सातै प्रदेशमा तालिम सञ्चालन गर्नुपर्छ : मन्त्री अथक
काठमाण्डौ, १६ चैत्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बुधबारबाट काठमाण्डौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी रुपमा तालिम सञ्चालन गर्नुपर्ने बताउनु भएको हो ।स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन खेल प्रशिक्षकको भुमिका महत्वपूर्ण रहने उल्लेख गर्दै मन्त्री अथकले देशभरका सबै खेल प्रशिक्षहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सातै प्रदेशमा यस प्रकारको तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन समेत दिनुभयो ।
निकट भविष्यमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनको तयारी भईहरहेको जानकारी दिंदै त्यसको तयारीमा लाग्न समेत मन्त्री अथकले प...









