नराख्ने तथा अन्य देशले सूचना लिक गर्ने भएका कारण संसारका धेरै तेस्रो विश्वका देश चिनियाँ मारमा परेका छन्। शक्तिशाली देश पनि चिनियाँ जासुसी गिरोहका अघि निरीह भएका छन्। चीनले लुकाएको सूचना संसारका धेरै देशका लागि समस्या बनेको छ। अन्य धेरै देशको सूचना चीनले प्राप्त गर्ने तथा ...
खतरनाक चिनियाँ साइबर अपराध

खतरनाक चिनियाँ साइबर अपराध

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १७ बैशाख – चोरी र अपराधको नयाँ शैली बढ्ने क्रममा २१ औं शताब्दीमा साइबर अपराध बढ्दो छ। खासगरी पासवर्ड ह्याक गरेर अपराध गर्नेको सूची नै बढ्दो छ। साइबर टुलसमेत यस्ता अपराधिक गिरोहले एकले अर्कोलाई आपसमा हस्तान्तरण गर्ने गरेको तथ्यसमेत फेला परेको छ। विथ सेक्युर कम्पनीले तयार पारेको साइबर आक्रमण गर्ने टुल सिल्क लोडर चिनियाँ गिरोहले रुसी फिरौती असुल्ने ग्याङलाई हस्तान्तरण गरेको छ। यसका बारे अध्ययन गर्नेले गरेको खुलासा अनुसार फ्रान्समा समाजसेवाका संस्थालाई आक्रमण गर्ने क्रममा यसको प्रयोग हुने गरेको थियो। यसको निर्माण पनि फ्रान्सलाई नै लक्षित गरेर भएको हो। सन् २०२२ को सुरुवातदेखि नै यसको प्रयोग गरेर आक्रमण गर्ने काम हुने गरेको थियो। सन् २०२२ को गृष्म ऋतु भन्दा अघि नै चिनियाँ सिल्करोडर कम्पनीको उत्पादनलाई चिनियाँ आपराधिक समूहले सबैभन्दा धेरै प्रयोग गरेका थियो। पूर्वी एसियाका हङकङ लग...
५ केजी अवैध सुनसहित २ पक्राउ

५ केजी अवैध सुनसहित २ पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज ८ बैशाख – बाँके प्रहरीले बुधबार साँझ नेपालगन्जको न्यूरोड स्थित इन्द्रेणी होटेलबाट ४९२७.२१८ अर्थात् झण्डै ५ केजी अवैध सुन सहित २ जना ब्यक्तीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।अबैध सुनका गर–गहना बनाएर स्थानीय बजार तथा काँचो सुन भारत तर्फ सप्लाई हुने गरेकोमा प्रहरीले बिशेष सूचनाको आधारमा बुधवार नेपालगन्ज –४ न्यूरोड स्थित न्यू इन्द्रेणी होटेलमा बास बसेका बिराटगरका २ जना सुन तस्करलाई अबैध सुन सहित पक्राउ गरेको जनाएको छ ।पछिल्लोपटक नेपाल सरकारले १००% सुदता भएको सुनको गहना वनाएर मात्र बेच्न र जर्तिको प्रयोग गर्न नपाई नियम बमोजिम १००% शुदता रहने बिभिन्न गहनाको सोरुपमा रहेको उक्त सुन बरामद भएको हो । करिब ५ किलो उक्त सुनबाट सिक्री, वाला, माला , चुरी, ब्रासलेट, मुद्रि, झुम्का, हार र औँठी बनाइएको छ ।अबैध गहनाको सोरुपमा गैरकानुनी सुन सहित पक्राउ पर्नेहरुमा मोरंग जिल्लाको बिराटनगर महानगरपालिका ...
नेपालीद्वारा चिनिया सडक परियोजनाको विरोध

नेपालीद्वारा चिनिया सडक परियोजनाको विरोध

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ६ बैशाख – नेपालको मुग्लिनदेखि पोखरासम्म निर्माणाधिन सडक क्षेत्रमा चिनीया इन्जिनियरमाथि नेपाली नागरिकद्वारा हातापाई भएको घटनाले एउटा सांकेतिक विद्रोहको दनक दिएको छ । नेपालमा बनाईने कैयन नयाँ परियोजनाहरु चीनले अनेक किसिमका हतकण्डा अपनाई त्यसको ठेक्का–पट्टा आफ्नो हातमा पार्ने गरेको पाईन्छ ।यस्तै घटनाहरु मध्ये एक हो मुग्लिन–पोखरा सडक परियोजना । यस परियोजना अन्तर्गत बाटो फराकिलो बनाउने निहँुमा स्थानिय बासिन्दाहरुलाई अनावश्यक रुपमा दुःख दिनु, अभद्रताका साथ व्यवहार गर्नु आदिले नेपाली स्थानीय जनमानस चीनको प्रति धेरै सक्त बनेका छन् । यस विषयको सामान्य बिरोध जनाउँदा चीनका इन्जिनियरले अभद्र व्यवहार देखाए पश्चात केही बादविवाद भएको हो ।तर यस्ता झिना मसिना घटनालाई सन्दर्भ बनाएर चीनको “चाइना कम्यूनिकेशन कन्सट्रक्सन कम्पनी लिमिटेड” ले गत २४ मार्ग २०२३ मा नेपालका पूर्वाधार मन्त्री नारायण काजी श्...
चीनलाई आतंकबादीहरुको तनाव शुरु सिन्ज्याङमा बिद्रोह हुने अनुमान

चीनलाई आतंकबादीहरुको तनाव शुरु सिन्ज्याङमा बिद्रोह हुने अनुमान

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – चीनले अफगानिस्तानमा आतंकवादको आक्रमणले स्थिति खराब हुँदै गएको र तालिबान शासकहरूले छिमेकी देशहरू विशेष गरी पाकिस्तानका लागि समस्या निम्त्याउने आतङ्ककारी समूहहरूमाथि कारबाही गर्ने आफ्नो संकल्प पूरा गर्नुपर्ने बताएको छ। आतंकवादी समुह टीटिपीको बारम्बार आक्रमणबाट पाकिस्तान चिन्तित छ ।इस्लामाबादले यो समूहले अफगान भूमिबाट आफ्नो गतिविधि गरिरहेको आरोप लगाएको छ। अगस्ट २०२१ मा अफगानिस्तान कब्जा गरेपछि चीनले तालिबानलाई समर्थन गर्दै आएको छ। चीनले तालिवानको सहयोगमा सिनजियाङ प्रान्तमा सक्रिय आतंककारीलाई कारबाही गर्न सक्ने आशा गरेको थियोे । अहिले जसरी अफगानिस्तानमा आतंककारीले पाकिस्तान भित्र हमला गरि रहेको देखदा चीनलाई उईगर मुस्लिमहरुको बिद्रोह हुने शंका हुन थालेको बताएको छ ।उज्बेकिस्तानको समरकन्दमा आयोजित अफगानिस्तानका छिमेकी राष्ट्रहरूको सम्मेलनको अध्यक्षता गरेपछि चिनियाँ विदेशमन्त्...
इसाई धर्म प्रचारमा संलग्न कोरियाली नागरिक निष्काशित, नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध

इसाई धर्म प्रचारमा संलग्न कोरियाली नागरिक निष्काशित, नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – गृह मन्त्रालयले इसाई धर्म प्रचार/प्रसारमा संलग्न भएको आरोपमा एक दक्षिण कोरियाली नागरिकलाई निष्काशन गरेको छ। पछिल्लो पटक उनी पर्यटक भिसामा नेपाल बस्दै आएका थिए।अध्यागमन विभागमा इसाई धर्म प्रचारमा संलग्न भएको भन्दै लीविरुद्ध उजुरी परेको थियो। लगत्तै विभागले छानविन सुरु गरेको थियो।अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले इसाई धर्म प्रचार/प्रसार गरेको पाइएपछि कोरियाली नागरिक लीलाई निष्काशन गरिएको बताए।महानिर्देशक अधिकारीले अन्नपूर्णसँग भने, ‘ती कोरियाली नागरिकले भिसाको दुरुपयोग गरेको पाइयो। जे उद्देश्यले भिसा लिएको हो सोही बमोजिम नेपाल बस्नुपर्छ।’गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको‘सचिवस्तरीय’ निर्णयले दक्षिण कोरियाली नागरिक युन हो लीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको हो। अध्यागमन विभागले लीलाई सोमबार साँझ कोरियन एयरको जहाजबाट सिओल पठाएको छ।...
चीनमा मुस्लिम धर्मावलम्बीकाे संस्कृतिमाथि दमन , राेजा इफ्तारि समेतमा हस्तक्षेप राेक्नुपर्छ : जसपा नेता पठान

चीनमा मुस्लिम धर्मावलम्बीकाे संस्कृतिमाथि दमन , राेजा इफ्तारि समेतमा हस्तक्षेप राेक्नुपर्छ : जसपा नेता पठान

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
कपिलवस्तु, ३ बैशाख – चीनमा बसाेबस गर्ने मुस्लिम धर्मावलम्बीमाथि दमन बढेकाले राेजा इफ्तारिसमेतमा हस्तक्षेप भईरहेकाे निन्दनीय कार्य राेक्नुपर्ने जसपा नेता अब्दुल रहमान पठानले आग्रह गरेका छन।बिजेपी शासित भारतमा मुस्लिम धर्मावलम्बी स्वतन्त्ररुपले आफ्ना चांडपर्व मनाउने गरेकाे छ , नेपालमा पनि सबै मुस्लिम धर्मावलम्बीले सदभावका साथ राेजा इफ्तारी गर्न सकेका छन तर १५ कराेड भन्दा माथि उइगुर मुस्लिम बसाेबस गर्ने चीनमा तिनकाे धार्मिक स्वतन्त्रतामाथि ठाडाे हस्तक्षेप हुँदै आएकाे जनता समाजवादी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अब्दुम रहमान खान (अकरम पठान) ले बताउनुभएकाे छ ।प्रवक्ता खानले नेपालका मुस्लिम संगठनहरुले यस्ता अमानविय क्रियाकलापकाे विराेध गर्नुपर्ने ओैंल्याउएका छन ।उनले लगभग १५ लाख मात्र मुस्लिम रहेका नेपालमा धार्मिक स्वतन्त्रता दिएकाे छ तर कराेडाैं मुस्लिमलाई दास झैं व्यवहार गरिरहेकाे चीनमाथि मु...
चीन: छिमेकीका कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल

चीन: छिमेकीका कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, चैत २६ - चीनमा पुरानो भनाइ छ- बाँदरलाई तर्साउन कुखुरालाई मार। यो भनाइले शक्तिशालीलाई तर्साउन निर्धोको नष्ट गर भन्ने बुझाउँछ । यो भनाइलाई व्यवहारमा कार्यान्वयन गरियो भने के हुन्छ? चीनमा एक व्यक्तिले यस्तै गरेको घटना सार्वजनिक भएको छ ।सिएनएनका अनुसार चीनको हुनान प्रदेशको हेङ्ग्याङ काउन्टीको एक अदालतले छिमेकीको ११ सय वटा कुखुरा मारेको अभियोगमा गू नाम गरेका व्यक्तिलाई ६ महिनाको जेल सजाय सुनाएको छ।उनले छिमेकी झाङसँगको झगडाको बदला लिन पटक-पटक उनले पालेको कुखुरालाई तर्साएर मारेको अदालतले ठहर गरेको छ।त्यहाँको एक स्थानीय पत्रिकालाई उद्बृत गर्दै सिएनएनले गू र झाङबीच एक वर्ष अघिदेखि झगडाको सुरूआत भएको उल्लेख गरेको छ। एक वर्षअघि अप्रिलमा झाङले गूलाई सोध्दै नसोधी उनको बारीका रूख काटिदिएका थिए।त्यसपछि आक्रोशित बनेका गूले झाङलाई नोक्सान पार्न उनको कुखुरा फार्मलाई निशाना बनाउन थालेका हुन्। उनले सि...