Sunday, May 3सत्यम खबर
Shadow

दोषीमाथि कानुन बमोजिमको कारवाहीको माग

नेपालगन्ज, १६ फागुन – पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएकोमा अन्तरपार्टी महिला संजाल बाँकेको ध्यानाकर्षण भएको छ । फागुन २४ गते बागेश्वरी मन्दिरमा आएका ४ जना बालकद्धारा बालिका बलात्कार भएको घटना प्रति अन्तरपार्टी महिला संजाल बाँकेद्धारा निष्पक्ष छानविनको माग गर्दै यो प्रेस विज्ञप्ती जारी गरीएको छ ।
४जना युवा पनि नावालक र बालिका पनि नावालक रहेको अवस्थामा कानुनले व्यवस्था गरे अनुसारको दोसीलाइ कारबाहि होस भनि अन्तरपार्टी महिला संजाल बाँके जोडदार माग गर्दछ । बालिका बागेश्वरी मन्दिरमा माला किन्न गएको र बालकहरु होली खेल्दै बागेश्वरी मन्दिरमा गएको अवस्थामा ४जना बालकद्धारा बालिका बलात्कार हुनुले हाम्रा छोरी असुरक्षित हुँदै गएको आभास भएको छ । बढ्दो विकृतिको रोकथामको निम्ती राज्य स्तरबाट नै यस तर्फ सतर्ककता नपनाउने हो भने अरु काति निर्मला पन्थ जस्ता अरु तमाम कति छोरी बलात्कारको शिकार हुनुपर्ने हो भन्ने डर बैढ्दै गएको छ ।
यस प्रकारका विकृति र विसंगतिको रोकथाम गर्नको लागि राज्यबाट दह्रो संयन्त्र बनोस घर परिवारले आप्mना सन्तानले के गरेका छन्, कहाँ गएका छन्, कस्ता व्यक्तिको संगतमा आफ्ना सन्तान हिनेका छन्, यसतर्फ पनि ध्यान दिन जरुरी छ भन्दै यस घटनाको निष्पक्ष र कानुन बमोजिम छान विन भएन भने अन्तरपार्टी महिला संजाल चुप लागेर नसस्ने र कडा भन्दा कडा आन्दोलनमा उत्रने पनि यसै प्रेस विज्ञप्ती मार्फत सचिव अछरी पाेखरेलले जानकारी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *