
धर्मप्रकाश जयसवाल
नेपालगन्ज, ११ भाद्र – घटना नेपालगन्ज उपमहानगरपालिक वडा न १९ फुटह गाउँको सामाजिक सञ्जालमा देखिएकोले सत्यमखबरको टिम यस घटनाको अध्ययन तर्फ लाग्यो ।
घटना नेपालगन्ज १९ फुटह निवासी ६८ बर्षीय राम किशोरतिवारी को हो, जो कि गत भाद्र ५ गते आँटो रिक्शा चार्जर लगाउने क्रममा करेन्ट लागी मृत्यु भएका थिए र मृत्यु पश्चात तत्काल प्रहरीलाई खबर गरियो, प्रहरी घटना स्थलमा पुगि स्थानिय सर्जमिन (मुचुल्का) उठाई मृतक रामकिशोर तिवारीको शव पोष्टमार्टममा पठाउँछन् । पोष्टमार्टम रिर्पोट अनुसार रामकिशोर तिवारीको मृत्यु इलेक्ट्रिक शाक अर्थात (करेन्ट लागी भएको) पोष्टमार्टम रिर्पोटले जनाउँछ ।

पोष्टमार्टम पश्चात मृतकको शव नजीकको हकमा भतीजा सत्यप्रकाश तिवारी मात्र भएकोले प्रहरीले शव र सतगत पुर्जी भतीजा सत्यप्रकाश तिवारिको जिम्मा लगाउँछन् ।
सत्यप्रकाश तिवारीले काका रामकिशोर तिवारीको सुरुदेखी नै सेवा टहल गर्दै आएकोले काका रामकिशोर तिवारीको मृत्यु पश्चात हिन्दू परम्परा अनुसार दह सँस्कार एवं काज किरिया समेत गरेको हामी फोटो र विडियोमार्फत सार्वजनिक भईसकेको देख्न सकिन्छ ।
भाद्र ५ गते रामकिशोर तिवारीको मृत्यु भई काज क्रिया सम्पन्न भएको केही दिनपछि भतीजा सत्यप्रकाश तिवारीले मृत्युदर्ता, नाता प्रमाणित लगायत घटना दर्ताका लागी १९ नं. वडा कार्यालयमा निवेदन पेश गर्छन् ।

निवेदन पाएपछि वडा कार्यालयले स्थानिय सर्जमीन गरि कानुन अनुसार सत्यप्रकाश तिवारीलाई मृत्यु दर्ता प्रमाण र नजिकको हकवाला मृतक रामकिशोर तिवारी सत्यप्रकाश काका भतीजा रहेको भनि नाता प्रमाणित गर्छन् । यस घटनाको बारेमा हाम्रो टिम वडा नं. १९का अध्यक्ष परसराम बर्मासँग बुझ्ने क्रममा घटना दर्ताको काम स्थानीय पंजीकरण अधिकारीको हो र घटना दर्ता नियम संगत सर्जमीन मुचुल्का उठाई कानून अनुसार भएको अध्यक्ष बर्माले बताउँछन् ।
घटना दर्ता पश्चात सत्यप्रकाश तिवारी काका रामकिशोर तिवारीको नाउँमा रहेको जायजेथा चल अचल सम्पत्ति नामसारी गर्ने प्रक्रियामा जान्छन् । सोही प्रक्रिया अन्तर्गत जिल्ला मालपोत कार्यालयले मृतक रामकिशोर तिवारीको नजिकको हकवाला म एक मात्र भतीजा सत्यप्रकाश तिवारी भएको निवेदन अनुसार अरु कोही हकवाला भए ३५ दिन भित्र कार्यालयमा सम्पर्क गर्न भनि सूचना जारी गर्छ । ३५ दिने सूचना जारी भए पश्चात एउटा अचम्मको कुरा बाहिरा आउँछ र घटनाले नयाँ मोड लिन्छ ।
घटना को विस्तृत विवरण
–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
एक जना २४ वर्षीय लक्ष्मी सिजगिरी दमाई नाम गरेकी महिला ६८ बर्षीय रामकिशोर तिवारी मेरो श्रीमान हो र म मृतक रामकिशोर तिवारीको एक मात्र हकवाला भएकाले मृतकको नाउमा रहेको सबै सम्पत्ति मैले पाउनु पर्छ भनि विवाह हुँदा बखतको केहि फोटो सार्वजनिक गर्दै दाबी गर्छिन । लक्ष्मी सिजगिरी दमाईले मेरो विवाह हिन्दू परम्परा अनुसार बागेश्वरी मन्दिरमा २०७९ बैसाख ०८ गते भएको हो भनि यो कुरा सुन्दा भतीजा सत्यप्रकाश तिवारी र अन्य अफन्तजन अचम्भित पर्छन् ।
सत्य तथ्य के हो भनि पत्ता लगाउन सत्यप्रकाश लगायत केहीजनहरू बागेश्वरी मन्दिर पुग्छन् । मन्दिरको बैवाहिक विवरणमा पनि कही कतै नाम फेला पर्दैना बागेश्वरी मन्दिरमा विवाह पश्चात बागेश्वरी गुठी ब्यस्थापन समितिले मन्दिरमा विवाह गरे बापत रु ५५०/–शुल्क लिएर रशिद समेत दिने गर्छ । त्यस मितिको राशिदको ओसी समेत चेक जाँच गर्दा नभेटिएपछि भतीजा सत्यप्रकाश तिवारीले लक्ष्मी सिजगिरी दमाइको वास्तविकता बुझ्ने प्रयास गर्छन् ।
‘फेसबुक र टिकटक जस्तो सामाजिक सञ्जालमा समेत सर्च गर्दा केही तस्बिरहरू भेट्छन् । जुन तस्बिरले छरलंग हुन्छ ।
यसरी पत्ता लगाउँदै जाँदा उनी यसभन्दा अघि धेरै पटक विवाह समेत गरेको परिमाण भेट्छन् । नेपालगन्ज ५ स्थिति अमित नेपालीसँग विवाह गरेर छोरा जन्मी सकेपछि सम्बन्ध बिच्छेद भई सकेको । दोस्रो विवाह गरी छोरी जन्मे पछि त्यो श्रीमान् अहिले कहाँ छन् भन्ने पत्ता लागेन तर छोरी भने लक्ष्मी सिजगिरी दमाईसँगै रहेको छिमेकीहरुले बताउँछन् । यो वास्तविकता सामाजिक सञ्जाल ‘फेसबुकमा समेत देख्ना सकिन्छ । Sijgirilaxmi नामक ID मार्फत ।

यसरी पत्ता लगाउँदै जाँदा रामकिशोर तिवारीको श्रीमति हुँ भन्ने लक्ष्मी सिजगिरी दमाईको २०५५ साल जन्ममिति भएको दुई अलग थर भएको नागरिकता हामीलाई प्राप्त हुन्छ । स्थानियबासीको भनाई अनुसार लक्ष्मी सिजगिरी दमाईलाई केही भू–माफियाहरुले प्रयोग गरी मृतक रामकिशोर तिवारिको सम्पति पाउन विवाहको नाटक मञ्चन गरी प्रयोग गरेको हुन सक्ने समेत केही स्थानियहरुको भनाई रहेको छ ।

२०१२ साल बुवा राममिलन तिवारीका दुई सन्तान मध्ये जेठा रामकुमार तिवारी भने मृतक रामकिशोर तिवारी कान्छा छोरा हुन । रामकिशोर तिवारिको विवाह पश्चात सन्तानको रुपमा दुई छोरी मध्ये जेठी छोरीको सानै उमेर भारतमा ट्रेन दुर्घटनामा मृत्यु हुन्छ भने श्रीमतिसँग २०६३ सालमा सम्बन्ध बिच्छेद भई कान्छि छोरी संग बस्दै आएका थिए । कान्छि छोरीले पनि विवाह गरे पश्चात बिष सेवन गरी आत्म हत्या गर्छिन । कान्छि छोरीको मृत्युपछि रामकिशोर तिवारीले मानसिक सन्तुलन समेत गुमाई सकेको स्थानियबासीले हाम्रो टिमलाई जानकारी गराएका थिए भने मानसिक सन्तुलन गुमाई नाँगै हिडेको, उच्छृंखल क्रियाकलाप गरेको फोटो र वीडियो समेत स्थानियबासीले उपलब्ध गराएका छन् ।
– हिन्दू परम्परा अनुसार विवाह गरिएको भनिएकोमा ६७ बर्षीय बृद्धसँग २३ बर्षीय महिलाले विवाह कत्तिको साँचो हो ? या सम्पत्तिको लोभमा गरिएको नाटक मञ्चन मात्र हो ?
– यदि रामकिशोर तिवारी यिनको श्रीमान् भए तस्बिरमा देखिएको बच्चा र श्रीमान कसको हुन त ?
– सम्पति कै लागी कसैसँग विवाहको नाटक गरि सम्पत्ति हकदाबी गर्छ भने त्यस्तोलाई कानूनी दायरामा ल्याई कार्यवाही नगरे समाजमा कस्तो नजीर जान्छ ?
यस घटनासँग सम्बन्धित सम्पूर्ण तथ्य प्रमाणहरु सुरक्षित रहेका छन् ।
