Friday, June 12सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ जेठ – पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । अग्रज तथा युवा खेलाडीहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न साधारणसभाले संस्थाको वार्षिक गतिविधि समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तय गर्ने विषयमा व्यापक छलफल गरेको छ । समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विशेष अतिथिका रूपमा सुरेन्द्र हमाल तथा समाजका सल्लाहकार अजितकुमार शर्मा रहनुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै विशेष अतिथि हमालले खेलकुद राष्ट्रको पहिचान र गौरवसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्दै पूर्व खेलाडीहरूको अनुभव, दक्षता र नेतृत्वलाई खेलकुद विकासमा उपयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले खेल जीवनबाट प्राप्त अनुभवल...
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय अभिमुखीकरण

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय अभिमुखीकरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २४ जेठ – बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि अभियान शुरु गरेको छ । रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनुपर्ने कुराहरुको बारेमा घरपरिवारका सदस्यलाई जानकारी दिन थालिएको हो । नेपालबाट रोजगारीका लागि जाने अधिकांस युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानुभन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिने बारे जानकारी गराइनेछ । डुडुवा गाउँपालिका रोजगार शाखाले पालिकाका सबै वडालाई समेटर गाउँ टोलका अभिभावक, युवालगायतलाई जानकारी दिन लागेको छ । वडा नंं–५ पदमपुरस्थित सामुदायिक अभिमुखीकरण गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतना कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यस्ता कार्यक्रमले पालिकाबासीलाई सचेत बनाउने विश्वास व्यक्त...
बंगलादेशको क्लिनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तार

बंगलादेशको क्लिनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तार

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
ललितपुर, २२ जेठ – नेपालमा डिजिटल स्वास्थ्यमा कार्यरत हेल्थ यादआयो र बंगलादेश स्थित सोही क्षेत्रमा कार्यरत क्लिीनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य भएको छ । उक्त सहकार्यसँगै दुबै संस्थाले सो सेवा शुभारम्भ गरेको हो । यस सहकार्य अन्तर्गत बंगलादेशका सेवाग्राहीहरुले अव नेपालका विशेषज्ञ चिकित्सकहरुसँग अनलाइन माध्यमबाट परामर्श लिन सक्ने छन् । साथै जटिल स्वास्थ्य समस्याका लागि काठमाडौँका अन्तर्राष्टिय स्तरका अस्पतालहरुबाट मेडिकल सेकेन्ड राय सुझाव प्राप्त गर्ने सुविधा समेत उपलव्ध गराइएको छ । हेल्थ यादआयोले आफ्नो टेलिमेडिसिन एपीआई उपलव्ध गराई नेपाली विशेषज्ञ चिकित्सकहरुको विवरण तथा अस्पतालहरुसँगको समन्वयर सूचना प्रविधि प्रणाली क्लिीनिकल बंगलादेशसँग एकीकृत गरेको छ । यो सहकार्यले विरामीहरुलाई सुरक्षित, सहज र प्रभावकारी रुपमा घरमै बसेर स्वास्थ्य सेवाप्राप्त गर्न...
रास्वपाका वडा नं. ५ को वडा सभापतिमा त्रिपाठी

रास्वपाका वडा नं. ५ को वडा सभापतिमा त्रिपाठी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला वडा स्तरीय अधिवेशन सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्लाको वडा अधिवेशनबाट वडा नं. ५ को सभापतिमा पंकजकुमार त्रिपाठीलाई चयन गरिएको छ । यसैगरी उपसभापतिमा बिरुन श्रेष्ठ, सचिवमा रामकृष्ण त्रिपाठीलाई सर्वसम्मत चयन गरिएको सभापति त्रिपाठीले जनाएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः विकासबहादुर थापा, बरकत अलि बेहना, मुन्ना नद्दाफ, किस्मतुन बेहेना, किरण वैश्य, सीता सुनार, सन्तोषकुमार तेली साहु, तथा गौस मोहम्मद हलुवाईलाई चयन गरिएको जनाईएको छ । नव निर्वाचित सभापति त्रिपाठीले दिएको जानकारी अनुसार उपमहानगरपालिका भित्र अन्य वडाहरुमा समेत वडा अधिवेशन सम्पन्न हुनुका साथै थप ऊर्जा र मजबुतीका साथ पार्टी अगाडी बढ्ने बताए । सहभागी नेताहरुले जनताको विश्वास, सुशासन, पारदर्श...
ओझेलमा पर्दै सन्तानेश्वर महादेव मन्दिर : संरक्षण र विकासमा सरकारी चासो आवश्यक

ओझेलमा पर्दै सन्तानेश्वर महादेव मन्दिर : संरक्षण र विकासमा सरकारी चासो आवश्यक

आर्थिक, आस्था, धार्मिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ जेठ – बाँके जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा विगत एक दशकदेखि निरन्तर रुपमा धार्मिक पर्यटकहरु भिœयायन सफल रहेको नरैनापुर क्षेत्रमा अवस्थिति श्री सन्तानेश्वर महादेव मन्दिर । जहाँ वार्षिक रुपमा लाखौं पर्यटकहरु जाने गरेको तथ्य रहेको पाईन्छ । सोही क्षेत्रको बृहत विकास, बाटो निर्माण, पानीको व्यवस्थापन लगायत समस्या रहेको हुँदा नेपाल सरकारको ध्यान सोतर्फ जानु पर्ने माग समेत विगतदेखि नै उठ्दै आईरहेको पाईन्छ । सोही क्रममा प्रदेश सरकार र स्थानिय सरकारद्वारा विगतमा केही बजेट समेत विनियोजित गरिएको तथ्यलाई झुठो मान्न सकिन्न । थप बृहत विकासको लागि यस पटक पनि बजेट आउने आशा राखेका स्थानियहरु निराश भएका छन् । बाँकेको नरैनापुर क्षेत्रमा अवस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ । मन्दिर परिसरबाट देखिने मनमोहक पहाडी दृ...
यादव समाज सेवा केन्द्रको आयोजनामा ७ जनाले गरे रक्तदान

यादव समाज सेवा केन्द्रको आयोजनामा ७ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ जेठ – यादव समाज सेवा केन्द्र केन्द्रिय कार्यसमितिको २० औं साधारण सभा तथा पाँचौँ अधिवेशनको अवसरमा रक्तदानको आयोजना गरिएको थियो आयोजित रक्तदान कार्यक्रममा ७ जनाले जेष्ठ १६ गते रक्तदान गरेका छन् । आयोजित रक्तदान कार्यक्रममा नेपाल यादव महासंघका अध्यक्ष भुनेश्वर यादवले रगत संकलन गर्ने पाकेट प्राविधिक भवानी सुनार र दिवानी घतीमगरलाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । भने हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री विजय बहादुर यादव, लुम्बिनी प्रदेश सांसद भण्डारी लाल यादव, पूर्वमन्त्री विजय बहादुर यादव, लुम्बिनी प्रदेश सांसद भण्डारीलाल यादव, अध्यक्ष सूर्यलाल यादव र समाजका सचेतक कृष्ण यादव -यदुबंशी कृष्ण) सहभागी रहेका थिए । आयोजित रक्तदान कार्यक्रममा समाजका अध्यक्ष सूर्यलाल यादव, भोला प्रसाद यादव, राम यादव, अरुण यादव, सोहनलाल यादव, रामचन्दर यादव, राजु यादवले रक्...
पाँचौँ अधिवेशनबाट अध्यक्षमा सोहनलाल यादव सर्वसम्मतले निर्वाचित

पाँचौँ अधिवेशनबाट अध्यक्षमा सोहनलाल यादव सर्वसम्मतले निर्वाचित

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ जेठ – यादव समाज सेवा केन्द्र केन्द्रीय कार्यसमितिको २० औं साधारण सभा तथा पाँचौँ अधिवेशनले सोहनलाल यादवलाई अध्यक्ष पदमा निर्बिरोध निर्वाचित गरेको छ । यादव समाज सेवा केन्द्र केन्द्रीय कार्यसमितिको २० औं साधारण सभा तथा पाँचौँ अधिवेशन कार्यक्रमको सञ्चालन रमेश यादवद्वारा सञ्चालित समाजका अध्यक्ष सर्यलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल यादव महासंघका अध्यक्ष भुनेश्वर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जानकी गाउँपालिकाका वार्ड नं. ५ का वडाध्यक्ष तथा जानकी गाउँपालिका का प्रवक्ता टिकानाथ यादव, पूर्वमन्त्री विजयबहादुर यादव, लुम्बिनी प्रदेश सांसद भण्डारीलाल यादव, गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, रामसुरेश यादव, राजु यादव, वीरेन्द्र यादव, यादव समाज सेवा दाङका अध्यक्ष हिरालाल यादव, डा. श्यामसुन्दर यादव, सुरेशकुमार पर्सैला, महेन्द्र ...
१९ औं गणतन्त्त दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न

१९ औं गणतन्त्त दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ जेठ – नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका बिभिन्न १२ वटा माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरू बीच शनिवार कविता प्रतियोगिता सम्पन्न भएको छ । १९औं गणतन्त्र दिवसको उपलक्ष्यमा भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजना र नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१ वडा कार्यालयको सहयोग/ सहकार्यमा उपमहानगर स्तरीय -९–१२ तक) विद्यार्थीहरू बीच कविता प्रतियोगिता आयोजना गरेको थियो । भेरी साहित्य समाज केन्द्रीय समिति के महासचिव तथा वरिष्ठ कलाकार सुन्दर गुरुङ्गद्वारा सञ्चालित समाजका केन्द्रिय अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा, सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा.कृष्णप्रसाद घिमिरेले १९ वटा स्युच अनगरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष डा. राजकुमार थारुले स्वागत मन्तब्य ब्यक्त र ...
तेस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आई. बि. पी. च्याम्पियनसिप प्रतियोगिता जेठ २३ र २४ गते हुने

तेस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आई. बि. पी. च्याम्पियनसिप प्रतियोगिता जेठ २३ र २४ गते हुने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ जेठ – बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघको आयोजनामा तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ यही जेठ २३ र २४ गते -शनिबार र आईतबार) नेपालगन्ज रंगशाला कभर्ड हलमा आयोजना हुने भएको छ । स्ट्रेन्थलिफ्टिङ्ग खेलको प्रवद्र्धन, प्रतिभाशाली नयाँ खेलाडीहरूको पहिचान तथा स्थानीय स्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा विभिन्न जिल्लाबाट महिला तथा पुरुष खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइने उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाईएको छ । प्रतियोगिताको विशेष आकर्षणका रूपमा नेपालको खेलकुद क्षेत्रमा ऐतिहासिक योगदान पु¥याउनु भएका ओलम्पियन खेलाडीहरूलाई सम्मान गरिने क...
वडा नं. १८ मा विकासले लियो तीव्र गति, गौरीशङ्कर टोलमा रु. २५ लाखको सडक तथा नाला निर्माण शिलान्यास

वडा नं. १८ मा विकासले लियो तीव्र गति, गौरीशङ्कर टोलमा रु. २५ लाखको सडक तथा नाला निर्माण शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ जेठ - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा विकास निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्। सोही क्रममा आज गौरीशङ्कर टोलमा रु. २५ लाखको लागतमा आरसीसी नालासहित सडक निर्माण योजनाको शिलान्यास गरिएको छ। वडा अध्यक्ष दीपककुमार वर्माको पहलमा सञ्चालन हुन लागेको उक्त योजनाले स्थानीयवासीलाई सहज आवागमन तथा वर्षायाममा हुने जलनिकास समस्याको समाधान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। निर्माण कार्य सुरु भएसँगै स्थानीय टोलवासीहरू उत्साहित र खुसी देखिएका छन्। वर्षौंदेखिको सडक तथा नाला समस्याको समाधान हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्।     वडा अध्यक्ष वर्माले निर्वाचनका क्रममा जनतासामु गरेका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्दै नयाँ तथा पिछडिएका बस्तीहरूमा समेत विकास निर्माणका कार्यहरूलाई प्राथमिकता दिँदै आउनुभएको छ। उहाँको नेतृत्वमा स...