चन्द्रबहादुरको टाउको भेटियो सेप्टिक ट्यांकीमा
नेपालगन्ज, २८ असोज – विजयादशमीको रात हत्या गरिएका बाँके कोहलपुर नगरपालिका – ८ पिपिरीका ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको सेप्टिक ट्याङकी भित्र फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार चन्द्रबहादुरको काटिएको टाउको घटनास्थलबाट झन्डै ५ सय मिटर पर घरको सेप्टिक ट्यांकी भित्र फेला परेको हो ।
हत्यामा प्रयोग भएको हँसिया पनि सेप्टिक ट्यांकीमै भेटिएको एसपी कार्कीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानबाट रोल्पा घर भई पिपिरीमा बहिनीको घर बस्दै आएका २७ वर्षीय अनिल परियारको संलग्नता भेटिएको अनुसन्धानमा खटिएका प्रहरीहरूले जानकारी दिए ।
टाउको भेटिएको सेप्टिक ट्यांकी अनिलकी बहिनी अनिताको घरको हो। अनिल भने फरार रहेको र उनको खोजी भइरहेको एसपी कार्कीले जानकारी दिए ।
विजयादशमीका दिन चन्द्रबहादुर र अनीलले सँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसक्रममा उनीहरू...









