लुम्बिनी स्पोर्टस अवार्ड प्रचार–प्रसार संयोजकमा थापा मनोनित
नेपालगन्ज, ८ कात्तिक – लुम्बिनी स्पोर्टस अवार्डको प्रचार–प्रसार संयोजकमा खेल पत्रकार गजे थापा (जी.थापा) मनोनित हुनु भएको छ ।
खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्दै उहाँहरुको हौसला बढाउन आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्टस अवार्ड आगामी मंसिर १८ गते हुँदैछ । लुम्बिनी प्रदेशमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डको प्रचार–प्रसारलाई तिव्रता दिनको लागि थापालाई संयोजकमा मनोनित गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीका प्रबन्ध निर्देशक कमल खत्रीले बताउनु भयो ।
संयोजकमा मनोनित थापा खेल पत्रकारितामा एक दशकदेखि सक्रिय हुनुहुन्छ । नागरिक दैनिकबाट पत्रकारिता सुरु गर्नु भएका थापा हाल कालपृष्ठ दैनिकको खेल विधा संयोजक हुनु हुन्छ भने रंगशाला न्युज डटकमको सम्पादक रुपमा खेल पत्रकारितामा सक्रिय हुनुहुन्छ । फोटो पत्रकारितामा सक्रिय रहनु भएका थापा नेपाली फुटबलको चर्चित टिम मनाङ मस्र्याङदी...








