Tuesday, October 22सत्यम खबर
Shadow

श्रम/रोजगार

बाँकेका युवालाई जीवनोपयोगी सीप प्रदान

बाँकेका युवालाई जीवनोपयोगी सीप प्रदान

प्रदेश ५, श्रम/रोजगार
नेपालगञ्ज । स्थानिय स्तरमै स्वरोजगार बनाउने उद्धेश्यले बाँकेका बिभिन्न क्षेत्रका युवालाई जीवन उपयोगी सीप प्रदान गरिएको छ । नेपालगञ्जमा सञ्चालित चार दिने तालिममार्फत युवालाई जीवन उपयोगी सीप प्रदान गरिएको हो । सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेले युवा सशक्तिकरण बुलगारी परियोजनाअन्तर्गत गरेको कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्न युवाहरुलाई प्रोत्साहित गर्ने सहभागी कृष्ण ठकुरीले धारणा राखे । तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस तालिमले आफ्नो बानीमा धेरै सुधार आएको बताए । कार्यक्रममा युवा महिला सहभागी नुरजहाँले तालिमले उद्यम गर्न सहज बनाएको बताइन् । उनले उद्यमको शुरुवात गर्नेलाई तालिमले सबै कुरा सिकाएको हुँदा अन्य युवालाई पनि यस्ता कार्यक्रममा सहभागी गराउन अनुरोध गरिन् । नेपालगञ्ज उपमहानगरपालिकाको बिभिन्न वडाका युवाको सहभागिता रहेको कार्यक्रमलाई समापन गर्दै ए...
“भन्सार छली नियन्त्रण गरौ–भन्सार प्रमुख निरौला”

“भन्सार छली नियन्त्रण गरौ–भन्सार प्रमुख निरौला”

प्रदेश ५, श्रम/रोजगार
बाँके,१२ माघ । अन्र्तराष्ट्रिय भन्सार दिवशको अवसरमा शनिबार नेपालगञ्ज भन्सार परिसरमा आयोजित कार्यक्रममा चोरीपैठारी र सामाग्रीको मुल्यांकनका बिषयमा भन्सारका प्रमुख र उद्योगी, व्यवसायीबीच करका बारे छलफल भएको छ । भन्सार प्रमुखले राजश्व छलीलाई बहादुरी सम्झिने प्रबृद्धि बढेको भन्दै घुमाउरो भाषामा व्यवसायीलाई कठ्घरामा उभ्याए भने आयात, निर्यात हुने सामाग्रीको स्वघोषणामा समेत व्यवसायीहरु इमानदार बन्न नसकेको आरोप लगाए । भन्सारका थुप्रै चुनौतीका बिषयमा आफ्नो बिषय राखेका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भने,‘हामी कहाँ राजश्व छली गर्न सकियो भने बहादुरी सम्झिने गरिने प्रबृत्ति छ ।’ भन्सारलाई व्यवस्थित गर्न खोज्दा अवरोध सिर्जना गर्न खोजिएको पनि निरौलाले गुनासो गरे । राज्यप्रति जिम्मेवार बन्न उद्योगी, व्यवसायीलाई आग्रह गर्दै निरौलाले चोरीपैठारी नियन्त्रणमा सघाउनुपर्ने बताए । उनी लगत्तै बोलेका बर...