Wednesday, June 17सत्यम खबर
Shadow

सूचना-प्रबिधि

ट्रम्प फर्किए टविटरमा (एक्स), मस्कलाइ स्पेशमा दिए अन्तर्वाता

ट्रम्प फर्किए टविटरमा (एक्स), मस्कलाइ स्पेशमा दिए अन्तर्वाता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २९ साउन – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प टविटरमा फर्किएका छन । उनले अमेरिकी व्यापारी तथा सोसल मिडिया साइट एक्सका मालिक एलोन मस्कलाई अन्तर्वार्ता दिईरहेका छन । यतिखेर एलन मस्क र ट्रम्प बिचको अन्तवार्ता चलिरहेको छ । नेपाली समय अनुसार मंगलबार बिहान ५ः४५ बजे देखी अन्तवार्ता हुने भनिए पनि प्रावधिक कारणले केही ढिलाई भएको थियो । अन्तर्वार्ता अघि ट्रम्पले आधा दर्जन भन्दा बढी टविट गरेका थिए । यो सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पको फिर्ताले उनको राष्ट्रपति चुनाव अभियानलाई बलियो बनाउने अपेक्षा गरिएको छ । जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाका कारण ट्रम्प माथी तत्कालिनन टविटरले प्रतिबन्ध लगाइएको थियो। त्यसपछि ट्रम्प ट्वीटरबाट निष्क्रिय भएका थिए भने उनले आफनै अलग्गै सामाजिक सञ्जाल ट्रुथ सञ्चालनमा ल्याएका थिए । तर जब मस्कले २०२२ मा ट्विटर किने तव उनले ट्रम्पको खाता माथीक...
प्रमुख बिहिन नेपालगन्ज उपमहानगर !

प्रमुख बिहिन नेपालगन्ज उपमहानगर !

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २८ साउन - नेपालगन्ज उपमहानगरपालिका प्रमुख बिहिन भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख बाँके बाहिर भएपछी  उपमहानगर प्रमुख बिहिन बनेको हो । जानकारी अनुसार प्रमुख प्रशान्त बिष्टले उप-प्रमुख कमरुद्दिन राईलाई आईतवार कार्यबाहक प्रमुखको जिम्मेवारी दिईए पनि कार्यबाहक प्रमुखको जिममेवारीमा रहेका उपप्रमुख कमरुद्धिन राई काठमाडौं गएका छन् । उनले कसैलाई कार्यबाहक नदिँदा उपमहानगर प्रमुख बिहिन बनेको हो । उपमहानगरका प्रबक्ता प्रमोद रिजालले उपमहानगर कार्यबाहक प्रमुख बिहिन बनेको जानकारी आफुले प्राप्त गरेको बताए । यस बारे उपप्रमुख राईले आफू कार्यबाहक प्रमुख भएको उल्लेख गर्दै काम बिशेषले अपर्झट काठमाडौँ आएको बताए ।...
फोनिजले मनायो २५ औं स्थापना दिवस

फोनिजले मनायो २५ औं स्थापना दिवस

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २७ साउन – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस नेपालगन्जमा पनि भव्य रुपमा मनाईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेश समिति र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको संयुक्त आयोजनामा २५ औं स्थापना दिवस आईतवार नेपालगन्जमा भव्य रुपमा मनाईएको हो । फोनिजको अभियान, संचारमा पहिचान भन्ने मुल नाराका साथ २५ औं स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारुको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले गर्नुभएको थियो । संचार क्षेत्रमा आदिवासी जनजातिहरुको भुमिका अतुलनिय रहेको भन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चौलागाईल...
सन्दिग्ध चिनियाँ ह्याकरहरूद्वारा ताइवानको अनुसन्धान केन्द्रमा आक्रमण

सन्दिग्ध चिनियाँ ह्याकरहरूद्वारा ताइवानको अनुसन्धान केन्द्रमा आक्रमण

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २५ साउन – चिनियाँ सरकारसँग जोडिएको एक ह्याकिङ समूहले कम्प्युटिङमा विशेषज्ञता राख्ने ताइवान सरकारसँग सम्बद्ध अनुसन्धान केन्द्रबाट पासवर्ड र कागजातहरू चोरेको छ, सिस्को सिस्टम्सका साइबरसुरक्षा अनुसन्धानकर्ताहरूले बिहीबार बताएका छन् । आक्रमणकारीहरूले एक प्रकारको द्वेषपूर्ण सफ्टवेयर उपकरण प्रयोग गरे जुन लगभग पूरै चीनमा आधारित समूहहरूले प्रयोग गरेको थियो । उनीहरूले जुलाई २०२३ को शुरुमा अज्ञात अनुसन्धान केन्द्रमा पहुँच प्राप्त गरेपछि, सिस्कोको टालोस खतरा खुफिया समूहले एक रिपोर्टमा भन्यो। त्यो र अन्य प्रविधिहरूको आधारमा, सिस्कोले ‘मध्यम आत्मविश्वास’ संग विश्वास गर्दछ कि ह्याकरहरू APT41 भनिने राज्य-प्रायोजित जासुसी समूहको हिस्सा हुन्, जसलाई अमेरिकी अधिकारीहरूले चीनको राज्य सुरक्षा मन्त्रालयसँग जोडेका छन्। यस आक्रमणले संदिग्ध चिनियाँ साइबर हमलाहरूले ताइवानलाई निम्त्याउने खतरालाई हाइ...
भन्सार कार्यालयका सूचना अधिकारीद्धारा सूचना अभियन्तालाई दुव्र्यहार, कारवाहीको माग

भन्सार कार्यालयका सूचना अधिकारीद्धारा सूचना अभियन्तालाई दुव्र्यहार, कारवाहीको माग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज २५ साउन – नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारीले सूचना नदिई सूचना अभियन्तालाई दुव्र्यहार गरेका छन् । भन्सार कार्यालयका सूचना अधिकारी पुर्ण प्रसाद लम्सालले सूचना अभियन्ता नेपालगन्जका शैलेन्द्रकुमार बैश्यले बुधबार सूचना माग गर्न गएको बेला सूचना नदिई अभद्र व्यवहार गरेको घटनाप्रति बाँकेका सूचना अभियन्ताहरुले निन्दा गर्दै कारवाहीको माग गरेका छन् । नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाह पाउने मौलिक हक अन्तर्गत सार्वजनिक निकायले सूचना उपलब्ध गराउनु पर्ने कानूनी प्रावधानलाई बेवास्ता गरि सूचना मागको निवेदन दर्ता नगरी सूचना माग्ने व्यक्ती माथी गरिएको अभद्र व्यवहारले सूचना माथी अकुंश लगाइएको ठहर गरिएको छ । कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारेमा जानकारी गराउदा पनि आफुमाथी अमानवियपुर्ण रुपमा दुव्र्यहार गरिएको अभियन्ता बैश्यले बताउनु ...
१८ लाख बढी घटनामा किन अपराधी जोगाउन खोजिएको छ ?

१८ लाख बढी घटनामा किन अपराधी जोगाउन खोजिएको छ ?

