गण्डकीको गुरुकुललाई नेपालगन्जको सगरमाथाले ३–४ ले हरायो
नेपालगन्ज २३ असोज – यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८ फुटबल प्रतियोगिताको आज नेपालगन्जको रंगशालामा भएको छ । लुम्बिनी प्रदेशबाट नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल नेपालगन्ज र गण्डकी प्रदेशबाट गुरुकुल विद्या सदन विच भएको प्रतिस्पर्धामा सगरमाथाले ४ गोल गरेर विजयी भएको छ ।
गुरुकुल विद्या सदनले ३ गोल गरेको छ भने नेपालगन्जको सगरमाथा स्कूलले ४ गोल गर्न सफल भएको हो । खेल सुरु भएको ३२ औं मिनेटमा सगरमाथा स्कुलका ११ नं. जर्सी अमित बोहराले पहिलो गोल गर्नुभएको थियो ।
यस्तै सगरमाथा कै २२ नं. जर्सीका सन्जय रोकाले दोश्रो गोल ३८ औं मिनेटमा गर्नुभएको थियो भने पुन सन्जयले ५१ औं मिनेटमा गोल गर्नुभएको थियो । यस्तै सगरमाथा कै जर्सी नं. १० का मनोज परियारले खेलको अतिरिक्त समय ९१ औं मिनेटमा थप गोल गर्न सफल हुनुभएको थियो ।
यस्तै गण्डकी प्रदेशको गुरुकूल विद्या सदनका जर्सी न...









