
नेपालगन्ज, १३ असोज – सांग्रीला डेभलपमेन्ट बैंक लि. को त्रिभुवन चौक शाखामा कार्यरत रहेकी दिपा चन्दले आत्महत्या गरेकी छन् ।
शनिबार बिहान करीब ९ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा डेरा लिई बस्ने कोठा मै पासो लगाई झुण्डिरहेको अवस्थामा छेउछाउ बस्नेहरुले देखे पछि उनका आफ्न्तहरुलाई खबर गरेका थिए ।
स्थायी घर महेन्द्र नगर भएकी दिपा चन्द करीब अढाई वर्षदेखि नेपालगन्जमा बस्दै सांग्रीला डेभलपमेन्ट बैंकमा कार्य गर्दै आईरहेको जानकारी गराउँदै उनका आफ्न्तले भने– ‘केही दिनदेखि उनलाई बैंकका म्यानेजरले टार्चर गर्ने गरेको तथा उनलाई काम गर्ने वातावरण सहज नभएको तथा उनलाई महेन्द्रनगर सरुवा नगरी हेटौडा तिर सरुवा गरेको हुँदा नै दिपा चन्दले आत्महत्या गरेको आरोप लगाएका छन् ।’
यस बारे सांग्रीला डेभलपमेन्ट बैंक लि.का क्षेत्रीय प्रबन्धक जयेन्द्रले बैंकद्वारा दिपा चन्दलाई सहयोग र सहकार्य गरिनुका साथै कर्मचारीको सरुवा भन्ने विषय नर्मल प्रक्रिया हो, सबैको हुन्छ, त्यसकै लागि कसैले आत्महत्या गर्छ मलाई लाग्दैन बाँकी कुरा प्रहरी अनुसन्धानबाट प्रष्ट हुनेछ भनी बताउनुभयो ।
बिहान ९ बजे पासो लगाई झुण्डिएकी दिपा चन्दको घरका आफ्न्तहरु महेन्द्रनगरबाट आएपछि उनी बस्ने कोठाको ढोका तोडी प्रहरीले मुचुल्का उठाई पोष्टमार्टमको लागि शनिबार नै भेरी अस्पताल पठाएको थियो । आज दिपा चन्दको पोष्टमार्टम गरिएको उनका परिवार स्रोतले जनाएको छ ।