‘जनप्रतिनिधिहरुको लापरवाही र गैरजिम्मेवारीपनाले बाटो निर्माण नहुने आरोप’
नेपालगन्ज, ३२ श्रावण – नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणको नाममा विवादित बन्दै गएको फुल्टेक्रा चौक (शिवमन्दिर) मा जनप्रतिनिधिहरुको लापरवाही र गैरजिम्मेवारीपनाले गर्दा समयमा बाटो निर्माण नहुने स्थानीयबासीहरुको आरोप रहेको छ ।
कुरुप देखिएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको फुल्टेक्रा चौक (शिवमन्दिर) तस्वीर : सत्यमखबर
यस विषयका सन्दर्भमा केही दिन अगाडी उपमहानगर प्रमुख डा. धवलशम्शेर राणालाई फोन गर्दा काठमाण्डौमा छु भनेर भन्नुभयो तर आईतबार फोन गर्दा हाल यस विषयमा मिटि· हुन बाँकी रहेको हुँदा केही भन्न नमिल्ने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ वडा कार्यालयबाट उपमहानगरपालिकालाई सेवा बन्द गराईदिने सम्बन्धमा गरिएको सिफारिस
यस विषयमा उहाँ कै भनाई अनुसार कस्तो विरोधाभाष रहेको छ भन्ने तर्क आफै प्रष्ट छ । वर्षौ बितिसक्दा सम्म मिटि· नगर्नु, श्रावण १८ गते वडामार्फ...