Tuesday, June 30सत्यम खबर
Shadow

अपराध

हङकङमा पत्रकार र तिनका परिवारलाई चिनियॅा कम्युनिष्ट पार्टीद्वारा उत्पीडन र धम्की

हङकङमा पत्रकार र तिनका परिवारलाई चिनियॅा कम्युनिष्ट पार्टीद्वारा उत्पीडन र धम्की

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ असोज – हङकङमा पत्रकार र उनीहरूका परिवारहरूले चिनियाँ कम्युनिष्ट पार्टीबाट अनलाइन र अफलाइन दुवै किसिमका उत्पीडन र धम्कीहरू भोगिरहेका छन्। हङकङ पत्रकार संघ (HKJA) का अध्यक्ष सेलिना चेङले सेप्टेम्बर १३ मा एक पत्रकार सम्मेलनमा बताए अनुसार हालका महिनाहरूमा यी घटनाहरूको आवृत्ति र गम्भीरता बढेको छ। संघद्वारा गरिएको अनुसन्धानले यो वर्षको जुन र अगस्टको बीचमा व्यवस्थित उत्पीडनको चरम सीमामा रहेको देखाएको छ । अगस्टको मध्यदेखि अन्त्यसम्म उल्लेखनीय वृद्धि भएको छ। धम्कीको यो लहरले १३ मिडिया आउटलेट र दुई पत्रकारिता प्रशिक्षण संस्थाहरू सहित १५ संस्थाहरूलाई असर गर्रेको छ । यसमा सबैभन्दा बढी Hong Kong Free Press, Inmedia, र Hong Kong सामेल छन् । विज्ञहरूले सुझाव दिएका छन् कि चिनियाँ कम्युनिष्ट पार्टीले मुख्य भूमि चीनमा आफ्नो पकड जस्तै हङकङमा नियन्त्रण गर्ने लक्ष्य राखेको छ। सीसीपीले कथित रूप...
हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ

हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ असोज – लेबनानी सशस्त्र समूह हिजबुल्लाह उसको समग्र नेता हसनल नसरल्लाहको हत्या र अन्य विनाशकारी आघातबाट लडखडाइरहेको बेला हवाई आक्रमणमा हिजबुल्लाहका अर्का एक शीर्ष अधिकारीलाई मारेको इजरायली सेनाले आइतबार बताएको छ । इजरायली सेनाले हिजबुल्लाहको केन्द्रीय परिषद्का उपप्रमुख नबिल काउकलाई शनिबार मारिएको बताएको छ । हिजबुल्लाहका तर्फबाट यसबारे तत्काल कुनै टिप्पणी आएको छैन । साथै आक्रमण कहाँ भएको थियो भन्नेबारे पनि जानकारी भएको छैन । हालैका साताहरूमा इजरायली आक्रमणहरूमा दशकौँसम्म मृत्यु र पक्राउबाट बच्दै आएका हिजबुल्लाहका संस्थापक सदस्यहरूलगायत धेरै वरिष्ठ कमान्डरहरू मारिएका छन् । मारिनेमा नसरल्लाहका नजिकका व्यक्तिहरू पनि थिए । हिजबुल्लाहलाई उसका पेजर र वाकी–टाकीहरूमा गरिएको परिष्कृत आक्रमणको लक्ष्य बनाइएको थियो । उक्त आक्रमणका लागि व्यापक रूपमा इजरायलमाथि दोष लगाइएको थियो । ...
लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु

लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १४ असोज – प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ । ‘हमासका नेता फतह शरीफ अबु अल अमीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लेबनानमा रहेका हमासका विदेशमामिला हेर्ने नेताको दक्षिण लेबनानको अल बास क्याम्पमा रहेको आफ्नो घरमा भएको हवाई आक्रमणमा मृत्यु भएको छ ।’ आक्रमणमा उनकी श्रीमती, छोरा र छोरीसहितको मृत्यु भएको हमासले बताएको छ । लेबनानी राष्ट्रिय समाचार संस्थाले टायर शहर नजिकै अल बासमा हवाई आक्रमण भएको र शिविरलाई निशाना बनाइएको यो पहिलो पटक भएको जनाएको छ । पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन (पिएफएलपी) ले बेरुतको कोला जिल्लामा सोमबार बिहान भएको आक्रमणमा आफ्ना तीन जना सदस्यको मृत्यु भएको बताएको केही घण्टापछि उक्त वक्तव्य आएको हो । करिब एक वर्षअघि गाजा युद्ध सुरु भएयता इजरायलले लेबनानमा रहेका हमासका ...
‘डार्क फाईल्स, नामक फेक भिडियो प्रशारण गर्ने सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

