Tuesday, October 14सत्यम खबर
Shadow

समाज

राप्रपा युवा संगठनद्वारा दोषीलाई कार्यवाहीको मांग गर्दै विज्ञप्ति जारी

राप्रपा युवा संगठनद्वारा दोषीलाई कार्यवाहीको मांग गर्दै विज्ञप्ति जारी

अपराध, अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ असाेज - बाँके जिल्ला विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र समुदायहरूको साझा फुलबारीका रूपमा चिनिएको जिल्लामा पछिल्लो समय धार्मिक आस्थामाथि आक्रमण भएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन जिल्ला कार्यसमिति बाँकेले गम्भीर ध्यानाकर्षण गराएको छ। अध्यक्ष युवराज शाहीले जारी गरेको विज्ञप्तिमा असोज १७ गतेका दिन हिन्दु धर्मावलम्बीहरूले नवदुर्गा भवानीको प्रतिमा (मूर्ति) बिसर्जन गर्न जाँदै गर्दा नेपालगञ्ज उपमहानगरपालिकाका १९, ६, १४ र १५ नम्बर वडाका विभिन्न स्थानहरूमा केही समूह र व्यक्तिहरूबाट धार्मिक आस्थामाथि गरिएको सांघातिक आक्रमणप्रति संगठनले घोर निन्दा र भर्त्सना गरेको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत स्वतन्त्रता र धार्मिक आस्थामाथि भएको यो जघन्य अपराधिक घटना नेपालको संविधान २०७२ को मर्म रभावना विपरीतको गम्भीर र आपत्तिजनक घटना हो।” युवा संगठन...
पत्रकार आक्रमणप्रति काठमाडौं शाखाको भर्त्सना

पत्रकार आक्रमणप्रति काठमाडौं शाखाको भर्त्सना

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २१ असोज – कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित अन्य ५–६ जनाको समूहले गरेको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखाका सचिव रमेश कुमार बोहोराले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घटना केवल व्यक्तिगत असहिष्णुता वा रिसइवीको परिणाम मात्र नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष आक्रमण भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ । “यस प्रकारका कार्यले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि गम्भीर अतिक्रमण गरेको छ ।” शाखाका अनुसार पत्रकार नजर राम महर्जन आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने क्रममा रामेश्वर महर्जनले सार्वजनिक रूपमा अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की...
विभिन्न कुलतका कारण लैङ्गिक हिंसाका घटना बढे

विभिन्न कुलतका कारण लैङ्गिक हिंसाका घटना बढे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२, असोज – विभिन्न कुलतमा फसेका युवाहरुका कारण लैङ्गिक हिंसाका घटना बढेको एक कार्यक्रममा बताइएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बर्दियाको बढैयातालमा शुक्रबार गरेको समुहगत छलफलका सहभागीहरुले समाजमा व्यप्त लागु औषधको प्रयोगले समाजका नकरात्मक प्रभाव पारेको बताएका थिए । उनीहरुले किशोर तथा किशोरीले समेत लागुऔषधको सेवन गरी विभिन्न हिंसाका घटना घटाएको बताएका थिए । महिलाहरुले बाल विवाह, बहु विवाहको समस्याले पनि किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन । सहभागीहरुले लैङ्गिक हिंसाविरुद्ध स्थानीय सरकारले कानून नै निमार्ण गरि प्रभावकारी कार्यन्वयन गर्नुपर्ने सुझाव दिएका थिए । छलफलमा महिला तथा बालिकासंग विभिन्न समस्याहरुका बारेमा छलफल भएको थियो । कार्यक्रममा हिंसा निगरानी समुहका संयोजक प्रेम त्रिपाठी, महिलाहरु म...
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी

प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ९ असोज – डुडुवा गाउँपालिकामा विरोधीको समुहले लगाएको तालाबन्दी नखुल्दा अत्यावश्यक लगायतका सम्पुर्ण सेवा ठप्प भएको छ । कार्यालयमा तालाबन्दी गरिएको करिब दुई हप्ता विति सक्दा गाउँपालिकाको कामकाज ठप्प भएको छ । गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई आवश्यक कानूनी कारबाही र तालाबन्दी खुलाई कार्य सुचारु गराई दिन जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गर्दा पनि अहिलेसम्म पहल नभएको जनाएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालाबन्दी खोलेर प्रहरीद्धारा मुचुल्का तयार गरि कामकाज गर्ने वातावरण बनाइ दिन प्रशासन कार्यालयलाई अनुरोध गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यपालिका बैठकले वडा नम्बर ४ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य सगीर खाँको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा डुडुवा–१ का वडाअध्यक्ष पटेश्वर कुर्मी, वडा नम्बर ६ का गाउँसभ...
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या

लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ९, असोज - लैङ्गिक हिंसाका कारण मधेशी समुदायका महिला तथा कशोरीहरुको मानसिक समस्या देखिइएको छ । समुदायका पुरुष अभिभावकमा सचेतनाको अभावका कारण महिला तथा किशोरीहरुलाई विभिन्न हिंसामा पारिएको पिडितहरुले बताएका छन । महिला र कानून विकास मंञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले महिला तथा बालिका हिंसाविरुद्ध निमार्ण गर्न लागेको नीतिको बारेमा मंगलबार गरेको अभिमुखीकरण कार्यक्रममा सहभागि सरोकारवालाले महिलाहरु अझै पिडित रहेको बताएका थिए । जानकी गाउँपालिकाले मनोसामाजिक सेवामार्फत महिला तथा किशोरीहरुको अवस्था पहिचान गर्ने क्रममा त्यस्तो समस्या देखिएको जनाएको छ । पालिकाका मनोसामाजिक परामर्शकर्ता राधा आचार्यले विभिन्न वडाका महिला तथा किशोरीहरुलाई भेटेर कुरा गर्दा उनीहरु स्वतन्त्रपुर्वक रुपमा जिवनयापन गर्न नपाएपछि मानसिक समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘मह...
नेपाल र छिमेकी भारतमा नव दुर्गा भवानी पूजा आरम्भ

नेपाल र छिमेकी भारतमा नव दुर्गा भवानी पूजा आरम्भ

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ असोज – हिन्दूहरुको महान पर्व विजया दशमी तथा नव दुर्गा भवानी पूजा आरम्भ भएको छ । नेपाल र छिमेकी मित्र राष्ट्र भारतमा पनि सोमबार घटस्थापनाको दिन धार्मिक तथा वैदिक विधिपूर्वक विजया दशमी तथा नव दुर्गा भवानी पूजा आरम्भ हो । नेपालगन्जसंग जोडिएको भारतको रुपईडिहा बजारमा आदर्श थाना कोतवाली इन्चार्ज इन्स्पेक्टर रमेश सिंहले श्री नव दुर्गा पूजा पण्डालको रिबन काटेर उद्घाटन गरे । भारत माता की जय, जय माता दी, जय जय माता दी को नाराले गुञ्जायमान वातावरणमा भएको उद्घाटन कार्यक्रममा रूपैडिहा थाना इन्चार्ज इन्स्पेक्टर रमेश सिंह रावतले शारदीय नवरात्रको सुरुवात केवल एउटा पर्व मात्र होइन, यो एक आध्यात्मिक अभ्यास पनि हो भन्नुभयो । नव दुर्गा पण्डालमा विभिन्न पूजा र प्रार्थना पछि नव दुर्गा पूजा पण्डाल यो । पण्डित पूर्व गाउँको ग्राम पञ्चायत मुरलीधर ददौलीमा नव दुर्गा पूजा समितिमा आएका पाहुनाहरूलाई खाद...
सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’का लेखक सुवेदी सम्मानित

सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’का लेखक सुवेदी सम्मानित

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असोज – मध्यपश्चिम स्रष्टा समाजले ‘सनत रचना कथा सम्मान २०८१’ ‘बहुरुपी’ कथा संग्रहका लेखक कथाकार श्रेयज सुवेदीलाई प्रदान गरेको छ । नेपालगन्जमा एक कार्यक्रमका बीच स्रष्टा समाजले कथाकार सुवेदीलाई सम्मान गरेको हो । प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता र मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष वीरेन्द्र जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुवेदीलाई नगद ११ हजार एक सय ११, सम्मानपत्र हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कथासंग्रह र कथाकाररुलाई मात्रै प्रदान गरिने उक्त सम्मानमा २०७१ सालमा प्रकाशित कथासंग्रह मध्ये छनौट समितिले उत्कृष्ट ठहर्याएको कथासंग्रह ‘बहुरुपी’ लाई सम्मान गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक एवं वरिष्ठ कथाकार सनत रेग्मीले जानकारी दिए । रेग्मीले आफू र आफ्नी धर्मपत्निको नाममा उक्त सम्मान स्थापना गरेका हुन् । कार्यक्रममा सम्मानित कथासंग्रहम...
डुडुवामा निःशुल्क स्वास्थ्य शिविरबाट करीब चार सय बढी लाभान्वित

डुडुवामा निःशुल्क स्वास्थ्य शिविरबाट करीब चार सय बढी लाभान्वित

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असोज – गोपाल नीना फाउण्डेशनद्वारा डुडुवा गाउँ पालिका वडा नं २ नौरीगौढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० जना लाभान्वित भएका छन् । शनिवार सम्पन्न सो शिविरमा २ सय ९५ जना महिला र १ सय ५३ जना पुरुषहरु स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् । उक्त शिविरमा फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा भाइरल ज्वरो, छाला सम्बन्धि, पाठेघर, स्त्री रोग, पेट, छाला रोग लगायतका विभिन्न प्रकारका रोगका ओैषधी सहित स्वास्थ्य सेवा लिएका थिए । फाउण्डेसनका कार्यालय प्रमुख तथा कार्यक्रम संयोजक दिलिप गिरिले दिनु भएको जानकारी अनुसार उक्त निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्...
बाँकेका युवा शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा

बाँकेका युवा शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ६ असोज – डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा ‘शहिद’ भएका नेपालगन्जका युवा स्वर्गीय शुलभराज श्रेष्ठ र आयुष थापासहित सहादत प्राप्त गरेका व्यक्तीहरुको सम्झनामा बृहत श्रद्धाञ्जली सभा गरेको छ । गाउँपालिका कार्यालय परिसरमा आज आइतबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ‘जेनजी’ समुहले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम जस्ता विषयमा उठाएका मागहरु जायज रहेको भन्दै आन्दोलन सकिएपछि डुडुवामा एउटा समुहले कार्यालयका कागजातमा आगजनी गरेको र अर्को समुहले तालाबन्दीसहित कर्मचारीमाथी कुटपिट तथा दुव्र्यवहार गरेको बताउनुभयो । तालाबन्दीका कारण गाउँपालिकाको काम ठप्प हुँदा आफ्ना मालिकहरु (जनता) ले सेवा नपाएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष चौधरीले डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका बाँकेका युवा शुलभराज श्रेष्ठ र आयुष थापाको...
लैङ्गिक हिंसा न्युनीकरण गर्न स्थानीय तहमा कानुन बनाइदै

लैङ्गिक हिंसा न्युनीकरण गर्न स्थानीय तहमा कानुन बनाइदै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असोज – बाँके र बर्दियाका स्थानीय तहमा लैङ्गिक हिंसा न्युनीकरण गर्न नीतिगत व्यस्थापन गर्न थालिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, जानकी र डुडुवा गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिकामा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति र कार्यविधी निमार्ण गर्न शुरु गरिएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले उक्त कानुन बनाउन शुरु गरेको हो । यसैक्रममा आज आइतबार बर्दियाको बढैयातालमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले महिला हिंसा विरुद्धका क्रियाकलाप बढी रहेकाले यसको प्रभावकारी न्युनीकरणमा जोड दिएका थिए । समुदायमा लैङ्गिक हिंसा विरोधी घटनाहरु बढेपनि सचेतनाको कमी र अभिभावकको दबाबले कानुनी प्रक्रियामा कम घटना आउने गरेको बताइएको छ । सहभागीहरुले यस विरुद्ध स्थानीय सरकारले कानून नै निमार्ण गरि प्रभावकारी कार्यन्...