चुरे सिरानको खोलामा चाइना रेल्वेको दोहन
डिभिजन वन कार्यालय लहानले नियन्त्रणमा लिएको खुट्टी खोलामा अवैध दोहन गरिरहेको चाइना रेल्वे ग्रुप २ कम्पनीको एक्स्काभेटर।
काठमाण्डौ, १४ मंसिर – लहान नगरपालिका–१५ चुरे पर्वतको दक्षिण पश्चिम फेदीबाट खुट्टी खोला बगिरहेको छ। यो खोलाको पूर्व टाँसिएर झवाई खोल्सी सामुदायिक वन छ। डिभिजन वन कार्यालय लहानले चुरे र सामुदायिक वन टाँसिएरै अवैध उत्खनन गरिरहेको चाइना रेल्वे ग्रुप २ कम्पनीको एक्स्काभेटरलाई बुधबार साँझ नियन्त्रणमा लिएको छ।
चुरे र सामुदायिक वननजिकै भइरहेको खोला दोहनमा लहान नगरपालिकाकै स्वीकृति रहेको पाइएको छ। लहान नगरपालिकाले यो खोलाको ठेक्का लगाइसकेको छ। तर, वातावरणीय प्रभाव मूल्याङ्कन गराएको छैन। वातावरणीय प्रभाव मूल्यांकन बिना नै नगरपालिकाले यस नदीबाट नदीजन्य सामग्री निकाल्न खोज्दा वनले रोकेको हो। नियन्त्रणमा लिइएको एक्स्काभेटर पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड निर्...