‘डार्क फाईल्स, नामक फेक भिडियो प्रशारण गर्ने सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १४ असोज – सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो । त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ । सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल ...
गाईको मासुसहित निब्री शेष पक्राउ

गाईको मासुसहित निब्री शेष पक्राउ

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ असोज – नरैनापुर गाउँपालिका वडा नं. २ बेचुवाका निब्री शेषलाई आईतबार बिहान उनकै घरबाट गाईको मासुसहित पक्राउ गरिएको छ । पक्राउ परेकी निब्री शेषको घरबाट करीब ३० केजी गाईको मासु बरामद गरिएको भगवानपुर ईलाका प्रहरी कार्यालयले जनाएको छ । बरामद गाईको मासु ल्याब टेस्टको लागि नेपालगन्ज पशु अस्पताल ल्याईएको तथा सोही पशु अस्पतालमा ल्याब जाँचको लागि केही मासु राखी बाँकी मासु नष्ट गरिएको थियो ।...
सांग्रीला डेभलपमेन्ट बैंकका कर्मचारी दिपा चन्दले किन गरिन आत्महत्या ?

सांग्रीला डेभलपमेन्ट बैंकका कर्मचारी दिपा चन्दले किन गरिन आत्महत्या ?

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ असोज – सांग्रीला डेभलपमेन्ट बैंक लि. को त्रिभुवन चौक शाखामा कार्यरत रहेकी दिपा चन्दले आत्महत्या गरेकी छन् । शनिबार बिहान करीब ९ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा डेरा लिई बस्ने कोठा मै पासो लगाई झुण्डिरहेको अवस्थामा छेउछाउ बस्नेहरुले देखे पछि उनका आफ्न्तहरुलाई खबर गरेका थिए । स्थायी घर महेन्द्र नगर भएकी दिपा चन्द करीब अढाई वर्षदेखि नेपालगन्जमा बस्दै सांग्रीला डेभलपमेन्ट बैंकमा कार्य गर्दै आईरहेको जानकारी गराउँदै उनका आफ्न्तले भने– ‘केही दिनदेखि उनलाई बैंकका म्यानेजरले टार्चर गर्ने गरेको तथा उनलाई काम गर्ने वातावरण सहज नभएको तथा उनलाई महेन्द्रनगर सरुवा नगरी हेटौडा तिर सरुवा गरेको हुँदा नै दिपा चन्दले आत्महत्या गरेको आरोप लगाएका छन् ।’ यस बारे सांग्रीला डेभलपमेन्ट बैंक लि.का क्षेत्रीय प्रबन्धक जयेन्द्रले बैंकद्वारा दिपा चन्दलाई सहयोग र सहकार्य गरिनुका साथै ...
कडा कार्वाहीको मांग गर्दै ज्ञापन पत्र बुझाईयो

कडा कार्वाहीको मांग गर्दै ज्ञापन पत्र बुझाईयो

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ असोज – हाल सार्वजनिक सञ्जालको दुरुपयोग भईरहेको तर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित नहुँदा यसबाट समाजमा द्वन्द उत्पन्न हुन सक्ने एक घटना क्रमले देखाएको पाईन्छ । घटना केही दिन अगाडी मात्र नरैनापुर गाउँपालिकाको रहेको छ । जहाँ एक जना मुस्लिम केटाले हिन्दु धर्मावलम्बीहरुलाई गाली गर्दै भिडियो सार्वजनिक सञ्जालमा अपडेट गरेको थियो । सोहीको जवाफमा हिन्दु केटाले समेत मुस्लिम धर्मावलम्बीहरुलाई गाली गर्दै भिडियो अपटेड गरेको देखियो तथा यो दुबै भिडियो एकै ठाउँमा राखी नरैनापुरको केटाले आफ्नो फोटो लगाई अपटेड गरेपछि त्यसको विवाद बढ्दै नरैनापुर पालिकाका मुस्लिम धर्मावलम्बीहरुले आपत्ति जनाउँदै भिडियो अपटेड गर्ने नाबालक बच्चालाई नानाथरी गाली गर्दै भगवानपुर थानामा झिकाई माफी मगाएका थिए । माफी मगाएर समेत सन्तुष्टि नभएपछि नाबालक केटालाई कान समात्न लगाई उठबस, मुर्गा बनाउनेसम्म कार्य गर्न ...
नाबालिग बालबालिकालाई दुर्व्यवहार गरेको आरोपमा ईस्लामावादका सई पक्राउ

