काठमाण्डौ, ३१ भाद्र – ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ ।
त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले दिएको जानकारी अनुसार ५० जनालाई प्रतिवादी बनाएको छ ।
२ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको खुलेको थियो ।
त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । बज्राचार्यले भनिन्, ‘ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ ।’
त्यसअनुसार सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ । अनलाइनखबर