कस्तो देखियो सील एरिया, क–कसले पाए छुट ! (तस्विरबाट केही झलकहरु)
नेपालगन्ज, २५ श्रावण– कोरोनाको कहर बढेसँगै नेपालगन्ज एरियालाई पूर्ण रुपमा सिल गरिएको छ । नेपालगन्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढेपछि नेपालगन्जमा चार किल्ला तोकिएर सिल गरिएको छ ।
नेपालगन्जको त्रिभुवन चौकमा रहेका सुरक्षाकर्मीहरुले भेरी अस्पताल जाने बिरामी, सरकारी कर्मचारी, सञ्चारकर्मी तथा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास प्राप्त व्यक्ति बाहेक कसैले आवत–जावत गर्न छुट नरहेको बताउँछन् ।
त्यसैगरी, अन्य स्थानमा पुष्पलाल चौक, फुल्टेक्रा चौराह, त्रिवेणीमोड, गणेशमान चौक, बाँके गाउँमा, ब्यारेक क्षेत्र लगायतका स्थानमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको थियो ।नेपालगन्जको सुर्खेतरोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म र नहरपुर्वा चोकदे...