नाबालिग बालबालिकालाई दुर्व्यवहार गरेको आरोपमा ईस्लामावादका सई पक्राउ

अपराध, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
काठमाण्डौ, ११ असोज – पाकिस्तानको राजधानी ईस्लामावादका प्रहरीका एक उपनिरीक्षक (एसआई) लाई दुई दिनसम्म अवैध रूपमा दुई नाबालकलाई थुनामा राखेर शारीरिक दुव्र्यवहार गरेको पाइएपछि निलम्बन गरी जेल चलान गरिएको प्रहरीले जनाएको छ। बालबालिकाका आफन्तले प्रहरी महानिरीक्षक सैयद अली नासिर रिजवीलाई दिएको उजुरीका आधारमा एसआईविरुद्ध कारबाही गरिएको हो । प्रहरी कर्मचारीले बालबालिकालाई उठाएर प्रहरी चौकीमा थुनेर राखेको र शारीरिक दुव्र्यवहार गरेको उजुरीमा उल्लेख छ । पछि एसआईले उनीहरूलाई एधी केन्द्रमा छोडे। जवाफमा आईजीपीले छानबिनको आदेश दिएका थिए र डीआईजी सैयद अली रजालाई तथ्य पत्ता लगाउन र जिम्मेवारी तोकेका थिए । सोधपुछको क्रममा, डीआईजीले पत्ता लगाए कि एसआईले सेप्टेम्बर १६ मा कराँचीमा भीख माग्दै गर्दा दुई नाबालिगहरू - एक १० वर्ष र अर्को १२ वर्षको - उठाईएका थिए । पछि एसआईले बालबालिकालाई आफू तैनाथ भएको शाम्...
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या

सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या

अपराध, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सर्लाही, १० असोज – सर्लाहीमा बैदेशिक रोजगारीबाट फर्किएका एकजना युवकले गएराती आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । उनको गोली प्रहारबाट उनको बुबा समेत घाईते भएका छन् । स्थानीय हरिपुर्वा नगरपालिका -५ घर भएका ३० वर्षीय धिरेन्द्र राय यादवले प्रहार गरेको गोली लागेर उनको श्रीमती २५ वर्षीया चित्रलेखा राय यादवको घटनास्थलमा नै ज्यान गएको हो । गोली लागेर उनको बुबा ५३ वर्षीय दिनेश राय यादव समेत घाइते भएका छन । श्रीमतीको टाउकोमा र बाबुको दाहिने हातमा गोली प्रहार गरिएको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हत्याका आरोपी धिरेन्द्र फरार रहेको तथा उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक महिलाको शव समाचार तयार पfर्दासम्म घटनास्थलमै रहेको छ । अहिले घटनास्थलमा प्रहरी सहित स्थानिय सैयौं महिला पुरुष जम्मा भएका छन् । घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन...
हुण्डि कारोबार मो. कादिर सिद्दिकी र मो. हबिब सिद्दिकी पक्राउ

हुण्डि कारोबार मो. कादिर सिद्दिकी र मो. हबिब सिद्दिकी पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ असोज – जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डि कारोबारमा संलग्न दुई जनालाई आज १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैया सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार आज नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ गणेशपुर स्थित खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकी नगदसहित पक्राउ गरेको जनाएको छ । गणेशपुर बस्ने मोहम्मद कादिर सिद्दिकीको तलासी गर्ने क्रममा निजले बोकेको कालो झोलाबाट नेपाली रुपैया ९ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा खान तलासी गर्दा नेपाली ७ लाख १० हजार २ सय ५५ तथा भारतीय रुपैया ५९ हजार ५ सय सहित पक्राउ गरी थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको बताईएको छ । प्रहरीले सम्बन्धितलाई पक्राउ गर्ने क्रममा घरको खान तलासी गर्दा उनको घरबाट विभिन्न बैंकमा विभिन्न व्यक्त...