बैशाख ११, १२ र १३ गते नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभल हुने
नेपालगन्ज, १७ चैत्र – होटल व्यवसायी संघ बाँके तथा होटल संघ नेपाल -हान) को संयुक्त आयोजनामा नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभल हुने भएको छ ।
नव वर्ष २०८३ को पावन अवसरमा बैशाख ११, १२ र १३ गते आयोजना हुन लागेको नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभलले नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र पर्यटन प्रवद्र्धन, धार्मिक स्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने, स्थानिय परिकारको पहिचान, होटल व्यवसायको विकास गर्ने छिमेकी राष्ट्र भारतको बोर्डरबाट बढी भन्दा बढी पर्यटकलाई भिœयाउने, तारे होटलका खानाहरुलाई एकै ठाउँबाट प्रवद्र्धन गरि यस जिल्ला नगरको व्यापारलाई चलायमान गर्ने उद्देश्य लिई यस फेस्टिभलको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा बताईएको छ ।
होटल व्यवसायी संघ बाँके अध्यक्ष भिमलाल कंडेलका अनुसार धेरैजसो संघसंस्थाहरुसँग सम्झौता हुन बाँके रहेको हुँदा हाल आर्थिक लगानीबारे भन्न नस...









