समसामयिक विषयमा जिल्ला स्तरिय अन्तर सम्बाद
नेपालगन्ज २८ भाद्र–कोभिड–१९ मा स्थानिय सरकारका समस्या, चुनौती र पहलका लागि नागरिक समाजको भूमिकाका विषयमा आज नेपालगन्जमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । अनलाईन भर्चुअल रुपमा भएको कार्यक्रममा स्थानिय तहले कोरोनाको महामारीको व्यवस्थापनमा भोगेका चुनौतीहरु र बन्दाबन्दीको समयमा सेवा प्रवाह गर्दा आएका समस्याका बारेमा छलफल भएको थियो ।
पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले गरेको छलफलमा कोभिड महामारीका कारण शिक्षामा परेकोे असरलाई न्युनीकरण गर्न बालबालिकाहरुको शिक्षण सिकाईलाई निरन्तरता दिन तीन वटै सरकारलाई जिम्मेवार बनाउन नागरिक दबाब आवश्यक रहेको जोड दिइएको थियो । किसानले भोगेका समस्या मलखादको अभाव, कृषि समाग्रीको अभावलाई समाधान गर्न सरकारले लागु गरेको कृषि नीति तथा कार्यक्रमको कार्यान्वयन व्यवहारिक रुपमा प्रभावकारी बनाउनु पर्ने जस्ता सवाललाई...