Monday, June 29सत्यम खबर
Shadow

अपराध

लभ–जिहादको घटना मिलाउन पालिका प्रमुखदेखि वडाध्यक्षसम्मको दबाव

लभ–जिहादको घटना मिलाउन पालिका प्रमुखदेखि वडाध्यक्षसम्मको दबाव

अपराध, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ ज्येष्ठ – बाँके जिल्लाको अतिविकट तथा पिछडिएको पालिकामा विगतलाई सम्झनु पर्दा नरैनापुर गाउँपालिकालाई लिन सकिन्छ । हाल कोभिड–१९ पछि पालिकाको बाटो, नाला, बैंक, स्वास्थ्य, विद्यालय लगायतको स्तरमा सुधार भएपनि शिक्षाको अवस्था विगत जस्तै रहेको पाईन्छ ।त्यति मात्र नभई त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भर्नामा समेत विभिन्न जालझेल हुँदै आईरहेको स्थानीय स्रोतहरुको आरोप रहेको छ । स्रोतका अनुसार श्री आदर्श माध्यमिक विद्यालय लक्ष्मणपुरका शिक्षकहरुले फर्जी नाम लेख्ने, विद्यार्थी उपस्थित नभएपनि उसको नाम रजिष्टरमा दर्ता गर्नुका साथै छात्र–छात्रा बीच गलत कृया–प्रतिकृया हुँदा समेत अभिभावकलाई जानकारी नगराउने भएको हुँदा आउने दिनमा द्वन्द्व समेत हुन सक्ने आरोप लगाएका छन् ।घटना विवरण यस्तो रहेछ, फागुन १४ गते नरैनापुर गाउ“पालिकामा रहेको भगवानपुर ईलाका प्रहरी कार्यालयमा एक जना पीडित आफ्नो छोरी ‘लभ–जिहाद’...
इराकमा मानव र लागूपदार्थ ओसारपसार गिरोहविरुद्धको अभियानमा ४० जना पक्राउ

इराकमा मानव र लागूपदार्थ ओसारपसार गिरोहविरुद्धको अभियानमा ४० जना पक्राउ

अपराध, आर्थिक, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बग्दाद– इराकी सुरक्षा बलहरूले मानव र लागूपदार्थको तस्करीमा संलग्न दुई अन्तर्राष्ट्रिय गिरोहलाई ध्वस्त पारेको र देशभरबाट ४० जना विदेशीलाई पक्राउ गरेको इराकी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । इराकी नेशनल इन्टेलिजेन्स सर्भिसले गृह मन्त्रालयसँगको सहकार्यमा अपहरण, जबरजस्ती असुली, जालसाजी तथा मानव र लागूपदार्थ ओसारपसारका अपराधमा संलग्न रहेको आशङ्कामा ४० जना विदेशीलाई पक्राउ गरेको सुरक्षा मिडिया सेलको एक विज्ञप्तिमा जनाइएको छ । * सुरक्षा बलहरूले बगदाद र अन्य धेरै इराकी प्रान्तमा खुफिया रिपोर्टहरूका आधारमा संदिग्धहरूलाई पक्राउ गरेको हो । विज्ञप्तिमा यी दुई गिरोहद्वारा निशाना बनाइएका अधिकांश पीडित इराकमा बसोबास गर्ने विदेशीहरू रहेको उल्लेख छ । खबरहब...
अफगानिस्तानमा विस्फोट हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

अफगानिस्तानमा विस्फोट हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ बैशाख – अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् । तालिबानको गृह मन्त्रालयले फैजाबाद सहरमा सुरक्षा बलको शिविरलाई लक्षित गरी विस्फोट गराइएको जनाएको छ । अफिम खेती उन्मूलन गर्ने अभियानमा सुरक्षा बलको क्याम्प त्यस क्षेत्रमा तैनाथ थियो । प्रारम्भिक जानकारी अनुसार घटनामा तीन जना सुरक्षा बलका सदस्यहरूको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताए । यसैबीच, बदख्सानका नागरिकहरूले तालिबानलाई यस क्षेत्रको सुरक्षा बढाउन अनुरोध गरेको बदख्सानका बासिन्दा रसूलले उल्लेख गरे । अहिलेसम्म कुनै व्यक्ति वा समूहले उक्त विस्फोटको जिम्मेवारी लिएको छैन । घटनाको थप विवरणको प्रतीक्षा गरिएको छ । खबरहब...
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

