Tuesday, March 18सत्यम खबर
Shadow

बागेश्वरी मन्दिरका महन्तलाई कारवाही गरी बर्खास्त गर्न निवेदन दर्ता

नेपालगन्ज, २५ बैशाख – नेपालको ऐतहासिक शक्तिपिठ बागेश्वरी मन्दिरका पूजारी चन्दननाथ योगीले भक्तजन तथा साधुसन्तहरु प्रति गरेको दुव्यर्वहारलाई लिएर विभिन्न आस्थापान धार्मिक अगुवाहरुले सोमबार जिल्ला प्रशासन कार्यालय मार्पmत गुठी संस्थानलाई ‘गुठीको मर्म र भावना विपरीत काम गर्न श्री बागेश्वरी मन्दिरका महन्त उपर कारवाही गरी वर्खास्त गरी पाऔं’ भनी निवेदन दर्ता गराएका छन् ।
धार्मिक आस्थावानहरुको भावनामा ठेस पुगेको तथा शक्तिपिठ बागेश्वरी मन्दिरबाट सामाजिक दायित्व बहन हुने कार्यहरु गर्नुका साथै बागेश्वरी मन्दिरमा रहेका मूल पुजारी चन्दननाथ योगीलाई हटाउनु पर्ने मांग सहित प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलमार्फत गुठी संस्थानलाई निवेदन पठाएको सहभागी कृष्णादेवी पाण्डेले जानकारी गराएका छन् ।

oplus_0


जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत गुठी संस्थानमा पठाईएको निवेदनमा ‘उपरोक्त सम्वन्धमा बाँके जिल्ला नेपालगंज स्थित श्री बागेश्वरी मन्दिर प्राचीन काल देखि शक्तिपीठ र जन आस्थाको केन्द्रको रुपमा स्थापित रहेको कुरा सर्वविदित नै छ । जन कल्याणको लागि स्थापित बागेश्वरी मन्दिर व्यवस्थित तरीकाले संचालन होस, मन्दिरबाट जन कल्याणकारी काम होस, श्रद्धालु भक्तजनहरुलाई मन्दिरमा पुगेर अपमानित हुनु नपरोस, मन्दिर भित्र र बाहिर भक्तजनहरुको सम्मान होस, दुव्र्यवहार नहोस, मन्दिरको आर्थिक गतिविधि पारदर्शी होस, मन्दिरको चल(अचल सम्पत्ति संरक्षण गरी जन कल्याणकारी तथा परोपकारी कार्यमा लगाईयोस, आदिकाल देखि चली आएको सनातन, धर्म, संस्कृति, परम्पराको संरक्षण एवं सम्बद्र्धन होस भन्ने जनभावना रहेको छ ।’ उल्लेख गरिएको थियो ।

oplus_0


यसैगरी ‘सो जनभावना विपरीत मन्दिरका महन्त चन्दननाथ योगीले मन्दिरको परिसर भित्र र बाहिर श्रद्धालु भक्तजनलाई दुव्र्यवहार गर्ने गुण्डा प्रयोग गरेर दुव्र्यवहार गर्न लगाउने, महिला माथि हातपात गर्ने, बाहिरबाट आएका साधु, सन्तलाई अभद्र व्यवहार गर्ने, कूटपीट गर्ने गर्न लगाउने मन्दिरको सम्पूर्ण सम्पत्ति व्यक्तिगत पुर्खौली सम्पत्तिको रुपमा प्रयोग गर्ने, अचल सम्पत्ति हिनामिना गरेको, दैनिक रुपमा चढेको भेटी लगायत आम्दानी पारदर्शी नगर्ने, मन्दिरको सटर, भाडाको अलावा अतिरिक्त रकम असूल गर्ने, मन्दिर बाहिर फुटपाथमा बसी पूजा सामग्री विक्री गर्नेहरु संग गुण्डा मार्पmत हप्ता असूल गर्ने, अशक्त अपाँङ्ग, बृद्ध, विरामी व्यक्तिहरुलाई मन्दिर परिसर भित्र र बाहिर भिक्षा मांग्न लगाउने र भिखारीहरुबाट समेत हप्ता असूल गर्ने, जस्ता अनैतिक, अमर्यादित, अशोभनीय गैरकानूनी एवं सनातन धर्म संस्कार विरोधी तथा गुठी संस्थान ऐन २०३३ को मर्म, भावना विपरीत गतिविधि गरी आएकोमा आम जनसमुदाय धर्म प्रेमी सनातनीहरुले निज चन्दन नाथ योगीलाई पटक पटक सुध्रने मौका दिए पनि निजको आचरणमा कुनै सुधार नआई मन्दिरको सम्पत्तिलाई चरम दुरुपयोग गरी निजको गुण्डाशैली, अनैतिकता झन उग्र हुंदै गई रहेकोले श्री बागेश्वरी मन्दिरका महन्त चन्दननाथ योगी सार्वजनिक चाँसोका विषय बनेका छन’ उल्लेख गरिएको थियो ।


यसैगरी, ‘मित्र राष्ट्र भारतमा रहेका मन्दिरहरुले स्कूल, कलेज, गुरुकुल, आवास, भोजन अस्पताल लगायत परोपकारी जनकल्याणकारी कार्य गरी आएको मन्दिरहरुले सिंगै राष्टूलाई समृद्ध बनाउने तर्पm महत्वपूर्ण योगदान गरी रहेको । सोही अनुरुप बागेश्वरी मन्दिरले पनि जन कल्याणकारी, परोपकारी कार्य गर्नु पर्ने जन अपेक्षा रहेपनि नैतिकताविहीन, स्वार्थी, भ्रष्ट निज महन्तको कारणले हाल सम्म जन अपेक्षा सकार हुन नसकेको, श्रद्धालु भक्तजन, साधु सन्त निज चन्दननाथ योगीको गुण्डाराजको कारणले अपमानित हुनु परेको, मन्दिर प्रति अनास्था पैदा गर्ने काम गरेको, सनातन, संस्कृति धर्म लोप हुने कार्य गर्दै आएकोले निज चन्दन नाथ योगीलाइ गुठी संस्थान ऐन २०३३, गुठी संस्थान (कार्य व्यवस्था) विनियम २०४९ बमोजिम महन्त हुन योग्यता नपुगेका महन्त हुन सक्ने कुनै लक्षण नभएका भ्रष्ट गुण्डाराज कायम गरी वर्वरतापूर्ण अमानवीय व्यवहार गर्ने, गुठीको मर्म र भावना विपरीत काम गर्ने महन्त चन्दननाथ योगीलाई तत्काल महन्तबाट हटाउन जोडदार मांग गर्दछौ’ भनी निवेदनमा उल्लेख गरिएको थियो ।
उक्त निवेदन प्रमुख जिल्ला अधिकारीमार्फत सोही दिन गृह मन्त्रालय, सिंह दरवार काठमाण्डौ, श्री भूमि सुधार तथा मालपोत कार्यालय, श्री नेपालगंज उपमहानगरपालिकाको कार्यालय तथा बागेश्वरी मन्दिर व्यवस्थापन समितिलाई पठाउन जानकारी गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *