Monday, June 29सत्यम खबर
Shadow

अपराध

चीनसँगको नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद

चीनसँगको नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर क्षेत्रबाट प्रहरीले बुधबार राति ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपास नजिकैबाट प्रहरीले अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो। बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले अन्नपूर्णलाई जानकारी दिए। उनकाअनुसार ठूलो परिमाणमा पैदलमार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। चार वटा बिस्कुट आकारको सुनसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दोलखाको सीमानामा चीनको तिब्बती नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद भएको हो। प्रहरीले आज पत्रकार सम्मेलन गरी यस विषयमा थप जानकारी गराउने तयारी गरेको छ।अन्नपूर्णपोस्ट...
इराकमा धार्मिक अतिवाद र आगलागीको पीडा

इराकमा धार्मिक अतिवाद र आगलागीको पीडा

अपराध, आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – उत्तरी इराकको क्वीरेकोसमा भएको एक विवाह समारोहमा भएको विस्फोटमा करिब एक सय जनाको ज्यान गएको छ। त्यहाँ एक्कासी आगलागी हुँदा ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन्। मंगलबार यसरी आगलागी हुँदा १९ वर्षीय घाले नसीम अलिकति मात्र टाढा थिए। त्यस आगलागीमा परेका आफ्ना पाँच जना साथीलाई बचाउन उनले एकदमै मेहनत गरेका थिए। एउटा ढोका बन्द थियो। यस कारण हामीले एकदमै हतार गरेर खोलेका थियौं। भित्रबाट मुस्लो आइरहेको थियो। तापक्रम बढी रहेको थियो। एकदमै बढेको तातोमा परेर ९४ जनाको ज्यान जानुको साथै एक सय भन्दा बढी घाइते भए। दुलाहा र दुलहीको नृत्य चलिरहेको समयमा सो दुर्घटना भएको थियो। १९ वर्षीय युवाले दमकल आइपुग्दा बाथरुममा २६ जनाको शव देखेका थिए। एक १२ वर्षीया बालिका पुरै डढेकी थिइन्। उनी कुनामा त्यत्तिकै थिइन्। इराकको सिभिल रक्षा प्रवक्ता गवात अल रहमानले त्यहाँ भित्र आगो तापेर धेरै जना...
चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष

चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ भाद्र – ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ । त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले दिएको जानकारी अनुसार ५० जनालाई प्रतिवादी बनाएको छ । २ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको खुलेको थियो । त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । बज्राचार्यले भनिन्, ‘ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ ।’ त्यसअनुसार सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ । अनलाइनखबर...
महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग राप्रपाको सम्बन्ध छैन : धवलशमशेर राणा

महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग राप्रपाको सम्बन्ध छैन : धवलशमशेर राणा

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २२ भाद्र – राप्रपाकाक महामन्त्री धवलशमशेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बुधबार भएको यादवमाथिको आक्रमणमा संलग्न व्यक्तिको आफ्नो पार्टी राप्रपासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको भन्दै उनले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाही गर्न माग गर्दै उनले भने, ‘आक्रमणपछि उहाँले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो । त्यो घटनाप्रति दुःख व्यक्त गर्छौं । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजात...
चीनले जासुसी गरेको न्युजिल्याण्डको आरोप

चीनले जासुसी गरेको न्युजिल्याण्डको आरोप

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – न्यूजील्याण्डको जासूस एजेन्सीले शुक्रबार चीनलाई जासूसी र विदेशी हस्तक्षेप गरेको दाबी गरेको छ। एशिया-प्रशान्त क्षेत्रमा रणनीतिक विवाद र चीनको जबरजस्ती बढ्दै गइरहेको समयमा चीन जासुसीमा समेत संलग्‍न भएको खुलेको हो। न्यूजील्याण्डको सुरक्षा खुफिया सेवाका अनुसार बेइजिङले वाशिंगटन र यसका पश्चिमी सहयोगीहरूलाई पराजित गर्नका जासुसीमा जोड गरेको जनाइएको छ। अवर्गीकृत 'धम्कीको मूल्याङ्कन' ले चिनियाँ गुप्तचर एजेन्सीहरूले न्युजिल्यान्डमा बसोबास गरेका पूर्व-प्याट चिनियाँ समुदायहरूमाथि पनि निरन्तर निगरानी गरिरहेको छ। प्रतिवेदनमा भनिएको छ, 'केवल थोरै राज्यहरू न्युजिल्याण्ड विरुद्ध हस्तक्षेपमा संलग्न छन्, तर केहीले निरन्तर रूपमा र महत्त्वपूर्ण क्षतिको सम्भावनाका साथ गर्छन्।' न्यूजील्याण्ड संयुक्त राज्य अमेरिका, युनाइटेड किंगडम, अष्ट्रेलिया र क्यानडासँगै फाइभ आइज खुफिया सा...
चिनियाँ र रुसी ह्याकरहरुद्वारा विदेशी कार्यालयहरुमा साइबर आक्रमण तीव्र

चिनियाँ र रुसी ह्याकरहरुद्वारा विदेशी कार्यालयहरुमा साइबर आक्रमण तीव्र

अपराध, आर्थिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – रुसी र चिनियाँ ह्याकरहरुद्वारा विदेशी कार्यालयहरुमा साइबर आक्रमण तीव्रमस्को । रुस र चीनका ह्याकरहरूले विभिन्‍न मुलुकका विदेशी कार्यालयको इमेल र आन्तरिक सन्देशहरू जनताको जानकारी बिना नै घुसपैठ गरेको खुलासा भएको छ। प्रमुख सुरक्षा उल्लंघनको अर्थ साइबर आक्रमणकारीहरूले २०२१ मा सरकारी विभागको दैनिक कारोबारमाथि निगरानी गरिरहेको खुलेको हो। साइबर आक्रमणहरूको निशानामा विदेश कार्यालयका कर्मचारीहरु र कार्यालयका आन्तरिक इमेलहरु रहेको जनाइएको छ। यस किसिमको उल्लंघनले उनीहरूलाई गोप्य जानकारीमा पहुँच प्रदान गर्ने र यसबारे सम्बन्धित सरकारलाई जानकारी गराउने गरेको पाइएको छ। एक स्रोतले भन्यो, 'सरकारी विभागहरूको मुद्दा भनेको उनीहरू सांस्कृतिक रूपमा सुरक्षा र विशेष गरी साइबर सुरक्षाप्रति उदासीन छन्। यो धेरै लाजमर्दो थियो र सरकारमा ठूलो हलचल भयो। निर्वाचन आयोगले एक वर्षभन्दा बढी ...
सुन प्रकरण : सिआइबीको टोलीलाई भारत

सुन प्रकरण : सिआइबीको टोलीलाई भारत

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पनि पठाएको छ । बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले आज भारतमा पनि टोली पठाएको हो । अहिले भारत गएको टोलीले भारतको नेपाली राजदूतावासमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वय गरेर त्यहाँबाट सूचना सङ्कलन गर्नेछ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आवश्यकताअनुसार प्रहरी टोली परिचालन गरी नेपाल, भारत र हङकङबाट आवश्यक सूचनाहरू सङ्कलन गरिरहेको बताए। यसअघि प्रहरीले हङकङ र भारतको इन्टरपोललाई सहयोग गर्न पत्राचार गरिसकेको छ । हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले ...
उपमहानगरको सकारात्मक पहल, ८२ बढी जनावरहरु कान्जी काउसमा

उपमहानगरको सकारात्मक पहल, ८२ बढी जनावरहरु कान्जी काउसमा

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजानथालेको छ । बजार क्षेत्रमा छाडा रुपमा छोडिएका ७दर्जन गाई–गोरु र घोडा–खच्चडलाई आज बिहान वडा नम्बर २१ विर्तास्थित कान्जी हाउसमा लगिएको छ ।बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५० वटा गाई–गोरु र ३२ वटा घोडा–खच्चडलाई कान्जी हाउस पुर्याइएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो । नगरका विभिन्न भागमा छरिएर रहेको छाडा पशु चौपायालाई एकिकृत गरेर एक साथ कान्जी हाउस पुर्याइएको थियो । नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको टोलीले छाडा पशु चौपायालाई कान्जी हाउस पुर्याएको हो । त्यस क्रममा प्रहरी तालिम केन्द्रका प्रहरी जवानहरुले विशेष भूमिका निभाएका थिए । छाडा पशु चौपायालाई कान्जी हाउस लैजाने क्रममा नगर प्रमुख प्रशान्त विष्ट पनि संगसंगै पुग्नु भएको थियो । कान्जी ...
गाई-गोरु हत्या गर्नु संविधान विपरित, कार्यवाही गर्न मधेशी आयोगकाे मांग

गाई-गोरु हत्या गर्नु संविधान विपरित, कार्यवाही गर्न मधेशी आयोगकाे मांग

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ भाद्र – गाई-गोरु हत्या गरी सार्वजानिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारवाही गर्न मधेशी आयोगले सरकार सहित सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराएको छ |आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई/गोरुलाई हत्या गरी सार्वजनिक रुपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरित रहेको बताउदै दोषीलाई तुरुन्त कानुनी कारवाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको छ | आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात-जाति तथा धर्मका मान्छेहरुले सम्मान गर्नुपर्ने समेत बताएको छ | आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरित कार्य गर्ने जो-कोहिलाई पनि यथाशिघ्र कारवाही गर्नुपर्ने कुरा...
‘अब त सम्पत्ति पाए जे पनि गर्न हुने’

‘अब त सम्पत्ति पाए जे पनि गर्न हुने’

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
धर्मप्रकाश जयसवालनेपालगन्ज, ११ भाद्र – घटना नेपालगन्ज उपमहानगरपालिक वडा न १९ फुटह गाउँको सामाजिक सञ्जालमा देखिएकोले सत्यमखबरको टिम यस घटनाको अध्ययन तर्फ लाग्यो । घटना नेपालगन्ज १९ फुटह निवासी ६८ बर्षीय राम किशोरतिवारी को हो, जो कि गत भाद्र ५ गते आँटो रिक्शा चार्जर लगाउने क्रममा करेन्ट लागी मृत्यु भएका थिए र मृत्यु पश्चात तत्काल प्रहरीलाई खबर गरियो, प्रहरी घटना स्थलमा पुगि स्थानिय सर्जमिन (मुचुल्का) उठाई मृतक रामकिशोर तिवारीको शव पोष्टमार्टममा पठाउँछन् । पोष्टमार्टम रिर्पोट अनुसार रामकिशोर तिवारीको मृत्यु इलेक्ट्रिक शाक अर्थात (करेन्ट लागी भएको) पोष्टमार्टम रिर्पोटले जनाउँछ । पोष्टमार्टम पश्चात मृतकको शव नजीकको हकमा भतीजा सत्यप्रकाश तिवारी मात्र भएकोले प्रहरीले शव र सतगत पुर्जी भतीजा सत्यप्रकाश तिवारिको जिम्मा लगाउँछन् ।सत्यप्रकाश तिवारीले काका रामकिशोर तिवारीको सुरुदेखी नै सेवा ...