अपराध, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ बैशाख – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ । युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ । एसबीयूले रूसको राज्य सुरक्षा सेवा सँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको फर्दफास भएको बताउदै उनीहरु;ए जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ । एसबीयूले उनीहरुले एसबियुका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताएको छ । फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि जेलेन्स्कीले आफ्नो जीवनमा धेरै प्रयासहरूको सामना गरेका छन् । माइकोलाइभको दक्षिणी युक्रेनी क्षेत्रकी एक महिलालाई जे...
प्रहरी नियन्त्रणमा कुख्यात तस्कर ‘भौकी’ र ‘छोटा भौकी’

प्रहरी नियन्त्रणमा कुख्यात तस्कर ‘भौकी’ र ‘छोटा भौकी’

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ बैशाख – नेपालगन्ज नाकामा अबैध कारोबार गर्ने ‘कुख्यात तस्कर’ भौकी भनिने अमिर अहमद जोलाहालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । केही दिन अघि नेपालगन्जको जैसपुरमा रहेको जोलाहाको गोदाममा बाँके प्रहरीले छापा मारेर लाखौं मुल्य बराबरको अबैध सामान बरामद गरेको थियो ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार उक्त सामानलाई प्रहरीले आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको थियो । छापा मार्न प्रहरीलाई सूचना दिएको आरोप लगाउँदै तस्कर भौकी भनिने अमिर अहमदले मंगलबार राती स्थानीय मोहम्मद इरफान जोलाहालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । सोही आरोपमा पक्राउ गरी उनीमाथी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको डिएसपी डाँगीले जानकारी दिए । पीडित इरफानले दिएको जाहेरीका आधारमा पक्राउ गरेर कारबाही प्रक्रिया अगाडी बढाइएको उनले बताए । पीडितले आफ...
बागेश्वरी मन्दिरका महन्तलाई कारवाही गरी बर्खास्त गर्न निवेदन दर्ता

बागेश्वरी मन्दिरका महन्तलाई कारवाही गरी बर्खास्त गर्न निवेदन दर्ता

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ बैशाख – नेपालको ऐतहासिक शक्तिपिठ बागेश्वरी मन्दिरका पूजारी चन्दननाथ योगीले भक्तजन तथा साधुसन्तहरु प्रति गरेको दुव्यर्वहारलाई लिएर विभिन्न आस्थापान धार्मिक अगुवाहरुले सोमबार जिल्ला प्रशासन कार्यालय मार्पmत गुठी संस्थानलाई ‘गुठीको मर्म र भावना विपरीत काम गर्न श्री बागेश्वरी मन्दिरका महन्त उपर कारवाही गरी वर्खास्त गरी पाऔं’ भनी निवेदन दर्ता गराएका छन् ।धार्मिक आस्थावानहरुको भावनामा ठेस पुगेको तथा शक्तिपिठ बागेश्वरी मन्दिरबाट सामाजिक दायित्व बहन हुने कार्यहरु गर्नुका साथै बागेश्वरी मन्दिरमा रहेका मूल पुजारी चन्दननाथ योगीलाई हटाउनु पर्ने मांग सहित प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलमार्फत गुठी संस्थानलाई निवेदन पठाएको सहभागी कृष्णादेवी पाण्डेले जानकारी गराएका छन् । oplus_0 जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत गुठी संस्थानमा पठाईएको निवेदनमा ‘उपरोक्त सम्वन्धमा बाँके जिल्ला नेपा...
गाैहत्या गर्नेमाथि कार्यवाहीकाे मांग गर्दै ज्ञापनपत्र बुझाईयाे

