अमेरिका र चीनलाई भन्नुपर्छ– भूराजनीतिक लफडामा नेपाललाई नपार्दिनुस् : विजयकान्त कर्ण (अन्तर्वार्ता)
काठमाण्डौ, १० माघ –विजयकान्त कर्ण डेनमार्कका लागि पूर्व नेपाली राजदूत हुन्। त्रिभुवन विश्वविद्यालयका पूर्व सह- प्राध्यापक कर्ण हाल सेन्टर फर सोसल इल्क्लुजन एन्ड फेडेरालिजम संस्थाका कार्यकारी अध्यक्ष छन्। यो अनुसन्धान मुलक गैरसरकारी संस्थाले भूराजनीति, सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरूमा अध्ययन र छलफल गर्दै आएको छ। कर्णसँग नेपालको परराष्ट्र सम्बन्धका पछिल्ला चुनौती र अवसरहरूबारे गरिएको कुराकानीः
प्रचण्ड नेतृत्वको सरकारका लागि विदेश नीति सञ्चालनका चुनौती के हुन्?यो सरकारलाई विदेश नीति सञ्चालनमा थुप्रै चुनौती छन्। पहिलो चुनौती अन्तर्राष्ट्रिय राजनीतिमा उतारचढाव आइरहेको छ। अहिले चीन–अमेरिका, चीन–युरोप र भारत–चीनका बीचमा प्रतिस्पर्धा बढ्दो छ। भारतको अमेरिका र युरोपसँग सम्बन्ध नजकिँदो छ। भारत र रुसको आफ्नै खालको निकट सम्बन्ध छ। यस्ता भूराजनीतिक उछलकुदको असर नेपालमा पनि पर्छन्।
यह...









