नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकको नयाँ शाखा उद्घाटन
नेपालगन्ज, ३० फागुन - श्रवण तथा बोलाइ सम्बन्धी समस्याको विशेषज्ञ सेवा प्रदान गर्दै आएको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक प्रा.लि. ले नेपालगन्जमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । धम्बोजी चोकस्थित बेस्ट फाइनान्स भवनको दोस्रो तल्ला मा स्थापना गरिएको शाखाको नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नु भयो ।
काठमाडौंमा मुख्य कार्यालय रहेको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक विगत १५ वर्षदेखि श्रवण तथा स्पीच स्वास्थ्य सेवामा सक्रिय रहँदै आएको छ । करिब ४० लाखको लगानीमा स्थापना गरिएको क्लिनिक सुरू भएसंगै नेपालगन्ज लगायत पश्चिम नेपालका कान सम्बन्धि समस्या भएका बिरामीहरूले सहजै गुणस्तरीय सेवा पाउने छन । सेवा शुभारम्भ भएको अबसरमा टिचिङ अस्पताल काठमाडौका बरिस्ठ नाक कान घाँटी रोग बिशेषज्ञ डा योगेश न्यौपाने, अडियोलोजिष्ट शैलेन्द्र शाहले बिरामीहरूको निशुल्क चेकजाँच गर्नु भएको ...









