
नेपालगन्ज, २ जेठ – नेपालगन्ज उपमहानगरपालिका भित्र बाहिरबाट बसाईसराई गरी बसोबास गर्नेहरुको जनसंख्यामा बृद्धि हुनुका साथै अपराधिक गतिविधिहरुमा समेत बृद्धि हुँदै गईरहेको छ ।
शनिबारका दिन नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ वडा कार्यालय नजिकै खडा गरि राखिएको अपाची मोटरसाईकल चोरी भएको छ ।
काम विशेषले अमन विजुली भण्डारका प्रोप्राईटर स्वयं गएको अवस्थामा वडा नं. २ को वडा कार्यालय नजिकै खडा गरी राखिएको थियो तर काम खतम गरी फर्केर हेर्दा मोटरसाईकल चोरी भएको अमन विजुली भण्डारका सञ्चालकले जानकारी गराउनु भयो ।
अमन बिजुली भण्डारका सञ्चालले दिएको जानकारी अनुसार मोटरसाईकल चोरी भएपछि हामीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई सकेका छौं भने अन्य स्थानमा खोजतलास गर्ने कार्य जारी रहेको हुँदा कही कतै कसैले भेटिएको अवस्थामा मो.नं. ९८४८१०८७६५ मा सम्पर्क गर्नु हुन समेत अनुरोध गरेका छन् ।