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १६ साउन – घटना मिति २०८१ साउन ९ गतेको हो । जहाँ क्यासिनोका केही बाउन्उसरहरुले सीमानाकाबाट करीब १८ लाख रुपैया ओहोर–दोहोर गर्न लागेको सूचना पाउन साथ उनलाई पक्राउ गरी माथिल्लो तहका हाकिमलाई खबर गरिएको जानकारी राष्ट्रिय अनुसन्धानका अनुसन्धानकर्ता अर्जुन खड्काले दिए । अनुसन्धानकर्ता खड्काले थप जानकारी दिंदै आफूले उक्त पैसा तथा व्यक्तिहरुलाई पक्राउ गरी थैला भित्र रहेको पैसा गन्ती समेत गरेको बताउँदै केही समय भित्र होटल कल्पतरुमा सञ्चालित एसएन ब्लू क्यासिनोका जिएम अर्जुन खनाल सीमानाका जमुनाहमा आफ्नो केटाहरुसित पुगेर हातहतियार सहित मलाई हात पात गर्दै पैसासहित पक्राउ गरिएको व्यक्तिलाई समेत फरार गराएको जानकारी गराए । उनले आफूलाई हतियारले कुटपिट गरेको भिडियो पुटेजहरु सीमानाका जमुनाहमा सिसि टिभिमा रहेको जानकारी गराउँदै उक्त भिडियो पुटेजबाट सम्पूर्ण जानकारी पाउन सकिने बताए । यता घटना भएक...
शतीशलालकी श्रीमती भावनाको सम्पत्ति स्रोत खोज्न र शुद्धीकरणमा छानबिन गर्न सिफारिस

शतीशलालकी श्रीमती भावनाको सम्पत्ति स्रोत खोज्न र शुद्धीकरणमा छानबिन गर्न सिफारिस

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
विदेशमा गरेको भुक्तानीको वैधता स्पष्ट छैनः प्रतिवेदन काठमाण्डौ, १४ साउन – निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विवादसँगै चर्चामा आएको एउटा नाम हो भावना सिंह श्रेष्ठ । सामाजिक सञ्जालदेखि गुगल सर्च इन्जिनसम्म खोज्दा मुस्किलले उनका केही तस्बिर भेटिइन्छन्‌ । नेपाली उद्योग व्यवसाय जगतमा सार्वजनिक रूपमा नदेखिए पनि ‘जायन्ट’ टेलिकम कम्पनी एनसेलको २० प्रतिशत शेयर स्वामित्व भएकी मालिक हुन् उनी । एनसेलमा सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिको तर्फबाट स्थानीय शेयर स्वामित्व कायम गर्दै आएकी श्रेष्ठ लगानीको स्रोत र करछलीको विषयमा विवादित बन्दै आएकी छन् । उनले एनसेलमा अर्बौं बराबरको शेयर गैरकानूनी स्रोतबाट खरिद गरेको र गैरकानुनी रूपमा नै देशबाहिर कारोबार गरेर राज्यलाई कर छली गरेको राज्यका विभिन्न निकायको प्रतिवेदन तथा अनुसन्धानमा देखिएको छ । एनसेलको शेयर खरिद-बिक्रीको लामो श...
दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज

दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ११ श्रावण – अष्ट्रेलियाले ५५ वर्षपछि २१ जनाको ज्यान लिने एमभी नुनगाह जहाज फेला पारेको छ । बीबीसीका अनुसार यो जहाज २३ अगस्ट १९६९ मा न्यू साउथ वेल्सबाट टाउन्सभिलतर्फ प्रस्थान गरेको थियो । स्टिलले भरिएको कन्टेनर बोकेको जहाजमा ५२ जना सवार थिए । अगस्ट २५ सम्म, यो खतरनाक आँधीको सामना गर्दा ३१५ किलोमिटर अगाडि बढेको थियो । यसको गति ११० किलोमिटर प्रतिघण्टा भन्दा बढी थियो, जसलाई जहाजले सम्हाल्न नसकेर डुबेको थियो । जहाज डुबेपछि अस्ट्रेलियाली सेनाले इतिहासकै सबैभन्दा ठूलो समुद्री खोजी गरेको थियो । सेनाले विमान, हेलिकप्टर र पानीजहाज लिएर एमभी नुनगाहको खोजी गर्न निस्क्यो । केही घण्टामै जहाज फेला पर्यो र चालक दलका ५ सदस्यसहित २६ जनाको उद्धार गरियो । जहाज डुबेको १२ घण्टापछि पनि अस्ट्रेलियाली सेनाले मानिसलाई काठमा तैरिरहेको फेला पारेको थियो । त्यस बेलादेखि जहाज भने भेटिएको थिएन । ...
अनुसन्धानका कर्मचारीलाई सांघातिक आक्रमण गरी १८ लाख लुट्ने क्यासिनोका जिएम अर्जुन खनाल पक्राउ, थप अनुसन्धान जारी

