Wednesday, November 27सत्यम खबर
Shadow

खुकुरी चुरोटसहित २ जना पक्राउ

नेपालगन्ज, ९ बैशाख – नेपालबाट भारततर्फ अबैध रुपमा नेपाली उत्पादन लैजाँदै गरेको ठुलो परिमाणको खुकुरी चुरोट प्रहरीले नाका नजिकबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका –१५ जमुनाहबाट अवैध रुपमा भारततर्फ चोरी निकासी गर्न लागिएको एक हजार ४५२ प्याकेट खुकुरी चुरोट प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले उक्त चुरोटको अन्दाजी मुल्य ५६ हजार ४८ रुपियाँ रहेको जनाउँदै सो बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।


अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले सो चुरोट फेला पारी ढुवानीमा संलग्न २ जना व्यक्तिसहित नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो ।
उहाँले आवश्यक थप कारवाहीका लागि सो चुरोट र पक्राउ परेका दुई जनालाई भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको बताउनुभयो । बाँकेमा जिल्ला प्रहरी प्रमुखको फेरबदल भई नयाँ प्रहरी प्रमुखका रुपमा एसपी तुलबहादुर कार्की आए लगत्तै प्रहरीले अवैध चोरी पैठारी र आपराधिक घटना विरुद्ध कडा कदम चालेको छ ।
बाँकेको प्रहरी प्रमुख एसपी कार्कीले आफू जिल्लामा आए लगत्तै कानुन व्यवस्था कडा पार्नुका साथै नाकाबाट भइरहेको अवैध पैठारी निकासी रोक्न विशेष अभियान सञ्चालन गरेको बताउनुभयो । प्रहरीले जनताको सहयोगबाट हरेक प्रकारका गैर कानुनी कामलाई रोक्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *