योग्यहरूको असक्षम सेवा !
– शंकरप्रसाद अधिकारी नेपालको निजामती सेवालाई ’योग्यहरूको असक्षम सेवा’ भनेर चिनिन्छ। कर्मचारी योग्य छन्, तर कार्य सम्पादन सन्तोषजनक छैन । अर्थात, व्यक्तिगत क्षमता संस्थागत कुशलतामा रूपान्तरण हुन पाउँदैन । तर समस्या संस्थागत क्षमताको मात्र होइन, व्यक्तिगत दक्षताको पनि हो । सेवाको विशिष्टीकरण नहुनु पनि अदक्षताको एउटा प्रमुख कारण हो । यो लेख प्रशासन सेवा अन्तर्गतका राजस्व र लेखा समूहको विशिष्टीकरणका मुद्दाहरूको सम्बन्धमा केन्द्रित छ । निजामती सेवा ऐन, २०४९ ले कार्य प्रकृतिका आधारमा दस वटा सेवाहरू गठन गरेको छ । यीमध्ये संगठन र कर्मचारी संख्याका आधारमा सबभन्दा ठूलो आकार प्रशासन सेवाको छ । विशिष्ट प्रकृतिको काममा विशिष्ट योग्यता र अनुभव चाहिने सन्दर्भमा सेवाभित्र पनि समूह गठन गरिएको हुन्छ । इञ्जिनियरिङ लगायत अन्य कतिपय सेवामा त उपसमूह पनि छन् । प्रशासन सेवा अन्तर्गत हाल सामान्य प्रशासन, राजस्व र ...









