Wednesday, March 19सत्यम खबर
Shadow

लभ–जिहादको घटना मिलाउन पालिका प्रमुखदेखि वडाध्यक्षसम्मको दबाव

नेपालगन्ज, २ ज्येष्ठ – बाँके जिल्लाको अतिविकट तथा पिछडिएको पालिकामा विगतलाई सम्झनु पर्दा नरैनापुर गाउँपालिकालाई लिन सकिन्छ । हाल कोभिड–१९ पछि पालिकाको बाटो, नाला, बैंक, स्वास्थ्य, विद्यालय लगायतको स्तरमा सुधार भएपनि शिक्षाको अवस्था विगत जस्तै रहेको पाईन्छ ।
त्यति मात्र नभई त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भर्नामा समेत विभिन्न जालझेल हुँदै आईरहेको स्थानीय स्रोतहरुको आरोप रहेको छ । स्रोतका अनुसार श्री आदर्श माध्यमिक विद्यालय लक्ष्मणपुरका शिक्षकहरुले फर्जी नाम लेख्ने, विद्यार्थी उपस्थित नभएपनि उसको नाम रजिष्टरमा दर्ता गर्नुका साथै छात्र–छात्रा बीच गलत कृया–प्रतिकृया हुँदा समेत अभिभावकलाई जानकारी नगराउने भएको हुँदा आउने दिनमा द्वन्द्व समेत हुन सक्ने आरोप लगाएका छन् ।
घटना विवरण यस्तो रहेछ, फागुन १४ गते नरैनापुर गाउ“पालिकामा रहेको भगवानपुर ईलाका प्रहरी कार्यालयमा एक जना पीडित आफ्नो छोरी ‘लभ–जिहाद’मा पारी फलानाको छोराले भगाएर लगेको भन्दै जाहेरी दर्ता गर्न पुगेका रहेछन् । तर उक्त चौकीमा रहेका इन्चार्ज राजन रायमाझीले जाहेरी समेत दर्ता नगरी आलटाल गर्दै समय बिताएका थिए ।


तर बाँकेका सांसदहरुको दबाव, विश्व हिन्दु परिषद नरैनापुरको निरन्तरको प्रयासले गर्दा शनिबार राती केटीलाई केटाको मामाले प्रहरीको जिम्मा लगाएको जानकारी शिक्षक कृष्णादेवी पाण्डेले दिईन । शिक्षक पाण्डेका अनुसार केटी नाबालिक भएको हुँदा उसलाई ललाई फकाई भारतको बहराईचमा राखिएको तथा केटीको धर्म परिवर्तन गरी गाईको मासु समेत खुवाएर कलमा पढ्न लगाईएको एवम् केटा पक्षबाट भारतको श्रावस्ती जिल्ला पर्सा बस्ने मामा–माईजुको रोहबरमा निकाह (बालविवाह) समेत गराईएको जानकारी दिईन ।
शिक्षक पाण्डेले– ‘हामीले जुन लभ–जिहाद भनि रहेका छौं, यो ठूलो षडयन्त्रको रुपमा लिन सकिन्छ, हाम्रो देशको सनातन साँस्कृतिलाई कसरी नष्ट पार्न सकिन्छ भनी केही तत्वहरु ५० वर्षको योजना बनाएर यसतर्फ लागि परेको आरोप लगाउनु भयो ।’ जुन सुकै धर्मको व्यक्तिले पनि यसको बिरोध गर्नुपर्छ भने पीडक साहिल अन्सारी, दाजु जैनुल अन्सार, बाल विवाह गराउने श्रावस्ती पर्सा बस्ने मामा–माईजुलाई समेत हदैसम्मको कानुनी कार्वाही हुनु पर्ने बताउनुभयो ।
यसैगरी पीडित केटीको बुवासँग जानकारी लिंदा उनले धेरै कुरा बताउन नचाहे पनि आफू विगत २ महिनादेखि पीडित भई प्रहरी चौकी, आफ्न्त कहाँ खोजतलास गर्दै आईरहेको तथा शनिबार राती प्रहरीको जिम्मामा छोरी आएपछि आईतबार बिहान मैले छोरीलाई भेटेको तथा अब मलाई न्याय चाहियो भन्दै रुंदै मीडिया समक्ष नै गुहार गरेका छन् ।
यसैगरी नरैनापुर गाउँपालिका मटेहिया निवासी अधिवक्ता रामकुमार दीक्षितले दिएको जानकारी अनुसार केटीको बयानलाई आधार मान्ने हो भने पीडकलाई हदैसम्मको कानून बमोजिम कार्वाही हुनेछ, पीडकलाई नाबालक केटीलाई अभिभावक बिना निकाह गरेको, दुई महिनासम्म शारीरिक सम्बन्ध राखेको, धर्म परिवर्तन गराईएको लगायत धारामा कानुन अनुसार मुद्दा लाग्ने बताउनुभयो । अधिवक्ता दीक्षितले एउटै घटनामा ५ वटा कसुर गरेको जसमा जबरजस्ती करणी, शरीर बन्धक, अपहरण, धर्म परिवर्तन, बालविवाह सम्बन्धी कसुर अन्तर्गत मुद्दा लाग्ने बताउनुभयो ।
यसैगरी विश्व हिन्दु परिषद नरैनापुर गाउँपालिका अध्यक्ष प्रमोदकुमार शर्माका अनुसार यस्तो घटना पालिकामा हुँदै आईरहेको भएपनि विश्व हिन्दु परिषद नरैनापुरले यसमा चासो दिएको हुँदा केटी सम्पर्कमा आएको तथा यसमा प्रहरीको कमीकमजोरी देखिएको छ, प्रहरीले शुरुवात मै निवेदन दर्ता गर्नुपर्ने थियो तर अब केटी सम्पर्कमा आएपछि मेडिकल पछि जाहेरी दर्ता गर्ने जानकारी दिए ।
यस घटना बारे भगवानपुर इलाका प्रहरी कार्यालय इन्चार्ज राजन रायमाझीले दिएको जानकारी अनुसार हामीले शुरुबाट अनुसन्धान गर्दै, पीडितसित समन्वय गर्दै अगाडी बढ्दै गरेको प्रयासले नै छोरी सम्पर्कमा आईसकेको तथा अब मेडिकल गराईसकेपछि सोही मेडिकल रिपोर्टको आधारमा मुद्दा दर्ता प्रक्रियामा जाने बताउनुभयो । तर मेडिकल प्रक्रिया पुरा भएको ४ दिन बितिसक्दा समेत जाहेरी दर्ता नभएको स्रोतले जनाएको छ ।
यसबारे थप जानकारी इन्चार्ज रायमाझीले दिए अनुसार हामी पीडितलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौं, मेडिकल चेकअप भईसकेको हुँदा अब मुद्दा दर्ता हुने बताउँदै आवश्यक भए पीडितलाई सुरक्षा समेत उपलब्ध गराउने बताउनुभयो ।
घटनामा नरैनापुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष ईसाक जोलाहको दबावले गर्दा नै हालसम्म जाहेरी दर्ता नगरिएको जानकारी गराउँदै स्रोतले मेरै अगाडी पीडितका बुवालाई जागिर खाई दिने धम्की दिएको बताउँदै पालिका प्रमुख ईस्तिाक अहमद शाहको समेत दबाब रहेको बताउँदै हालसम्म जाहेरी दर्ता नभएको स्रोतको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *