Friday, June 19सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

कर्णाली प्रदेशको समृद्धि र बिकासमा रेडियो कार्यक्रमकाे उल्लेखनीय भूमिका निर्बाह

कर्णाली प्रदेशको समृद्धि र बिकासमा रेडियो कार्यक्रमकाे उल्लेखनीय भूमिका निर्बाह

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १८ कार्तिक - सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट कर्णाली प्रदेश योजना आयोगका विभिन्न गतिविधिहरु प्रशारण गरिने भएको छ ।   प्रदेश योजना आयोगले कर्णाली प्रदेश अन्तर्गत विभिन्र योजनाहरु कसरी संचालन भइरहेको छ र त्यसका कार्यबिधिहरु के कस्तो रहेका छन् भन्ने विषयहरु कार्यक्रममा समेटिने छ। आज सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय सुर्खेत र कर्णाली प्रदेश योजना आयोग बीच द्विपक्षीय सम्झौता भएको हो ।   उक्त अवसरमा आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले रेडियो कार्यक्रम मार्फत कर्णाली प्रदेशभर योजना आयोगका गतिविधिहरु सहज रुपमा नागरिकमा पुर्‍याउन आग्रह गर्नुभयो ।   सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय सुर्खेतका प्रमुख बिजयकुमार बर्माले कर्णाली प्रदेशको...
तीन हजार विद्यार्थीको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रम उद्घाटन

तीन हजार विद्यार्थीको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रम उद्घाटन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ कार्तिक – करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । जस अन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गरिएको हो । अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले संयुक्त रुपमा राष्ट्रिय खेलकुद परिषदका फुटबल प्रशिक्षक रबिन्द्र श्रेष्ठलाई फुटबल हस्तान्त्रण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा सहभागि विद्यालयहरुको तर्फबाट प्रतिनिधिका रुपमा ...
कपिलवस्तुमा दंगा नियंत्रण बल र चन्द्रौटाको प्रहरी कार्यालयलाई स्तरोन्नतीको माग

कपिलवस्तुमा दंगा नियंत्रण बल र चन्द्रौटाको प्रहरी कार्यालयलाई स्तरोन्नतीको माग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, १७ कार्तिक - कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर निवासी नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक उमा चतुर्वेदी लाई भेटी बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । कपिलवस्तु जिल्लाको सुरक्षा व्यवस्थाको बारेमा चर्चा गर्नुको साथै ईलाका प्रहरी कार्यालय चन्द्रौटालाई स्तरोन्नति गरी नायव उपरीक्षक (DSP) को दरवन्दी सहित संचालन गर्न तथा ५०-६० दरवन्दी सहितको दंगा गणको कपिलवस्तुमा स्थापना गर्नुपर्ने माँग गरेको छ। कपिलवस्तु जिल्लामा कृष्णनगर र मर्यादपुर गरि हाल दुई प्रमुख भंसार नाका रहेको हुदा सुरक्षा व्यवस्था कायमको लागी अतिआवश्यक रहेको छ।छिमेकी जिल्ला दाङ र रुपन्देहीम सो गण रहेको तर कपिलवस्तुमा नरहेकोले सो स्थापन  गर्नुपर्ने माग गरेका छन । सो सम्बन्धमा अतीरिक्त महानिरीक्षक चतुर्वेदीले आफुले सम्वन्धित निकायमा प्रताव राख्ने प्रत...
राष्ट्रिय पौडी : सगरमाथा स्वीमिङ क्लबको ३१ पदकसहित अग्रता, दोस्रो दिन २६ इभेन्ट हुँदै

राष्ट्रिय पौडी : सगरमाथा स्वीमिङ क्लबको ३१ पदकसहित अग्रता, दोस्रो दिन २६ इभेन्ट हुँदै

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिक – दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को शनिबार दोस्रो दिनका खेलहरु बिहानैदेखि सुरु भएका छन् । प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार शनिबार थप २६ इभेन्ट हुनेछन् । जसमा २५ मिटरदेखि ४०० मिटरसम्मका विभिन्न विधाका स्पर्र्धाहरु रहेका छन् । पहिलो दिनको खेलमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ३१ पदकसहित खेलमा अग्रता लिएको छ । प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार शुक्रबार भएका २६ इभेन्ट मध्ये सगरमाथा क्लब एक्लैले १९ स्वर्ण, ६ रजत र ६ वटा काँस्यसहित ३१ पदक जितेर अग्रता लिएको छ । क्लबले जितेको स्वर्ण पदक मात्रै प्रतियोगिताको कूल स्वर्ण पदकको ७३ प्रतिशत हो । ललितपुरकै जेम्स स्कुलले ५ स्वर्ण, १० रजत र २ काँस्य गरी १७ पदक जितेर दोस्रो अग्रता लिएको छ । नेपालगन्जको आदर्श माध्यमिक विद्यालयले १ स्वर्ण ४ रजत र...
लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस गु्रपको सह–प्रायोजन

लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस गु्रपको सह–प्रायोजन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिक – प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस गु्रप प्रालीले सह–प्रायोजन गरेको छ । नेपालगन्ज–०१ धम्बोझीमा रहेको रोयल समृद्धि बिजनेस गु्रप प्राली खेलकुदका सामाग्री बिक्री गर्ने कम्पनी हो । आयोजक रंगशाला नेपाल मिडिया प्रालीका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेस गु्रप प्रालीका प्रमुख कार्यकारी टिकाराम खत्रीले अवार्डमा सह–प्रायोजन बारे हस्ताक्षर गर्नु भएको छ । लुम्बिनी स्पोर्टस अवार्ड–२०८२ नेपालगन्जमा आगामी मंसिर १८ गते हुँदैछ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै रोयल समृद्धि बिजनेस गु्रप प्रालीका प्रमुख कार्यकारी खत्रीले खेलकुद क्षेत्रमा मिहिनत गरिरहेका खेलाडीलाई हौसला बढाउने कार्यक्रम लुम्बिनी स्पोर्टस अवार्डमा सह(प्रायोजन गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो कार्यक्रम निकै राम्रो छ । खेलकुदमा यस्ता कार्यक्रम कमै हुने गरेका ...
रेमिटेन्सको भरमा टेको पाएको अर्थतन्त्र

रेमिटेन्सको भरमा टेको पाएको अर्थतन्त्र

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
रमेश कुमार बोहोरा मितिः २०८२ कार्तिक १५ गते, शनिबार नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा (साउन र भदौ) रेमिटेन्समार्फत नेपालमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशतले वृद्धि भएको हो । सोही अवधिमा मुलुकको विदेशी विनिमय सञ्चिति पनि ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चिति १९.७ महिनासम्मको वस्तु आयात र १६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यी तथ्यांकहरूले स्पष्ट गर्छन् नेपालको आर्थिक रक्तसञ्चार अहिले रेमिटेन्सकै भरमा चलिरहेको छ । तर यति ठूलो रकमले पनि देशलाई दिगो आर्थिक मार्गमा लैजान सकेको छैन । सरकार र नीति–निर्माताले रेमिटेन्सलाई योजनाबद्ध रूपमा उत्पादनमुखी क्षेत्रमा प्रवाहित गर्न नसक्दा यसक...
दोस्रो नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु

दोस्रो नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ कार्तिक – दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरेका हुन् । मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनु भयो । क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता र क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीको स्वागत मन्तन्यबाट सुरु भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रतियोगिता सफलताको कामना गरेका थिए । उद्घाटन खेलमा ५० मिटर अन्डर ८ ब्याक स्टोक इमेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल प्रथम, आदर्श माध्यमिक विद्यालय नेपालगन्जका ...
जेनजी आन्दोलनपछि नेपाली कांग्रेसको परीक्षा : आत्मसमीक्षा कि अस्तित्व संकट ?

जेनजी आन्दोलनपछि नेपाली कांग्रेसको परीक्षा : आत्मसमीक्षा कि अस्तित्व संकट ?

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ कार्तिक १३ गते, विहिबार जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक ढाँचामा जरा गाडेर बसेका नेतामाथि नेपाली जनताको अन्तिम असन्तुष्टि हो । करिब दुई दशकदेखि सत्ता र शक्तिमा रजगज गरेर बसेका ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमाथि अहिले तीव्र प्रश्न उठेको छ । यो प्रश्न आकस्मिक होइन दीर्घकालीन असफलताहरूको परिणाम हो । यी दलका नेताहरूले देशलाई राजनीतिक स्थायित्व, सुशासन र आर्थिक उन्नतितर्फ लैजान नसकेको मात्रै होइन पार्टीभित्र जकडिएको स्वार्थ र भ्रष्ट मनोवृत्तिले लोकतन्त्रको मुल मर्म नै कमजोर पारेको प्रष्ट देखिन्छ । यी नेताहरूले वर्षौंदेखि “हामी नै राज्य हौं” भन्ने अहंकारका साथ शासन गरेका थिए । जनताको भावनालाई तिरस्कार गरेर दलभित्र लोकतान्...
लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकमा मल्ल

लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकमा मल्ल

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० कार्तिक – खेलाडी र खेलकर्मीको उपलब्धी र सफलताको सम्मान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्टस अवार्डको छनोट समितिको संयोजकमा रमेश मल्ललाई मनोनित गरिएको छ । आयोजक रंगशाला नेपाल मिडिया प्रालीले अवार्डको छनोट समिति संयोजकमा फोटो पत्रकार, सुटिङ खेलका पुर्व राष्ट्रिय खेलाडी तथा साईक्लिस्ट मल्ललाई छनोट गरिएको जनाएको छ । नेपालगन्जमा आगामी मंसिर १८ गते लुम्बिनी स्पोर्टस अवार्ड हुँदैछ । अवार्डलाई निष्पक्ष ढंगले सम्पन्न गर्नको लागि मल्लले महत्वपुर्ण जिम्मेवारी सम्हाल्ने आयोजकले विश्वास लिएको छ । छनोट समिति संयोजकमा मनोनित हुनु भएका मल्ल फोटो पत्रकारितासँगै खेलकुद प्रतियोगिता व्यवस्थापनमा पनि सक्रिय भएर काम गरिरहनु भएको छ । मल्लले लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकको जिम्मेवारी प्रदान गर्नु भएकोमा आयोजकलाई धन्यवाद दिनु भयो । उहाँले भन्नु भयो, ‘लुम्...
महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो

महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
  प्रेमचन्द्र झा मिति :२०८२ कार्तिक १० गते, सोमबार नेपाल धार्मिक, सांस्कृतिक र भाषिक विविधताको देश हो। यहाँका हरेक पर्वले केवल भक्ति र आस्थाको प्रतीक मात्र होइन, सामाजिक एकता र सहअस्तित्वको सुन्दर सन्देश पनि दिन्छ। यही बहुरङ्गी संस्कृतिको मधुर संगीतभित्र एउटा अनुपम पर्व छ — सूर्य षष्ठी व्रत, जसलाई प्रायः छठ पर्व भनेर पनि चिनिन्छ। यो व्रत सूर्यदेव र उहाँकी शक्ति माता षष्ठी अर्थात् छठी मइया प्रति समर्पित हुन्छ। ‘सूर्य षष्ठी’ शब्दले नै यसको मर्म खोलिदिन्छ। ‘सूर्य’ जीवनका दाता, ऊर्जा र प्रकाशका स्रोत हुन् भने ‘षष्ठी’ संस्कृतमा छैटौँ तिथिको सूचक हो। त्यसैले शुक्ल पक्षको छैटौँ दिन सूर्यदेवको आराधना हुने भएकाले यसलाई सूर्य षष्ठी भनिएको हो। बिहार, झारखण्ड र उत्तर प्रदेशमा यो पर्व ‘छठ पर्व’ वा ‘दाला छठ’ नामले परिचित भए पनि नेपालमा यसले आफ्नै पहिचान र गहिरो सांस्कृतिक रंग पाएको छ। ...