अनुसन्धानका कर्मचारीलाई सांघातिक आक्रमण गरी १८ लाख लुट्ने क्यासिनोका जिएम अर्जुन खनाल पक्राउ, थप अनुसन्धान जारी

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज १० साउन – लुम्बिनी प्रदेश जनपद प्रहरी प्रमुख डिआईजी कुबेर कडायत र सशस्त्र प्रहरी प्रमुख डिआईजी अभि कुमार बस्नेतले नेपालगञ्ज भ्रमण गरे लगत्तै राष्ट्रिय अनुसन्धान बिभागका कर्मचारी माथी गम्भीर कुटपिट गरि तस्करीको करिब १८ लाख रुपैया लुटिएको छ । मातहत प्रहरी निकायका बिभिन्न ब्यक्ती मार्फत यस अघिका केही डिआईजीहरुलाई बांकेबाट मासिक अतिरिक्त आम्दानी पु–याउने गरिएको थियो । पछील्लो पटक बांकेमा प्रहरी र प्रशासन परिवर्तन सँगै माथिल्लो निकायमा त्यस्ता अतिरिक्त आम्दानी पठाउने र पाउने बातावरण बांकेमा नबनीरहेको अवस्थामा डिआईजीद्धयको नेपालगन्जमा पालो–पालो निरिक्षण भ्रमण चलिरहको छ । बुधबार सांझ नेपाल–भारत सिमा नाका जमुनहामा परिचालित राष्ट्रिय अनुसन्धानका कर्मचारीले गोप्य स्रोतको आधारमा शंका लागी चेकजांच तथा सोधपुछ गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैसा तस्करी गरि ल्याइरहेको स्रोत बिनाको ला...
स्पष्ट र वर्तमान खतरा: चीनको ह्याकिङ खतराले खडा गर्यो विश्वव्यापी सुरक्षा चुनौती

स्पष्ट र वर्तमान खतरा: चीनको ह्याकिङ खतराले खडा गर्यो विश्वव्यापी सुरक्षा चुनौती

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ४ असार – चिनियाँ ह्याकिङको डरले मानिस र देशको मनको शान्ति भंग गरिरहेकै छ र यसपटक विश्वले सामना गरिरहेको चुनौतीलाई अष्ट्रेलिया सरकारले उजागर गरिदिएको छ । बेइजिङ अधिकारीहरुद्वारा समर्थित साइबर सुरक्षा फर्महरु २०२२ मा अज्ञात अस्ट्रेलियाली नेटवर्कहरु को पासवर्ड र प्रयोगकर्ता नामहरुको चोरी गरिरहेक अष्ट्रेलियाले आरोप लगाएको छ । अष्ट्रेलियाली साइबर सेक्युरिटी सेन्टरले पिआरसी राज्य प्रायोजित साइबर समूहले पहिले अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका लगायत विभिन्न देशहरूमा संगठनहरूलाई लक्षित गरेको बताएको छ। रिपोर्टले भन्यो: एपीटी ४० ले बारम्बार अष्ट्रेलियाली नेटवर्कहरू साथै यस क्षेत्रका सरकारी र निजी क्षेत्र नेटवर्कहरूलाई लक्षित गरेको छ र तिनीहरूले हाम्रा नेटवर्कहरूमा खडा गर्ने खतरा जारी छ। ‘यस सल्लाहकारमा वर्णन गरिएको ट्रेडक्राफ्ट नियमित रूपमा अष्ट्रेलियाली नेटवर्कहरू विरुद्ध अवलोकन ग...