गाैहत्या गर्नेमाथि कार्यवाहीकाे मांग गर्दै ज्ञापनपत्र बुझाईयाे

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० बैशाख - ५ महिनाकी गर्भवती गाईको हत्या भएको खबर बाहिर आएपछी राष्ट्रिय एकता अभियानले सो को विरुद्धमा नेपालगन्जमा प्रदर्शन गरेको छ । अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको सो प्रदर्शनमा हत्यारालाई कार्वाहीको मांग गरिएको छ। अध्यक्ष यादब गौहत्याले हिन्दु समुदायको धार्मिक आस्थामा चोट पुर्‍याउने र धार्मिक सहिष्णुता माथी प्रहार गरेको बताए । अभियानले सो जघन्य कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई तुरुन्त र कडा कानुनी कारबाहीको मांग गरेको छ। साथै, अभियानले हिन्दू समुदायको आस्था र भावनामा जानीजानी प्रहार गरिएकोले सो घटनालाई देशैभरी जारी जिहादको एक अंगका रूपमा रहेको समेत दावी गर्दै जिल्ला प्रशाशन कार्यालय पुगी अपराधीलाई कार्यवाहीको मांग गर्दै प्रमुख जिल्ला अधिकारी श्रावणकुमार पोखरेललाई ज्ञापन पत्र समेत बुझाएको छ। अभियानका बाँके जिल्ला संयोजक राजकुमार रौनियार द्वारा...
नेपालगन्जबाट अनलाइन जुवा खेलाउँदै गरेका १५ जना पक्राउ

नेपालगन्जबाट अनलाइन जुवा खेलाउँदै गरेका १५ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ बैशाख – बाँकेको नेपालगन्जबाट अनलाइन सट्टेबाजीरजुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले अनलाइन सट्टेबाजी र जुवा खेलाउँदै गरेका १५ जना पक्राउ गरेको हो । अनलाइन सट्टेबाजी र जुवा हुने गरेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित अयुब हलवाईको घरमा फ्लाइट भाडामा लिई अनलाइन सट्टेबाजी र जुवा सम्बन्धि काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १८ थान ल्यापटप र ५६ थान मोबाइल पनि बरामद गरिएको छ । पक्राउ पर्नेहरुमा बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने बर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने बर्ष २० का सास्वन पाठक, बाँके खजुरा–१ का ३८ वर्षीय इश्वर राणा, सोही ठाउँ बस्ने ३७ वर्षीय टोप बहादुर थापा, मोरङको मिक्लाजुङ–६ का २५...
खुकुरी चुरोटसहित २ जना पक्राउ

खुकुरी चुरोटसहित २ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ बैशाख – नेपालबाट भारततर्फ अबैध रुपमा नेपाली उत्पादन लैजाँदै गरेको ठुलो परिमाणको खुकुरी चुरोट प्रहरीले नाका नजिकबाट बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका –१५ जमुनाहबाट अवैध रुपमा भारततर्फ चोरी निकासी गर्न लागिएको एक हजार ४५२ प्याकेट खुकुरी चुरोट प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले उक्त चुरोटको अन्दाजी मुल्य ५६ हजार ४८ रुपियाँ रहेको जनाउँदै सो बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले सो चुरोट फेला पारी ढुवानीमा संलग्न २ जना व्यक्तिसहित नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो ।उहाँले आवश्यक थप कारवाहीका लागि सो चुरोट र पक्राउ परेका दुई जनालाई...
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

अपराध, आर्थिक, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ बैशाख – चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप लागेको छ। फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए। चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानसँग ५ करोड ३० लाख अमेरिकी डलर भन्दा बढीको गैरकानुनी सम्पत्ति रहेको दाबी गरेको छ। उनी सन् १९९३ देखि सन् २०२२ को बीचमा गैरकानुनी गतिविधिमा संलग्न थिए। बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइपछि अदालत स्थगित गरिएको र फैसलाको घोषणा पछि गरिने सिसिटिभीले बताएको छ। नेपाल पाना...