Friday, May 1सत्यम खबर
Shadow

चीनसँगको नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद

काठमाण्डौ, १२ असोज – चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर क्षेत्रबाट प्रहरीले बुधबार राति ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपास नजिकैबाट प्रहरीले अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो।

बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले अन्नपूर्णलाई जानकारी दिए। उनकाअनुसार ठूलो परिमाणमा पैदलमार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। चार वटा बिस्कुट आकारको सुनसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दोलखाको सीमानामा चीनको तिब्बती नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद भएको हो। प्रहरीले आज पत्रकार सम्मेलन गरी यस विषयमा थप जानकारी गराउने तयारी गरेको छ।अन्नपूर्णपोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *